भोजपुर । डिभिजन वन कार्यालय भोजपुरले अवैध रूपमा काटिएका खयरको काठ बरामद गरेको छ । गोप्य सूचनाका आधारमा कार्यालयको टोलीले जिल्लाको रामप्रसादराई गाउँपालिका–४ स्थित सहेँलेफेदी क्षेत्रबाट उक्त काठ बरामद गरेको हो ।
वन कार्यालयका अनुसार खयरको काठ काटी बाहिर निकासी गर्ने तयारी भइरहेको भन्ने सूचनापछि कर्मचारीसहितको टोली त्यसक्षेत्रमा पुगेको थियो । अनुगमनका क्रममा कुनै पनि कानुनी प्रक्रिया पूरा नगरी, अनुमतिबिना खयरको रुख काटी काठ सङ्कलन गरिएको अवस्थामा फेला परेको डिभिजन वन कार्यालयका प्रमुख खुद्रुस मियाँले जानकारी दिए ।
बरामद गरिएको काठ करिब ५०० क्युफिट रहेको जनाउँदै उनले यसको अनुमानित मूल्य करिब रु पाँच लाख बराबर रहेको उनले बताए। उनका अनुसार दुर्गम तथा भौगोलिक रूपमा अप्ठ्यारो स्थानबाट फेला परेकाले घटनास्थलमा प्रारम्भिक मुचुल्का तयार गरी काठ सुरक्षित तरिकाले वन कार्यालय ल्याउने काम भइरहेको छ ।
“निकासीका उद्देश्यले अवैध रूपमा काटिएका खयरको काठ बरामद गरेका छौँ”, प्रमुख मियाँले भन्नुभयो, “करिब ५०० क्युफिट काठ फेला परेको छ । यस विषयमा आवश्यक मुचुल्का तयार गरी थप अनुसन्धान अगाडि बढाइएको छ । कर्मचारी निरन्तर रूपमा घटनास्थलमा खटिएर प्रमाण सङ्कलन गरिरहेका छन् ।”
डिभिजन वन कार्यालयका अनुसार हाल काठका वास्तविक धनी तथा अवैध कटानमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ । अनुसन्धान सम्पन्न भएपछि संलग्नलाई प्रचलित वन ऐन तथा नियमावलीअनुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ ।
विशेषगरी दुर्गम बस्ती, खोला किनार र सीमावर्ती क्षेत्रलाई लक्षित गरी अवैध काठ निकासी हुने गरेको सूचनाका आधारमा नियमित अनुगमन, गस्ती तथा आकस्मिक निरीक्षणलाई तीव्र बनाइएको छ ।
वन तथा वनजन्य सामग्रीको अवैध कारोबारले वातावरणीय सन्तुलनमा नकारात्मक असर पर्नुका साथै राज्यलाई ठूलो आर्थिक क्षति हुने भएकाले त्यसको नियन्त्रणलाई प्राथमिकतामा राखिएको कार्यालयले जनाएको छ । यस किसिमका अवैध गतिविधि नियन्त्रण गर्न स्थानीय तह, सुरक्षा निकाय तथा जनसमुदायसँग समन्वय भइरहेको प्रमुख मियाँले बताए।
अवैध रूपमा बाहिर निकासी हुन लागेको काठ समयमै बरामद हुनु वन कार्यालयको महत्वपूर्ण सफलता भएको स्थानीय बताउँछन् । स्थानीयका अनुसार यस्ता कार्यले अवैध कारोबारमा संलग्नलाई निरुत्साहित गर्नुका साथै वन संरक्षणमा सकारात्मक सन्देश जाने अपेक्षा गरिएको छ । वन संरक्षणमा स्थानीयवासीको भूमिका महत्वपूर्ण हुने भएकाले अवैध गतिविधिबारे सूचना दिन सबैलाई आग्रहसमेत गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १२ गते, २०८२ - १४:४२
लेखनाथ। राष्ट्रिय सभा निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा मतदान जारी छ। आइतबार दिउँसो २ बजेसम्म दुई सय २१ जनाले मतदान गरेको छन्। प्रदेश निर्वाचन कार्यालय...
माघ १२ गते, २०८२ - १४:१९
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा नै अवसरको पहिचान गर्न र स्वदेशमै बसेर मुलुक निर्माण गर्न युवा विद्यार्थीहरूलाई आह्वान गरेकी छन्। आ...
माघ १२ गते, २०८२ - १४:००
काठमाडौँ। नेपाल चिकित्सक संघको निर्वाचन प्रतिनिधि सभाको निर्वाचन अघि नहुने भएको छ । निर्वाचन आयोगले प्रदेश महासंको प्रदेश सभा एवम् निर्वाचन स्थगित ...
माघ १२ गते, २०८२ - १३:५३
प्युठान। मोटरसाइकल दुर्घटनामा परी मल्लरानी गाउँपालिका–४ बुढाचौरका एकको मृत्यु भएको छ । २८ वर्षीया विराट सुनारको दुर्घटनामा मृत्यु भएको हो । बागमती ...
माघ १२ गते, २०८२ - १३:२५
बारा। प्रसौनी गाउँपालिका-२ अन्तर्गत दुघौरा पुल नजिक भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। आइतबार बिहान ७ बजे वीर...
माघ १२ गते, २०८२ - १३:१७
काठमाडौँ । झापाबाट फर्किएका रास्वपा वरिष्ठ नेता बालेन्द्र साह भोलि सुदूरपश्चिम जाने भएका छन्। उनी त्यहाँ विभिन्न जिल्लामा चुनावी प्रचारमा सहभागी हुने ...
माघ १२ गते, २०८२ - १३:०९
भोजपुर । डिभिजन वन कार्यालय भोजपुरले अवैध रूपमा काटिएका खयरको काठ बरामद गरेको छ । गोप्य सूचनाका आधारमा कार्यालयको टोलीले जिल्लाको रामप्रसादराई गाउँपाल...
माघ १२ गते, २०८२ - १२:३०
काठमाडौँ । नेकपा एमालेले आफ्ना पार्टी सदस्यहरूलाई आगामी निर्वाचनमा सक्रिय हुन अपिल गर्दै पत्र पठाएको छ। पत्रमा अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर छ र ...
माघ १२ गते, २०८२ - १२:१६
काठमाडौँ । राष्ट्रिय सभाका सदस्य चयनका लागि मतदान देशभरका प्रदेश सदरमुकाममा जारी छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रदेशका रा...
माघ १२ गते, २०८२ - १२:०३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध ‘सङ्गठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’ अभियोग हटाउने महान्यायाध...




प्रतिकृया लेख्नुहोस्: