सुर्खेत । राष्ट्रियसभा निर्वाचनअन्तर्गत कर्णाली प्रदेशबाट एक महिला र एक अन्य क्लस्टरतर्फ निर्वाचन भइरहेको छ। बिहान ९ बजेदेखि मतदान सुरु भएको प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङले जानकारी दिएका छन्।
कर्णालीबाट दुई पदका लागि भइरहेको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन भएको छ भने नेकपा ९नेकपा० एक्लै चुनावी मैदानमा उत्रिएको छ।
गठबन्धनअनुसार अन्य क्लस्टर कांग्रेसको भागमा परेको छ भने महिला क्लस्टर एमालेले पाएको छ। कांग्रेसबाट अन्य क्लस्टरतर्फ ललितजंग शाही उम्मेदवार बनेका छन्। उनी कांग्रेस कर्णाली प्रदेशका सभापति पनि हुन्। शाही २०७९ सालको प्रदेशसभा निर्वाचनमा पराजित भएका नेता हुन्।
उक्त निर्वाचनमा कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका देवेन्द्रबहादुर शाहीले जुम्ला ९क० बाट करिब १ हजार ८ सय मतान्तरले ललितजंग शाहीलाई पराजित गरेका थिए। स्वतन्त्र निर्वाचित भएका देवेन्द्रबहादुर शाही हाल पुन: कांग्रेसमै फर्किएका छन्।
महिला क्लस्टरतर्फ गठबन्धनबाट एमालेकी मिनासिं रखाल उम्मेदवार बनेकी छन्। दैलेखकी रखाल २०७४ सालमा समानुपातिकतर्फ कर्णाली प्रदेशसभा सदस्य निर्वाचित भएकी थिइन्।
यता, नेकपाले भने एक पूर्व माओवादी धार र एक पूर्व समाजवादी धारका नेताहरूलाई उम्मेदवार बनाएको छ। अन्य क्लस्टरतर्फ पूर्व माओवादी धारका बुद्धिप्रसाद शर्मा र महिला क्लस्टरतर्फ पूर्व समाजवादी धारकी अन्जु महतरा ९शाही० उम्मेदवार रहेकी छन्। अन्जु डोल्पाकी हुन् भने शर्मा रुकुम पश्चिमका हुन्। शर्मा माओवादीका पुराना नेता मानिन्छन्।
हाल निर्वाचन हुन लागेको अन्य क्लस्टर साविक माओवादीको कोटामा पर्दछ। सो क्लस्टरबाट तत्कालीन नेकपा रहँदा मायाप्रसाद शर्मा निर्वाचित भएका थिए। यस्तै, महिला क्लस्टरतर्फको सिट एमालेको हो, जहाँ हाल एमालेकी सुमित्रा विसी राष्ट्रियसभा सदस्य छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १२ गते, २०८२ - ११:२६
पश्चिम नवलपरासी। नेकपाका प्रभावशाली नेता तथा पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल ‘सुनील’ यस पटक नयाँ निर्वाचन क्षेत्र र नयाँ योज...
माघ १२ गते, २०८२ - ११:१०
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्या...
माघ १२ गते, २०८२ - ११:००
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार सुनको मूल्य प्रतितोला दुई हजार चार सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च बिन्दुमा...
माघ १२ गते, २०८२ - १०:४७
काठमाडौँ। राष्ट्रियसभामा रिक्त सदस्य चयन गर्न मतदान जारी छ । २०८२ फागुन २० गतेदेखि राष्ट्रियसभामा १७ सिट (सदस्य) रिक्त रहेको छ । यसका लागि बिहान ९ बज...
माघ १२ गते, २०८२ - १०:३५
जनकपुरधाम। निर्वाचन आयोगको आचारसंहिता लागू भएसँगै नेपाली कांग्रेसले यही माघ १६ गते जनकपुरधाममा आयोजना गर्न लागेको विशाल मधेश सभा हालका लागि स्थगित गरि...
माघ १२ गते, २०८२ - १०:२९
दाङ। जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान हरी जिसी मृत अवस्थामा फेला परेका छन् । घोराही उपमहानगरपालिका–२, रामपुर निवासी जिसी तीन दिनदेखि ब...
माघ १२ गते, २०८२ - १०:१८
सुर्खेत । राष्ट्रियसभा निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा बिहान ९ बजेदेखि मतदान सुरु भएको छ । बिहान १० बजेसम्म कुल १२३ जनाले मतदान गरेका छन् । प्रदे...
माघ १२ गते, २०८२ - ०९:५१
सुर्खेत । राष्ट्रियसभा निर्वाचनअन्तर्गत कर्णाली प्रदेशबाट एक महिला र एक अन्य क्लस्टरतर्फ निर्वाचन भइरहेको छ। बिहान ९ बजेदेखि मतदान सुरु भएको प्रदेश नि...
माघ १२ गते, २०८२ - ०९:३९
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पब्लिक डिबेटका लागि तयार रहेको बताइरहेका बेला प्रधानमन्त्रीको उम्मेदवारका रूपमा चर्चा गरिएका राष...
माघ ११ गते, २०८२ - १७:०८
पाकिस्तान । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको चित्राल जिल्लामा हिमपहिरो जाँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ । हिमपहिरोबाट एक जना बच्...




प्रतिकृया लेख्नुहोस्: