Khabar Dabali १३ माघ २०८२ सोमबार | 26th January, 2026 Mon
Investment bank

मुस्ताङको २७ मतदानस्थलको अनुगमन निरीक्षण

खबरडबली संवाददाता

मुस्ताङ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङका २७ मतदानस्थलको सुरक्षाका लागि अनुगमन गरिएको छ । 

उपल्लो मुस्ताङको लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा रहेको १६ मतदानस्थल तथा थासाङ गाउँपालिका –५ मतदानस्थलसहित घरपझोङ, बाराजुङ मुक्तिक्षेत्र गाउँपालिका भित्रका मतदानस्थल छन् । 

उपल्लो मुस्ताङमा प्रमुख जिल्ला अधिकारी मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माको नेतृत्वमा सुरक्षा समिति र निर्वाचन कार्यालयको टोलीले निर्वाचनस्थलको अनुगमन तथा सुरक्षासहित आवश्यक तयारीबारेमा निरीक्षण गरिएको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले बताए।  

मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेल, प्रजिअ शर्मा, प्रहरी नायव उपरीक्षक छिरिङ कृपा लामा, इन्द्रबक्स गणका प्रमुख सेनानी गौरवध्वज खाँण ठकुरी, शसस्त्र प्रहरी बल नेपालका प्रहरी नायव उपरीक्षक भेषराज गिरी, राष्ट्रि«य अनुसन्धान प्रमुख विष्णुहरि पण्डित, कोष नियन्त्रण अनुगमन अधिकृत शालिकराम सापकोटासहित जिल्ला निर्वाचन ब्यवस्थापन समितिले ३९ मतदानस्थलमध्ये अब १२ मतदानस्थलको निरीक्षण गर्न बाँकी रहेको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले बताए । 

अनुगमनसँगै स्थानीयबासीसँग तथा गाउँमा रहेका स्थानीय जनप्रतिनिधिसँग समेत बस्तुस्थिति बारेमा जानकारी गराउने गरिएको छ । निर्वाचन स्थलहरूमा मतदानको दिनलाई आवश्यक पर्ने सम्पूर्ण सुविधा पूरा गर्ने, मतपत्र ढुवानी लगायतका कार्य सहज बनाउन आवश्यक सुरक्षा योजना समेत तयार गरिएको छ । मनोनयनदर्ता पछि चुनावी अभियानमा राजनीतिक दल जुटेसँगै जिल्लामा चुनावी माहोल देखिन थालेको छ । 

कठ्याङ्ग्रिँदो चिसोसँगै बस्ती सुनसान रहेको माथिल्लो क्षेत्रमा चहलपहल नभए पनि तल्लो मुस्ताङमा दलका नेताहरुले भेटघाटलाई तिब्रता दिएका छन् । जिल्ला थासाङ, घरपझोङ, बाराजुङ मुक्तिक्षेत्र, लो घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा ३९ मतदानस्थलमा कुल ११ हजार ३ सय २८ रहेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्कटल्यान्डसँग ७२ रनले पराजित हुँदै विश्वकप छनोटबाट बाहिरियो नेपाल

काठमाडौं । नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ। सोमबार भएको समूह चरणको अन्तिम ख...

निर्वाचन आचारसंहिता लागू गराउन सबै स्थानीय तह र जिल्ला समन्वय समितिलाई पत्राचार

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई निर्वाचन आचारसंहिता, २०८२ लागू गर्न, गराउन...

धादिङमा माटोको ढिस्कोले पुरिएर घाइते दुई जनाको उद्धार

धादिङ। धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–३, सलाङघाटमा घर प्लास्टर गर्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोमा पुरिएर घाइते भएका दुई जना पुरुषको स...

सुनको भाउले बनायो नयाँ कीर्तिमान, प्रतितोला ३ लाख ९ हजार

काठमाडौं । नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुन तोलामा ५ हजार २ सय रु...

निर्वाचनको सुरक्षा रणनीतिबारे राष्ट्रिय सुरक्षा परिषद्को बैठक

काठमाडौँ । सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा जारी बैठकमा आगामी फागुन २१ गते हुने प्रत...

इन्द्रसरोवर तालमा पानी बोक्ने गाडी खस्यो

हेटौँडा। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ मार्खुचौरस्थित मार्खु–कंलकी सडक खण्डमा मिनरल वाटर पानी बोकेको आइचर गाडी इन्द्रसरोवर तालमा खसेको छ । कल...

दोस्रो पटक ४९३ जनाले दिए निर्वाचन प्रहरीमा आवेदन

धनकुटा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि धनकुटामा पुन: दोस्रो पटक ४९३ जनाले निर्वाचन प्रहरीका लागि आवेदन दिएका छन् । यस अगाडि दरखा...

सल्यानमा दुई दिन विद्युत् अवरुद्ध हुने

सल्यान। सल्यानमा दुई दिन विद्युत अवरुद्ध हुने भएको छ । विद्युतको पोल स्थानान्तरण तथा लाइन सुदृढीकरण गर्नु पर्ने भएकाले दुई दिन विद्युत् अवरुद्ध हुने स...

सुमो जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

संखुवासभा। संखुवासभाको चैनपुर नगरपालिका–२ नुनढाकीमा आइतबार साँझ सुमो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भए...

महिला टी–२० विश्वकप छनोट: स्कटल्यान्डले नेपाललाई दियो १४१ रनको लक्ष्य

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जित्नैपर्ने दबाबबीच १४१ रनको लक्ष्य पाएको छ । टस हारेर पह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending