Khabar Dabali ६ फाल्गुन २०८२ बुधबार | 18th February, 2026 Wed
Investment bank

चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल

खबरडबली संवाददाता

बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछि स्थानीय बेँसी झरे । अस्थायी रूपमा बसोबास गर्ने र व्यवसायीमात्र यहाँ छन् । पाँच वर्ष अगाडिसम्म हिउँदमा ढोरपाटन सुनसान नै हुन्थ्यो । तर यस वर्ष यो याममा पनि पर्यटकको चलहपहल छ । बाह्रै महिना यहाँको सुन्दरतामा कमी नआउने हुँदा पर्यटकको रोजाइमा ढोरपाटन परेको छ ।

गत वर्ष पनि यतिबेला ढोरपाटन सुनसान नै थियो । मङ्सिर अन्तिम सातासम्म पर्यटकको चहलपहल हुने गरे पनि चैतसम्म सुनसान हुन्थ्यो । चिसो याममा पनि पर्यटक आउन थालेपछि होटल व्यवसायी उत्साहित छन् । अघिल्लो वर्षसम्म करिब चार महिना होटल बन्द हुने गरे पनि यसपालि एक दिन पनि खाली बस्न नपरेको ढोरपाटन उपत्यका होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन अदैले बताए ।

पछिल्लो पाँच वर्षमा ढोरपाटन आउने पर्यटकको सङख्या उल्लेख्य रहेको भन्दै हिउँद याममा पनि पर्यटकको चहलपहल भएको पहिलोपटक भएको उनको भनाइ छ । यो सिजनमा शुक्रबार र शनिबार करिब दुई सय र अन्य बेला ३०–५० जना पर्यटक ढोरपाटन आउने गरेको अध्यक्ष अदैले बताए । यहाँको बारेमा तीव्र प्रचारप्रसार हुँदा बुटवल, पोखरा, काठमाडौँ, चितवन, भैरहवालगायत देशैभरबाट पर्यटक आउन थालेको उनको भनाइ छ ।

“गत वर्ष यो बेला त सुनसान नै भएको थियो, तर यसपालि दैनिकजसो पर्यटक आइरहेका छन्, हिउँ पर्दा बुर्तिबाङ र त्यस आसपासबाट मान्छे हिउँ खेल्न आउँथे तर यसरी घुम्न आउने गर्दैनन्थे”, अध्यक्ष अदैले भने, “अब त विस्तारै सडक पनि राम्रो हुँदैछ, आगामी वर्षदेखि त ढोरपाटनमा बाह्रै महिना पर्यटकको चहलपहल हुने आशा जागेको छ ।”

एक दशक अगाडिसम्म ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या न्यून थियो । तर अहिले तीव्र प्रचारप्रसारका कारण बर्खाको समयमा हजारौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । ढोरपाटन उपत्यकासँगै बुकीपाटन र जलजला जानेको सङ्ख्या पनि उस्तै छ । होटल व्यवसायी धीरेन्द्र घर्तीमगरले खान र बस्नका लागि राम्रो सुविधा हुन थालेपछि जाडो याममा पर्यटक आउन थालेको बताए । टाढादेखि आउने पर्यटकले अग्रिम कोठा ‘बुकिङ’ गर्ने गरेको उनको भनाइ छ ।

नवलपुरदेखि घुम्न आएका आशिष पुरीले ढोरपाटनमा बढी चिसो भए पनि यहाँको सुन्दरताले लोभ्याएको बताए । जाडो बिदामा नौ जनाको समूह घुम्न आएको उनको भनाइ छ । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा ढोरपाटनको मनमोहक तस्बिर तथा भिडियो देखेकाले घुम्न आएको उजले सुनाउनुभयो । यो सिजनमा ढोरपाटन आउँदा न्यानो भएर आउन उनले सुझाए ।

जाडोका कारण स्थानीय बोबाङ, अधिकारीचौर र निसीखोला झरेका छन् । उनीहरू अब चैत लागेपछि मात्र ढोरपाटन उक्लिने गर्छन् । पोहोर सालसम्म पर्यटकको आगामन कम हुँदा व्यवसायी फुर्सदिला हुन्थे । तर अहिले त्यस्तो अवस्था छैन । पाँच वर्ष अगाडिसम्म ढोरपाटनमा होटल व्यवसाय गर्ने स्थानीय कम थिए । तर अहिले ढोरपाटन उपत्यकामा मात्र करिब ४० हाराहारी होटल सञ्चालनमा छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बंगलादेशका अन्तरिम सरकार प्रमुख युनुसद्वारा राजीनामा, तारिक रहमानले प्रधानमन्त्रीको शपथ लिने

काठमाडौं । गत साता भएको आम चुनावपछि मङ्गलवार नयाँ सरकारले काम थाल्नुअघि बाङ्ग्लादेशका अन्तरिम नेता मोहम्मद युनुसले राजीनामा दिएका छन्। मङ्गलवार ढाक...

कास्कीको छुमरुङका मतदानस्थल सडक पहुँचविहीन

कास्की । कास्कीका १५३ मतदानस्थलमध्ये एउटा मतदानस्थल सडक पहुँचविहीन रहेको छ । तीनवटा निर्वाचन क्षेत्र रहेको कास्कीको क्षेत्र नं ३ अन्तर्गत अन्नपूर्ण गा...

पासोमा परेर घाइते भएको चितुवा उपचारका क्रममा मर्‍यो, कर्मचारी घाइते

अर्घाखाँची । मालारानी गाउँपालिकामा पासोमा परी घाइते भएको चितुवा मरेको छ । मालारानी –३ टुनीपोखरीमा स्थानीयले वन्यजन्तुलाई थापेको पासोमा परेर चितुवा घाइ...

टी-२० विश्वकप : आज स्कटल्यान्डसँग भिड्दै नेपाल

काठमाडौं । भारत र श्रीलंकामा जारी आईसीसी टी–२० विश्वकपमा समूह चरणबाट बाहिरिसकेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार स्कटल्यान्डविरुद्ध खेल्दैछ।  ...

भोजपुर विमानस्थल र कारागारको सुरक्षामा नेपाली सेना

भोजपुर । आसन्न निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाली सेनाले भोजपुरको कारागार र विमानस्थल सुरक्षाको जिम्मेवारी सम्हालेको छ । सदरमुक...

उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल, तराईमा कुहिरो

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने...

मुगुमा यस्तो छ चुनावी चहलपहल

मुगु । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लिएर मुगुमा चुनावी चहलपहल बढेको छ । विशेषगरी राजनीतिक दलहरुबिच यहाँ कडा प्रतिस्पर्धा हुने चर्चा छ । यस ...

झापा-१ः ‘आश्वासनको पोको’ मा नफस्ने, हात्तीको कहरबाट जोगाउनेलाई मत

झापा । मेचीनगर-१ तिरिङकी सविता पुरी चुनाव नजिकिए पनि खेतमा पाकेको तोरीबाली भित्र्याउन व्यस्त छिन् । अन्य बाली हात्तीले सखाप पारिदिने भएपछि विकल्पका रू...

म्याग्दीका उम्मेदवारको चुनावी मुद्दा ‘वैकल्पिक सडक’ को व्यवस्था

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीका उम्मेदवारले जिल्लाको पश्चिमी क्षेत्र भएर ढोरपाटन हुँदै पूर्वीरुकुम जोड्ने वैकल्पिक सडक बनाउन...

मतपत्रसहितका निर्वाचन सामग्री निर्वाचन क्षेत्रमा पठाइँदै

सुदूरपश्चिम । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सोमबार कैलालीका लागि मतपत्रसहितका निर्वाचन सामग्री आइपुगेको छ । प्रदेश निर्वाचन कार्यालय कैलालीका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE