Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

स्थानीय स्वायत्तता प्राकृतिक दोहनको लाइसेन्स होइन: आशिका तामाङ

खबरडबली संवाददाता

 
काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट धादिङ–१ की निर्वाचित  सांसद आशिका तामाङले स्थानीय स्वायत्तता प्राकृतिक दोहनको लाइसेन्स नभएको प्रतिक्रिया दिएकी छन् । धादिङका १३ स्थानीय तहले सार्वजनिक गरेको संयुक्त वक्तव्यको शुक्रबार फेसबुकबाट प्रतिवाद गर्दै आशिकाले आफ्नो धारणा पनि दिएकी छन् ।

‘​धादिङका १३ वटै स्थानीय सरकारका प्रमुख–अध्यक्ष ज्यूहरूले हालै जारी गर्नुभएको संयुक्त विज्ञप्तिप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले लेखेकी छन्, ‘विज्ञप्तिमा संविधानको धारा २३२ (१) को हवाला दिँदै सहकारिता र समन्वयको कुरा गरिएको छ ।  तर विडम्बना १ समन्वयको नाममा प्रचलित कानुन र सम्मानित सर्वोच्च अदालतको आदेशलाई भने ठाडो चुनौती दिने काम भएको छ ।’

उनले त्यसपछि संविधान, कर प्रणाली, अदालतको आदेश र वातावरणीय न्यायको हवाला दिँदै चार बुँदामा आफ्नो धारणा दिएकी छन् । पहिलो बुँदामा उनले ‘समन्वय भनेको सेटिङ’ नभएको बताउँदै संविधानको धारा २३२ को मर्म ‘संघीय कानुन मिचेर, वातावरणीय मापदण्ड धज्जी उडाएर र नदीहरूको मुटु निकालेर गरिने दोहनमा आँखा चिम्लनु कदापि होइन’ भनेकी छन् ।

‘स्थानीय स्वायत्तताको अर्थ स्वतन्त्र राज्य होइन, यो त संविधानको दायराभित्र रहेर जनताको सेवा गर्ने अधिकार मात्र हो,’ उनले भनेकी छन् ।

यस्तै दोस्रो बुँदामा करको विषय र तेस्रो बुँदामा आशिकाले सर्वोच्च अदालतको आदेश र २०७७ को मापदण्डलाई लिएकी छन् ।  ‘​यदि मापदण्ड पुग्दैन भने ती सबै अवैध हुन् र तिनलाई संरक्षण दिनु अदालतको मानहानि हो,’ उनले भनेकी छन् ।

‘के कर उठाउन पाउने अधिकार छ भन्दैमा संविधान मिच्न पाइन्छ ? के सम्मानित सर्वोच्च अदालतको आदेशलाई अवहेलना गर्न पाइन्छ ?,’ उनले प्रश्न गरेकी छन्, ‘म खुसी छु कि मेरो विरुद्ध बोल्न र प्रतिवाद गर्न तपाईँ १३ वटै पालिका प्रमुखहरू एकजुट हुनुभएछ । अब तपाईंहरू धादिङलाई विकसित बनाउन र भ्रष्टाचारमुक्त धादिङ बनाउन पनि यसैगरी एकजुट हुनुहोस् ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मोरङका दुई स्थानीय तहमा बर्ड फ्लूको सङ्क्रमण

काठमाडौं  । मोरङका दुई स्थानीय तहमा बर्ड फ्लूको सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमण अन्यत्र फैलन नदिन पशु सेवा विभागले दक्ष टोली परिचा...

ट्याक्टर दुर्घटना हुँदा चालक गम्भीर घाइते

हुम्ला  । शुक्रबार बेलुका सिमकोट गाउँपालिका–६ को ग्वालढुस्कामा सिमकोटतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना भएको छ । सो दुर्घटनामा परि चालक गम्भीर घाइते भ...

प्रदेशसभामा बोल्न नदिएको भन्दै पूर्वमुख्यमन्त्री शर्माको असन्तुष्टि

सुर्खेत । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभामा आफूलाई बोल्ने समय नदिइएको भन्दै आपत्ति जनाएका छन् । उनले प्रदेश सरकारको कार्...

नारायणघाट-बुटवल खण्डमा राति सवारी आवागमनमा रोक

मध्यविन्दु । वर्षाका कारण सडक चिप्लो भएपछि नारायणघाट-बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रमा रातिको समयमा सवारी आवागमन आंशिक रूपमा रोकिने भएको छ । वर्...

युद्धको समयमा ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १ सय भन्दा बढी व्यक्ति पक्राउ

काठमाडाैँ । पश्चिम एसिया युद्धको समयमा गलत सूचना खिचेको र गलत सूचना पोष्ट गरेको आरोपमा एक सय भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको संयुक्त अरब इमिरेट्सको ...

दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य, कतिमा हुन्छ बिक्री ?

चितवन । ह्याचरीबाट उत्पादित कुखुराका चल्लाले दुई वर्षपछि लागत मूल्य पाएका छन् । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेका अनु...

ग्यास आपूर्ति कडाइको असर : भारतबाट नेपाली मजदुर स्वदेश फर्किन थाले

सुदूरपश्चिम। भारतका विभिन्न सहरमा होटल तथा साना व्यवसायमा काम गर्ने नेपाली मजदुरहरू खाना पकाउने ग्यासको अभावपछि स्वदेश फर्किन थालेका छन्। विशेषगरी होट...

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस फुलेर रङ्गिएको छ। समुद्री सतहदेखि दुई हजार ८०० मिटर उचाइमा रहेको घोडेपानी क्ष...

निर्वाचन सम्पन्न भएकोमा चीनको बधाई, द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन सहकार्यको प्रतिबद्धता

काठमाडौं। नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा Chinaले बधाई ज्ञापन गरेको छ। नेपालस्थित चिनियाँ दूतावासले जारी गरेको विज्ञप्तिमा निर्व...

बाजुरामा भारी वर्षा, उच्च लेकाली भेगमा हिमपात

काठमाडौं । लगातारको मौसम बदलीसँगै आज बिहानदेखि बाजुरामा वर्षा हुन थालेको छ । मौसममा आएको परिवर्तनपछि बिहानैदेखि निरन्तर रूपमा वर्षा भइरहेको छ । वर्षास...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: