काठमाडौं। शेयर लगानीकर्ता दिपेन्द्र अग्रवालले नेकपा (एमाले) पार्टीको राष्ट्रवादी छवि र समृद्ध नेपाल सुखी नेपालीको अभियान मन परेर एमालेमा प्रवेश गरेको बताएको छन्। आज एमाले मुख्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीको हात खादा लगाएर पार्टी प्रवेश गर्दै उहाँले यस्तो बताएको हो ।
“हुन त यहाँ अरु धेरै पार्टीहरु छन् । तर किन एमाले रोजेभन्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रवादी छवि, देश र जनताको पक्षमा निरन्तर लागिरहने साहसी र निडर व्यक्तित्वका कारण यो पार्टी छाने” उनले थपे, “मुलुक नाकाबन्दीको अवस्थाबाट गुज्रिरहँदा उहाँले लिएको अडान विश्व इतिहासमा उदारणीय छ, त्यो कदमको जति प्रसंशा गरे पनि कम हुन्छ । यो पार्टीले लिएको समृद्ध नेपाल र सुखी नेपालीको अभियान एकदमै राम्रो छ ।”
नेपालको मिचिएको भूमि नेपालमै गाभेर चुच्चे नक्सामा समेटेको, भूकम्पले थलापरेको संरचनालाई पुन:निर्माण गरेको, राष्ट्रिय महत्वका आयोजना निर्माण र सम्पन्न गर्न चासो देखाएको, देशभर सडक सञ्जाल विस्तार गरेको, नेपाल र नेपालीको पहिचान गुम्न नदिन लिएको अडान र साहसिक निर्णय एकदम राम्रो भएको उनले बताए।
“आज म यहाँ नेपाली सेयर बजारका ७२ लाख लगानीकर्ताको पीडा, संघर्ष, सपना र भविष्य बोकेर उभिएको छु । एक साधारण व्यापारी परिवारबाट उठेर, असाधारण परिस्थितिसँग लड्दै, नेपाली सेयर बजारलाई आफ्नो जीवन बनाएको एक साधारण लगानीकर्ता हुँ” अग्रवालले भने, “मैले बजारलाई केवल पैसा कमाउने ठाउँ मात्र मानेको छैन । यसलाई साना लगानीकर्ताको आशा, युवाको भविष्य, र देशको आर्थिक मेरुदण्ड मानेको छु।”
नेकपा एमालेको सरकार हुँदा लगानिकर्ता उच्च मनोबलले लगानी गर्न तयार रहेको चर्चा गर्दै उनले भने, “सबैको भरोसा कमाएको दल हो एमाले । आगामी निर्वाचनमा हामी ७२ लाख लगानिकर्ता एकसाथ उभिन्छौं, उभिने छौं ।”
पार्टी प्रवेश कुनै स्वार्थले प्रेरित नभएको प्रस्ट पार्दै उनले यसलाई समयको आवश्यकताको रुपमा बुझ्न आग्रह गरे। “म र मसँगै सयौं लगानीकर्ता कुनै पदका लागि पार्टी प्रवेश गरेका होइनौं, कुनै फाइदाका लागि होइन, पुँजीबजारको भविष्य सुरक्षित गर्न एमालेमा प्रवेश गरेका हौं । यो आर्थिक सुधारको अभियान हो” उनले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८२ - १७:२९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलको नेतामा चयन गर्ने निर्णय गरेको छ। आज...
चैत्र १२ गते, २०८२ - १७:१८
काठमाडौँ । सांसदको शपथ लिएलगत्तै प्रस्तावित प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सर्वोच्च अदालत ...
चैत्र १२ गते, २०८२ - १७:०५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिबाट संसदीय दल गठनसम्बन्धी प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ। जारी केन्द्रीय सम...
चैत्र १२ गते, २०८२ - १६:५४
उर्लाबारी। टिप्परको ठक्करबाट मोरङको कानेपोखरी-७ मा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार ब...
चैत्र १२ गते, २०८२ - १६:५४
उर्लाबारी। टिप्परको ठक्करबाट मोरङको कानेपोखरी-७ मा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार ब...
चैत्र १२ गते, २०८२ - १६:४८
इथियोपिया। जिबुतीको तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिएर दुर्घटनाग्रस्त भए पछि कम्तिमा नौ जना आप्रवासीको मृत्यु हुनुका साथै अन्य ४५ जना बेपत्ता भएको आप...
चैत्र १२ गते, २०८२ - १६:३२
काठमाडौँ। मकवानपुरको हेटौँडा उपमहानगरपालिकास्थित यातायात व्यवस्था कर्याालयमा कार्यरत अधिकृत (छैटौं) अमृत भेटुवालसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा ...
चैत्र १२ गते, २०८२ - १६:१८
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई संसद्मा पार्टीका आधिकारिक विचार मात्रै राख्न निर्देशन दिएका छन्। बिहीबार पार्टी केन...
चैत्र १२ गते, २०८२ - १६:०७
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न निर्वाचनको परिणाम ‘जादुमय’ देखिएको टिप्पणी गरेका छन्। बिहीबार नवनिर्वाचित प्रतिनिध...
चैत्र १२ गते, २०८२ - १४:३६
काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले आज सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित सभामा पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रतिनिधिसभा...



प्रतिकृया लेख्नुहोस्: