झापा । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिले आफूलाई ख्यालख्यालैमा प्रधानमन्त्री घोषणा गरेको टिप्पणी गरेका छन्। उनले बालेन्द्र साहप्रति लक्षित गर्दै बच्चाबच्चीले भनेझैँ आफूलाई प्रधानमन्त्री घोषणा गर्ने प्रवृत्ति देखिएको भन्दै कटाक्ष गरे।
सोमबार झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री पदलाई हल्का रूपमा लिन नहुने बताए। “प्रधानमन्त्रीको क्यान्डिडेट भन्ने मान्छेले बच्चालाई सोध्यो भने ऊ प्रधानमन्त्री पनि भन्छ, राष्ट्रपति पनि भन्छ। तर उसले भनेकै भरमा त त्यो भइहाल्दैन नि,” उनले भने, “मान्छेहरूलाई लाग्छ—ख्यालख्याल जस्तो। तर यस्तो होइन।”
उनले आफूलाई सरकारबाट हटाएपछि देश ड्राइभरबिनाको गाडीझैँ हुने जिकिर गरे। “मलाई सरकारबाट हटाएपछि ड्राइभर विनाको गाडीजस्तो हुन्छ देश। म सरकारमा आउनेबित्तिकै फेरि देश कुद्छ। मैले सरकार छोडेपछि फेरि देश जहाँको त्यही बस्छ,” उनले भने।
अध्यक्ष ओलीले सरकारको नेतृत्वमा रहँदा मुलुकको समृद्धिका लागि अभियान सञ्चालन गरेको दाबी गर्दै आफूले थालेका काम पूरा गर्न पुन: उम्मेदवारी दिएको बताए। देशलाई समृद्ध बनाउन एमालेको विकल्प नभएको उल्लेख गर्दै आसन्न निर्वाचनमा एमालेलाई मतदान गर्न उनले आह्वान गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २९ गते, २०८३ - १३:४९
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला काठमाडौंमा सुरु भएको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा। शशांक कोइरालाको अध्यक्...
श्रावण २९ गते, २०८३ - १३:३२
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन मंसिरअघि नै सम्पन्न गर्नुपर्ने बताएका छन्। उनले प्रतिकूल परिस्थितिका...
श्रावण २९ गते, २०८३ - १२:४४
हुम्ला । हुम्लामा प्रहरीले ५१ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध चिनियाँ मदिरा तथा बियर बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार नाम्खा...
श्रावण २९ गते, २०८३ - १२:१९
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि नेकपा नेता खगराज भट्टले आफूले पाएको जिम्मेवारीसँगै चुनौतीको भारीसमेत महसुस गरेको बताएका छ...
श्रावण २९ गते, २०८३ - ११:५९
स्याङ्जा। स्याङ्जामा अविरल वर्षासँगै आएको बाढीले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले बिहीबार राति ग ११ प ८१८३...
श्रावण २९ गते, २०८३ - ११:२७
काठमाडौं । पत्रकार किशोर श्रेष्ठको पक्राउसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनलाई बरामद गरिएका सामग्रीसहित सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको छ। ...
श्रावण २९ गते, २०८३ - ११:०८
जाजरकोट । जाजरकोटमा लगातारको वर्षापछि तासुघाट खोलामा आएको बाढीले ठूलो क्षति पुर्याएको छ। बाढीले नलगाड नगरपालिका–१० रोलीमा घर तथा टहरा बगाउनुका साथै झ...
श्रावण २९ गते, २०८३ - १०:५३
काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका ३४ वर्षीय सुरेन्द्रप्रसाद खनाल गत असार २६ गते पक्राउ परे । सामाजिक सञ्जा...
श्रावण २८ गते, २०८३ - १७:२९
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँस्थित 'होटल रेडिसन'मा अनुगमन गर्...
श्रावण २८ गते, २०८३ - १७:२३
रोल्पा। रोल्पाको थबाङमा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुर्दा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। दुर्घटनामा परि दुई जना घाइते भएका छन् भने ...



प्रतिकृया लेख्नुहोस्: