Khabar Dabali ४ फाल्गुन २०८२ सोमबार | 16th February, 2026 Mon
Investment bank

सुदूरपश्चिममा देउवापछि को ?

खबरडबली संवाददाता

काठमाडौं । ‘सुदूरपश्चिममा शेरबहादुर देउवाको उत्तराधिकारी को ?,’ तीन महिनाअघि कांग्रेसको आन्तरिक राजनीति सामान्य रहेकै बेला सुदूरपश्चिममा कार्यकर्ताबीच यही विषयमा छलफल भएको थियो । जतिबेला उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेर सभापति देउवाले सक्रिय राजनीतिबाट विश्राम लिने संकेत गरेका थिए ।

३४ वर्ष कांग्रेस र सत्ताको केन्द्रमा रहेका देउवाले सक्रिय राजनीतिबाट विश्राम लिने संकेत गरेपछि सुदूरपश्चिमका कांग्रेस नेताहरू एनपी साउद, रमेश लेखक, वीरबहादुर बलायर, दिलेन्द्रप्रसाद बडू, बद्रीप्रसाद पाण्डे र नैनसिंह महरबीच ‘देउवाको उत्तराधिकारी’ बन्ने आन्तरिक जोडघटाउसँगै रस्साकसी पनि सुरु भएको थियो । ‘देउवाको आशीर्वाद र विश्वास’ जसले आर्जन गर्न सक्यो उही नेता सुदूरपश्चिमबाट नेतृत्व तहमा पुग्ने कांग्रेस कार्यकर्ताको साझा बुझाइ थियो ।

साउद, लेखक, महर र बलायर देउवाका दृढ समर्थक हुन् । सहमहामन्त्री रहेका पाण्डे र केन्द्रीय सदस्य बडू भने इतरपक्षीय थिए । त्यहीकारण साउद, लेखक र बलायरमध्ये एकलाई देउवाले सुदूरपश्चिमका लागि ‘उत्तराधिकारी’ बनाउन सक्ने बुझाइ सबैको थियो ।

त्यसमा पनि नेविसंघका सभापति भइसकेको पृष्ठभूमि, कार्यकर्ताबीचको सञ्जाल अन्य नेताभन्दा फराकिलो भएको मानिएका साउद देउवाको रोजाइमा पर्न सक्ने कांग्रेसभित्रका अधिकांशको आकलन थियो ।

तर तीनमहिने अन्तरालमा कांग्रेसको आन्तरिक राजनीतिले यसरी कोल्टे फेर्‍यो कि पार्टीमा सर्वेसर्वा रहेका देउवा स्वयंको राजनीतिक अस्तित्व संकटमा धकेलियो । महाधिवेशन प्रतिनिधिद्वारा विशेष महाधिवेशन आयोजना गर्नुपर्ने वैधानिक माग र बहुमत प्रतिनिधि उपस्थित भएको विशेष महाधिवेशनसमेतलाई विधानसम्मत नरहेको तर्क गर्दै बेवास्ता गर्दा अन्ततः देउवाको सभापति पद मात्र गुमेन, उनको राजनीतिक प्रभाव र अस्तित्वसमेत धरापमा पर्न गयो ।

२०२८ मा कांग्रेस भ्रातृ संगठन नेविसंघको सर्वसम्मत सभापति निर्वाचित भएका देउवाको राजनीतिले त्यसपछिका वर्षमा निरन्तर अग्रगति लियो । २०४८ मा गृहमन्त्री भएपछि उनी निरन्तर सत्ताका सदाबहार खेलाडीका रूपमा रहे । पाँच पटक प्रधानमन्त्री र सात पटक सांसद भए । २०४८ मा भएको निर्वाचनमा देउवा नेतृत्वमा सुदूरपश्चिमका १९ सिटमध्ये १८ मा कांग्रेसले जित हासिल गरेको थियो । यस्तै २०६४ मा माओवादी उभारका बेला पनि देउवाले डडेलधुरा र कञ्चनपुर तथा बाजुराका देवराज जोशीले जितेका थिए ।

गृहजिल्ला सुदूरपश्चिमको डडेलधुरालाई संसदीय राजनीतिको आधार बनाएका देउवाका लागि आफ्नो जिल्ला सदैव फलिफाप बन्यो । उनी जति पटक निर्वाचन लडे, डडेलधुराले उति पटक जितायो । सात पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका उनले कहिल्यै पराजय व्यहोर्नु परेन । सुदूरपश्चिममा स्वतः नेता भएका उनलाई टक्कर दिने अरू कोही भएनन् ।

कांग्रेस सुदूरपश्चिममा उनी सर्वमान्य रहे र कांग्रेस सुदूरपश्चिमको राजनीति उनकै छत्रछायामा रह्यो । उनले बढाउन चाहेका नेताले अवसर पाए, मन नपराएकाहरू थचारिए । देउवाले सक्रिय राजनीतिबाट विश्राम लिने संकेत गरे पनि अन्तिम पटक आगामी चुनाव लड्ने भन्दै जिल्लाबाट एकल नाम सिफारिस गराएका थिए । तत्कालीन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा भने सुरुदेखि नै देउवाले अबको चुनाव लड्न नहुने अडानमा थिए ।

विशेष महाधिवेशन दौरानमा पनि उनी उम्मेदवार हुने या नहुने भन्ने सवालमा दुवै पक्षबीच गम्भीर मतभेद भएको थियो । चुनावका बेला देउवासँगै उनका कोर सारथिहरू लेखक, साउद र बलायरको समेत राजनीतिक भविष्य अन्योलमा परेको छ । विशेष महाधिवेशनको विपक्षमा रहेका शेखर कोइराला पक्षीय नेता पाण्डे र बडू दुवै जनाले आसन्न निर्वाचनमा उम्मेदवार नहुने घोषणा यसअघि नै गरिसकेका छन् ।

‘देउवा नहुँदा सुदूरपश्चिमले प्राप्त गर्ने राजनीतिक मानसम्मान तथा पहुँच र अवसरमा आकाश–जमिन जस्तै फरक पर्नेछ,’ देउवा समर्थक तत्कालीन केन्द्रीय सदस्य नृपबहादुर बडू भन्छन्, ‘अहिलेकै अवस्था कायम रहे चुनावी परिणाममा समेत कांग्रेसको पोजिसन धराशायी हुन सक्छ । देउवा मैदानमा हुँदा कांग्रेस कार्यकर्तालाई जुन उत्साह र अभिभावकत्व हुन्थ्यो, त्यो हुनेछैन ।’

देउवाकै समर्थक रहेका सुदूरपश्चिमका प्रदेश पूर्वप्रमुख देवराज जोशीका विचारमा देउवा नेतृत्वमा हुँदा सुदूरपश्चिमका बासिन्दाको जुन पहुँच थियो, समस्या राख्न सहजता थियो, विकास निर्माण, नियुक्ति, पदोन्नतिमा सुदूरपश्चिमले प्राथमिकता पाउँथ्यो, अब त्यो अवसरबाट वञ्चित हुनुपर्ने अवस्था आउनेछ । ‘सुदूरपश्चिममा देउवापछि राष्ट्रिय राजनीतिको नेतृत्वदायी स्थानमा भीम रावल हुन् । तर रावलको राजनीतिक भविष्य र पहुँच अन्योलमै छ ।

‘सुदूरपश्चिम अब झनै पछाडि पर्ने देखिएको छ,’ जोशी भन्छन्, ‘देउवा चुनावी मैदानमा हुँदा उनी प्रधानमन्त्रीका उम्मेदवार थिए, त्यसको प्रभाव र आस बेग्लै हुन्थ्यो । तर अब कांग्रेसको चुनावी परिणाममा निकै फरक पर्ने निश्चित छ ।’

कुनै पनि नेता अकण्टक नहुने र राजनीतिक पार्टीमा नेतृत्व परिवर्तन भइरहनेमा आफू सहमत रहेको जोशी बताउँछन् । ‘नेतृत्वको विश्राम स्वाभाविक ढंगले हुनुपर्छ, अहिले देउवाको बहिर्गमन अस्वाभाविक हो, यही कारण परिस्थितिमा फरक पर्ने देखिन्छ,’ उनले भने ।

विशेष महाधिवेशन पक्षधर नेताहरूको बुझाइ भने फरक छ । देउवा पाँच पटक प्रधानमन्त्री भएर पनि सुदूरपश्चिमको विकासले कोल्टे फेर्न नसकेको ठान्ने आलोचकको संख्या पनि बाक्लै छ । ‘देउवाले सुदूरपश्चिमको विकासमा काँचुली फेर्न लागू गरेका आयोजना के के हुन् ?,’ एक कांग्रेस कार्यकर्ताले तिखो प्रहार गरे । विशेष महाधिवेशन पक्षधर एवं देउवाइतरका नेता–कार्यकर्ता भने देउवा हुँदा र नहुँदा तत्कालका लागि सुदूरपश्चिमको कांग्रेस राजनीतिमा केही फरक पर्ने तर्क गर्छन् ।

विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य भरत खड्का भन्छन्, ‘जस्तोसुकै अवस्थामा पनि हामी विचलित हुन्नौं, देउवा अहिले पनि हामी सबैको आदरणीय र सम्मानित नेता हुन्, उनले इच्छा गरे चुनाव लड्न बाधा छैन,’ खड्काले भने, ‘कथंकदाचित अब उहाँ आफैं पन्छिनुभयो भने पनि कांग्रेसको गतिमा रत्तिभर असर पर्न दिने छैनौं ।’

डडेलधुरा कांग्रेसका पूर्वकोषाध्यक्ष गुणाखर चटौत भन्छन्, ‘पार्टीमा शेरबहादुर देउवाले गरेको लगानी र योगदानलाई कुनै शब्दबाट सम्बोधन गर्न सकिँदैन, प्रजातन्त्र, लोकतन्त्र र कांग्रेसका लागि ठूलो योगदान गर्नु भएको छ ।’

सधैंभरि एउटै व्यक्ति नेतृत्वमा रहने भन्ने नहुने डडेलधुरा बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख गंगादत्त उप्रेती बताउँछन् । ‘स्वाभाविक रूपमा उहाँले ढिलोचाँडो उमेरका हिसाबले पनि नेतृत्व छाड्नैपर्थ्यो,’ उनले भने, ‘तर यो उमेरमा आएर उहाँलाई अपमान गर्ने काम भयो, सुदूरपश्चिमका मान्छे उसै पनि सोझा हुने, जेन–जी आन्दोलनमा पारिवारिक, व्यक्तिगत रूपमा उहाँलाई त्यत्रो आघात पुग्न गयो ।’ कमीकमजोरी मानवीय स्वभावका कारण सबैमा हुने भन्दै उनले संस्थागत रूपमा लोकतन्त्रका लागि देउवाले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

सुदूरपश्चिम प्रदेशकी कांग्रेस सहमहामन्त्री अम्बिका चलाउने भन्छिन्, ‘जुन बेला हामी सुदूरपश्चिमेलीले भारतको बाटो प्रयोग गरेर काठमाडौं जानुपर्थ्यो, यो परिस्थितिको अन्त्य गर्ने उहाँ विकासवादी नेता पनि हो, राष्ट्रिय राजनीतिमा आइसकेपछि कर्णाली चिसापानीको पुलदेखि लिएर सुदूरपश्चिम जोड्ने २२ वटा पुल एकैचोटि बनेर गाउँमा सडक सञ्जाल विस्तार भएको हो ।’

समग्र सुदूरपश्चिमले देउवाजस्तो शक्तिशाली नेता पाउन सयौं वर्ष कुर्नुपर्ने उनको बुझाइ छ । ‘विकास पूर्वाधार मात्र होइन, सुदूरपश्चिममा सबैलाई हेर्ने काम गर्नुहुन्थ्यो, उहाँसँग सुदूरपश्चिमका मानिसको पहुँच सहजै हुन्छ,’ उनले भनिन्, ‘उहाँका कतिपय कुरा नराम्रा होलान्, तर नेपालको राजनीति वा कांग्रेस पार्टीबाट देउवालाई अलग राखेर हेर्न सकिँदैन ।’

देउवा अहिले पनि डडेलधुराबाट चुनाव लड्ने हो भने पार्टीको एउटा सिट सुरक्षित हुने उनको तर्क छ । ‘कांग्रेस पार्टी निर्माणमा उहाँले जीवन नै समर्पित गर्नु भएको छ,’ उनले भनिन्, ‘निर्वाचन आयोगले गरेको निर्णयअनुसार उहाँको नेतृत्वबाट बहिर्गमन हुने देखिन्छ, भोलि अदालतले के भन्छ– त्यो आउला, त्यतिखेरै थाहा होला ।’ यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गगनले फेरि भने- किर्तिपुरको डाँडामा ल्यापटप चलाएर ३-४ लाख कमाउन सकिन्छ, हावादारी कुरा गरेको होइन (भिडिओ)

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको सूचना प्रविधि (आइटी) क्षेत्रलाई विश्व स्तरमा पुर्‍याउने आफ्नो दृढ प्रतिबद्धता दोहोर्‍याएका छन्।...

मुग्लिन–मलेखु सडकमा कालोपत्र तीव्र

चितवन । पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडक खण्ड विस्तार तथा स्तरोन्नति गर्ने कार्यले तीव्रता पाएको छ। हालसम्म यस खण्डको ११ किलोमिटर सडक काल...

हिउँदे वर्षात नहुँदा किसान चिन्तित

भोजपुर । हिउँदे वर्षात नहुँदा यहाँका किसान चिन्तित भएका छन् । गहुँ, जौ, आलु, तोरीलगायत बालीमा आवश्यक चिस्यान नपुग्दा बाली सुक्न थालेपछि किसान चिन्तित ...

बंगलादेशका नयाँ नेताले देशमा परिवर्तन ल्याउन सक्लान् ?

काठमाडौँ। ठिक दुई वर्षअघि बाङ्ग्लादेशमा शेख हसिनाले पुन: निर्वाचन जित्दै गर्दा १५ वर्ष देखिको सत्तामाथि उनको पकड अचानक गुम्ने कल्पना सम्म गर्ने अवस्था...

घरजग्गा कारोबारबाट गत माघमा पाँच अर्ब राजस्व सङ्कलन

काठमाडौँ। गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरूले रु पाँच अर्ब नौ लाख २४ हजार राजस्व सङ्कलन गरेका छन् । गत पुसमा रु पाँच अर्ब १७ करोड ३२ लाख राजस्...

नयाँ वर्षमा ‘पहाड’ प्रदर्शन घोषणा

काठमाडौँ । वरिष्ठ निर्देशक तुलसी घिमिरे निर्देशित चलचित्र ‘पहाड’ आगामी नयाँ वर्ष अर्थात् विसं २०८३ वैशाख १ गतेदेखि प्रदर्शन हुने भएको छ । युवा जनशक्ति...

सुन्तला बेचेर २० लाख आम्दानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसान विकास श्रेष्ठले यस वर्ष सुन्तला खेतीबाट उल्लेख्य आम्दानी गरेका छन्। आफ्नो १५ रोपनी क्षेत्...

नेकपाले निर्वाचन आयोगलाई बुझायो प्रतिबद्धता पत्र

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि आफ्नो प्रतिबद्धतापत्र निर्वाचन आयोग समक्ष पेस गरेको छ । पार्...

चीनले क्यानडा र बेलायती नागरिकका लागि निःशुल्क भिसा नीति लागू गर्ने

काठमाडाैँ । चीनले क्यानडा र बेलायतका साधारण राहधानीधारक नागरिकलाई लक्षित गरी भिसा मुक्त नीति लागु गर्ने निर्णय गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प...

प्रतिनिधिसभा निर्वाचन- आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE