Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

बाँकेका तीन पालिका हात्तीपाइलेको उच्च जोखिममा

खबरडबली संवाददाता

नेपालगन्ज। विगत १५ वर्षदेखि निरन्तर हरेक वर्ष चल्दै आएको हात्तीपाइले रोगविरुद्धको औषधी सेवन अभियान प्रभावकारी नहुँदा बाँकेका तीन वटा पालिका अझैपनि सो रोगको उच्च जोखिममा रहेका छन् ।

हात्तीपाइले रोग निवारणका लागि चलाइएको औषधी सेवन अभियानमा बाँकेका नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकामा लक्ष्य अनुसार औषधी सेवन नगरिँदा उच्च जोखिममा परेका हुन् ।

जिल्लाका ती तीनवटा पालिकामा १५ पटक अभियान चलाउँदा पनि सफल नभएपछि अहिले १६ औं पटक हात्तीपाइले रोगविरुद्धको औषधी सेवन कार्यक्रमलाई निरन्तरता दिइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले हात्तीपाइले निवारणका लागि कम्तीमा ८० प्रतिशत लक्षित नागरिकले एकै चरणमा औषधी सेवन गर्नुपर्नेमा जिल्लाका तीनवटा पालिका र एउटा पालिकाको एउटा वडामा सो भन्दा निकै कम मानिसले औषधी सेवन गरेकोले फेरी पनि अभियान चलाइएको बताए।

उहाँले यसपटकको अभियानमार्फत नरैनापुर गाउँपालिकाका ४४ हजार ९५८, नेपालगन्ज उपमहानगरपालिकाका एक लाख ७१ हजार ७७४, डुडुवा गाउँपालिकाका ४५ हजार ५२२ र बैजनाथ ४ का नौ हजार ७४२ जना गरी कुल दुई लाख ७० हजार ९९६ जनालाई औषधी खुवाउने लक्ष्य राखिएको बताए।

एउटा व्यक्तिले औषधी खाने र अर्कोले नखाइदिने गरेका कारण समुदायस्तरमा हात्तीपाइलेको जोखिम कायमै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन गर्ने सम्पूर्ण लक्षित समुदायले औषधी नखाइदिएका कारण १५ वर्षदेखि निरन्तर सो अभियान चलिरहेको स्वास्थ्य कार्यालय बाँकेका हात्तीपाइले रोग निवारण कार्यक्रमका फोकलपर्सन रत्नलाल शर्माले बताए।

उनका अनुसार नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका र बैजनाथ गाउँपालिकाको वडा नम्बर ४ मा यस वर्ष औषधी सेवन कार्यक्रम सुरु गरिएको छ ।  

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रामकुमार महत्तोका अनुसार बाँके जिल्लामा मात्रै हात्तीपाइले निवारण हुन बाँकी रहेको कारणले सन २०३० मा नेपाललाई नै हात्तिपाइले रोग मुक्त देश घोषणा गर्ने अभियान प्रभावित हुनसक्ने देखिएको छ ।   

देशलाई मुक्त घोषणा गर्नका लागि पनि बाँकेका सबै पालिकालाई मुक्त घोषणा गर्नु आवश्यक रहेको उनले बताए। बाँकेमा गरिएको सर्वेक्षणअनुसार बाँके ‘क’ क्षेत्रमा प्रति सय जनामध्ये औसत ६.५ जनामा हात्तीपाइलेको वयस्क परजीवी फेला परेको छ । १ प्रतिशतभन्दा बढीमा परजीवी देखिएपछि रोग सर्ने जोखिम उच्च हुने चिकित्सकहरुले बताएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बीमा ऐन उल्लङ्घन गर्ने ८ कम्पनीलाई कारबाही

काठमाडौँ । नेपाल बीमा प्राधिकरण ले बीमा ऐन २०७९ का प्रावधानहरू पालना नगर्ने आठ वटा बीमा कम्पनीलाई कारबाही गरेको छ। प्राधिकरणका अनुसार ऐनले निर्दिष्ट ग...

कपिलवस्तुमा निषेधाज्ञा कायमै, अवस्था सामान्य बन्दै

काठमाडौं । कपिलवस्तु मा जारी गरिएको निषेधाज्ञा तीन दिन बित्दा पनि अझै कायम रहेको छ। कपिलवस्तुको महाराजगञ्ज बर्गदवा क्षेत्रमा दुई समुदायबीच भएको झडप...

उपराष्ट्रपति यादवसँग बङ्गलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो शफिकुर रहमानले शिष्टाचार भेट गरेको छन् । लैनचौरस्थित उपराष्ट्रपतिको...

अर्थविद् केशव आचार्यको निधन

काठमाडौँ । वरिष्ठ अर्थविद् केशव आचार्य को निधन भएको छ। उनको सोमबार अन्नपूर्ण न्यूरो हस्पिटल मा उपचारका क्रममा निधन भएको हो। उनका भाइ मदन आचार्य का ...

मौसमजन्य घटनाहरू बढ्दै जाँदा भविष्य नै जोखिममा पर्दैछ : सचिव चटौत

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (ऊर्जा हेर्ने) चिरञ्जीवी चटौतले जलवायु परिवर्तनका कारण बाढी, पहिरोलगायत चरम मौसमजन्य घटनाहरू बढ्...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो, १५ अर्ब बराबरको कारोबार

काठमाडौँ। यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन सामान्य अङ्कले बढेको छ । आज नेप्से परिस...

काठमाडौं–दुबई रुटमा नेपाल वायुसेवा निगमका थप दुई उडान

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप दुई उडान गर्ने भएको छ। निगमका अनुसार काठमाडौं–दुबई उडान २५ मार्चमा सञ्चालन हुनेछ भने दुबई–क...

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौँ। सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६ राष्ट्रिय दलका संसदीय कार्यालयहरू व्यवस्थापन अन्तिम चरणमा पुगेका छन् । ...

राष्ट्रिय महिला आयोगमा नाराबाजी: महिलामाथि हिंसा हुँदा महिला आयोग किन चुप ?

काठमाडौँ । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंस...

राष्ट्रिय महिला आयोगमा नाराबाजी: महिलामाथि हिंसा हुँदा महिला आयोग किन चुप ?

काठमाडौँ । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: