गएराति भएको भेटवार्तामा संस्थापन पक्षका तर्फबाट नेता लेखकले केही प्रस्ताव अघि सारेका थिए। तर ती प्रस्तावहरू महामन्त्री थापाले अस्वीकार गरेको संस्थापन इतर पक्षका नेताहरूले बताएका छन्। प्रस्तावको विषयवस्तु सार्वजनिक नगरिए पनि छलफल निर्णायक बन्न नसकेको स्पष्ट देखिएको छ। यसले कांग्रेसभित्रको ध्रुवीकरण झनै गहिरिँदै गएको संकेत दिएको छ।
कांग्रेसभित्र अहिले सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मासहितको विशेष महाधिवेशन पक्षबीच तीव्र टकराव देखिएको छ। एकातिर संस्थापन पक्ष नियमित १५औँ महाधिवेशनमार्फत अघि बढ्नुपर्ने अडानमा छ भने अर्कोतर्फ असन्तुष्ट पक्षले पार्टीको वैधानिकता जोगाउन विशेष महाधिवेशन अपरिहार्य भएको दाबी गर्दै आएको छ।
यसै सन्दर्भमा कांग्रेसका २ हजार ४८८ महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गर्दै विशेष महाधिवेशनको माग गरेका छन्। विधानअनुसार माग भएको तीन महिनाभित्र विशेष महाधिवेशन नबोलाइएको भन्दै उनीहरूले पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन गर्ने तयारी अघि बढाएका छन्। सो कदमलाई महामन्त्रीद्वय थापा र शर्माले खुलेर समर्थन जनाएका छन्।
तर कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले भने नियमित महाधिवेशनको प्रक्रिया सुरु भइसकेकाले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको निष्कर्ष निकालेको छ। समितिले पार्टी विधानको व्याख्यामा असन्तुष्ट पक्षले गलत बाटो रोजेको आरोप लगाउँदै यसले पार्टीलाई विभाजनतर्फ लैजान सक्ने चेतावनी समेत दिएको छ।
पार्टी नेतृत्वबीच संवाद भए पनि सहमति नजुट्नु, समानान्तर महाधिवेशनको तयारी अघि बढ्नु र सार्वजनिक रूपमा एक–अर्काविरुद्ध आरोप–प्रत्यारोप हुनुले कांग्रेसको आन्तरिक संकट चरम अवस्थामा पुगेको देखिन्छ। राजनीतिक विश्लेषकहरूका अनुसार समयमै सहमति नजुटे कांग्रेस औपचारिक रूपमा विभाजनको जोखिममा पुग्न सक्छ।
अब पुस २७ र २८ गते तय गरिएको विशेष महाधिवेशन र संस्थापन पक्षको आगामी रणनीतिले कांग्रेसको भविष्य कुन दिशातर्फ जाने हो भन्ने निर्णायक संकेत दिने देखिन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २६ गते, २०८२ - २०:५४
डडेलधुरा । डडेलधुराको परशुराम नगरपालिकामा माेटरसाइकल र ट्याक्टर ठोकिँदा २ जना युवकको मृत्यु भएको छ। दुर्घटनामा परी परशुराम नगरपालिका–१२ का २७ वर्षीय न...
पौष २६ गते, २०८२ - २०:५१
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको समर्थनमा हुन लागेको दोस्रो विशेष महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको ...
पौष २६ गते, २०८२ - २०:४७
सप्तरी । पूर्व सांसद एवं राज्यमन्त्री चन्द्रकान्त चौधरीको आज निधन भएको छ । उनको सप्तरीको डाक्नेश्वरी नगरपालिका-५ स्थित निजी निवासमा निधन भएको पारिवारि...
पौष २६ गते, २०८२ - २०:४५
काठमाडौं । पहिलो जनआन्दोलनपछि २०४८ सालमा सम्पन्न आमनिर्वाचनले नेपाली कांग्रेसलाई सत्ताको केन्द्रमा पुर्यायो । ११० सिटसहित कांग्रेस संसद्को सबैभन्दा ठ...
पौष २६ गते, २०८२ - २०:३५
गोपनीयतामाथि गम्भीर हमला’ भन्दै निर्वाचन आयोगलाई डिजिटल अधिकारकर्मीको चेतावनी
पौष २६ गते, २०८२ - १९:०९
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले तोकिएकै मितिमा प्रतिनिधिसभा निर्वाचन हुनैपर्ने स्पष्ट धारणा व्यक्त गरेक...
पौष २६ गते, २०८२ - १८:४५
काठमाडौँ । नेपाली कांग्रेसभित्र जारी आन्तरिक विवादका बीच आइतबारदेखि सुरु हुने दोस्रो विशेष महाधिवेशन आयोजक समितिले आफूहरूको पक्षमा स्पष्ट बहुमत रहेको ...
पौष २६ गते, २०८२ - १८:४३
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमका जनताले अवसरवादी र पलायनवादी राजनीतिलाई अस्वीकार गरेको टिप्पणी गरेका छन...
पौष २६ गते, २०८२ - १८:३८
काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेका छन्। उज्यालोघरमा बसेको केन्द्रीय कमिटीको बैठकले कुलमानलाई अध्यक्ष बनाउने निर्णय...
पौष २६ गते, २०८२ - १८:३६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफू पूर्वी रूकुमबाट उम्मेदवार बन्ने करिब निश्चित...




प्रतिकृया लेख्नुहोस्: