Khabar Dabali ११ माघ २०८२ शनिबार | 24th January, 2026 Sat
Investment bank

बाँकेका तीन पालिका हात्तीपाइलेको उच्च जोखिममा

खबरडबली संवाददाता

नेपालगन्ज। विगत १५ वर्षदेखि निरन्तर हरेक वर्ष चल्दै आएको हात्तीपाइले रोगविरुद्धको औषधी सेवन अभियान प्रभावकारी नहुँदा बाँकेका तीन वटा पालिका अझैपनि सो रोगको उच्च जोखिममा रहेका छन् ।

हात्तीपाइले रोग निवारणका लागि चलाइएको औषधी सेवन अभियानमा बाँकेका नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकामा लक्ष्य अनुसार औषधी सेवन नगरिँदा उच्च जोखिममा परेका हुन् ।

जिल्लाका ती तीनवटा पालिकामा १५ पटक अभियान चलाउँदा पनि सफल नभएपछि अहिले १६ औं पटक हात्तीपाइले रोगविरुद्धको औषधी सेवन कार्यक्रमलाई निरन्तरता दिइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले हात्तीपाइले निवारणका लागि कम्तीमा ८० प्रतिशत लक्षित नागरिकले एकै चरणमा औषधी सेवन गर्नुपर्नेमा जिल्लाका तीनवटा पालिका र एउटा पालिकाको एउटा वडामा सो भन्दा निकै कम मानिसले औषधी सेवन गरेकोले फेरी पनि अभियान चलाइएको बताए।

उहाँले यसपटकको अभियानमार्फत नरैनापुर गाउँपालिकाका ४४ हजार ९५८, नेपालगन्ज उपमहानगरपालिकाका एक लाख ७१ हजार ७७४, डुडुवा गाउँपालिकाका ४५ हजार ५२२ र बैजनाथ ४ का नौ हजार ७४२ जना गरी कुल दुई लाख ७० हजार ९९६ जनालाई औषधी खुवाउने लक्ष्य राखिएको बताए।

एउटा व्यक्तिले औषधी खाने र अर्कोले नखाइदिने गरेका कारण समुदायस्तरमा हात्तीपाइलेको जोखिम कायमै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन गर्ने सम्पूर्ण लक्षित समुदायले औषधी नखाइदिएका कारण १५ वर्षदेखि निरन्तर सो अभियान चलिरहेको स्वास्थ्य कार्यालय बाँकेका हात्तीपाइले रोग निवारण कार्यक्रमका फोकलपर्सन रत्नलाल शर्माले बताए।

उनका अनुसार नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका र बैजनाथ गाउँपालिकाको वडा नम्बर ४ मा यस वर्ष औषधी सेवन कार्यक्रम सुरु गरिएको छ ।  

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रामकुमार महत्तोका अनुसार बाँके जिल्लामा मात्रै हात्तीपाइले निवारण हुन बाँकी रहेको कारणले सन २०३० मा नेपाललाई नै हात्तिपाइले रोग मुक्त देश घोषणा गर्ने अभियान प्रभावित हुनसक्ने देखिएको छ ।   

देशलाई मुक्त घोषणा गर्नका लागि पनि बाँकेका सबै पालिकालाई मुक्त घोषणा गर्नु आवश्यक रहेको उनले बताए। बाँकेमा गरिएको सर्वेक्षणअनुसार बाँके ‘क’ क्षेत्रमा प्रति सय जनामध्ये औसत ६.५ जनामा हात्तीपाइलेको वयस्क परजीवी फेला परेको छ । १ प्रतिशतभन्दा बढीमा परजीवी देखिएपछि रोग सर्ने जोखिम उच्च हुने चिकित्सकहरुले बताएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रुपन्देहीमा बौद्धिक युवा नेताको उम्मेदवारीले तरङ्ग

रुपन्देही। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि रुपन्देहीमा नयाँ र बौद्धिक स्तरका धेरै युवाको उम्मेदवारी परेको छ । गत माघ ...

हरिबोल गजुरेल र महेश्वर दाहाल नेकपाबाट निष्कासित

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता हरिबोल गजुरेल र महेश्वर दाहाल पार्टीबाट निष्कासनमा परेका छन्। पार्टीको निर्णयविपरीत सिन्धुली–२ ...

भोलि संसदमा कुरा उठाउँदा अनुमान होइन, अनुभूतिमा आधारित तथ्य चाहिन्छ: बालेन शाह

तेह्रथुम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले चुनावी अभियान कागजी बहसमा सीमित नराखी प्रत्यक्ष अनुभूतिमा आधारित हुनुपर्ने बताएका ...

हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध

बैतडी। भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध भएका छन् । बैतडीको नारखोली, खोडपे, श्रीभावर, सतबाँझ, देहिमाडौँ क्षेत्रम...

बाँकेका तीन पालिका हात्तीपाइलेको उच्च जोखिममा

नेपालगन्ज। विगत १५ वर्षदेखि निरन्तर हरेक वर्ष चल्दै आएको हात्तीपाइले रोगविरुद्धको औषधी सेवन अभियान प्रभावकारी नहुँदा बाँकेका तीन वटा पालिका अझैपनि सो ...

अनुमति लिएर राखिएका हातहतियार बुझाउन स्थानीय प्रशासनको आग्रह

सल्यान । जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार सल्यानमा स्थानीय प्रशासनले अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल गरेको छ । निर्वाचनलाई स्वच्छ...

हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व। रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी...

कञ्चनपुर–१ मा पुरुषभन्दा महिला मतदाता बढी

कञ्चनपुर। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ मा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या तुलनात्मक रुपमा बढी रहेको छ । आगामी २१ फागुनमा सम्पन्न हुने प्रतिनिधि...

बदल्यौं कांग्रेस, बदल्छौं देश: सभापति थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरुले कांग्रेस बदलेको र अब देश बदल्ने बताएको छन् ।  शुक्रबार पार्टी कार्यालय सानेपामा सभापति ...

महावीर पुनले पाए त्रिभुज चुनाव चिह्न

म्याग्दी । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका पूर्वमन्त्री महावीर पुनले त्रिभुज चुनाव चिह्न पाएका छन् । शुक्रबार मुख्य निर्वाचन अधिकृतको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending