Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

फुटको संघारमा कांग्रेस, रमेश–गगनबीच पनि जुटेन सहमति

खबरडबली संवाददाता

काठमाडाैं । नेपाली कांग्रेसभित्र चुलिँदै गएको आन्तरिक विवाद समाधान गर्ने प्रयास असफल देखिएको छ। पार्टी महामन्त्री गगन थापा र संस्थापन पक्षका प्रभावशाली नेता रमेश लेखकबीच भएको पछिल्लो भेटवार्ताबाट पनि कुनै सहमति ननिस्किएपछि कांग्रेस फुटको संघारमा पुगेको विश्लेषण हुन थालेको छ।

गएराति भएको भेटवार्तामा संस्थापन पक्षका तर्फबाट नेता लेखकले केही प्रस्ताव अघि सारेका थिए। तर ती प्रस्तावहरू महामन्त्री थापाले अस्वीकार गरेको संस्थापन इतर पक्षका नेताहरूले बताएका छन्। प्रस्तावको विषयवस्तु सार्वजनिक नगरिए पनि छलफल निर्णायक बन्न नसकेको स्पष्ट देखिएको छ। यसले कांग्रेसभित्रको ध्रुवीकरण झनै गहिरिँदै गएको संकेत दिएको छ।

कांग्रेसभित्र अहिले सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मासहितको विशेष महाधिवेशन पक्षबीच तीव्र टकराव देखिएको छ। एकातिर संस्थापन पक्ष नियमित १५औँ महाधिवेशनमार्फत अघि बढ्नुपर्ने अडानमा छ भने अर्कोतर्फ असन्तुष्ट पक्षले पार्टीको वैधानिकता जोगाउन विशेष महाधिवेशन अपरिहार्य भएको दाबी गर्दै आएको छ।

यसै सन्दर्भमा कांग्रेसका २ हजार ४८८ महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गर्दै विशेष महाधिवेशनको माग गरेका छन्। विधानअनुसार माग भएको तीन महिनाभित्र विशेष महाधिवेशन नबोलाइएको भन्दै उनीहरूले पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन गर्ने तयारी अघि बढाएका छन्। सो कदमलाई महामन्त्रीद्वय थापा र शर्माले खुलेर समर्थन जनाएका छन्।

तर कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले भने नियमित महाधिवेशनको प्रक्रिया सुरु भइसकेकाले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको निष्कर्ष निकालेको छ। समितिले पार्टी विधानको व्याख्यामा असन्तुष्ट पक्षले गलत बाटो रोजेको आरोप लगाउँदै यसले पार्टीलाई विभाजनतर्फ लैजान सक्ने चेतावनी समेत दिएको छ।

पार्टी नेतृत्वबीच संवाद भए पनि सहमति नजुट्नु, समानान्तर महाधिवेशनको तयारी अघि बढ्नु र सार्वजनिक रूपमा एक–अर्काविरुद्ध आरोप–प्रत्यारोप हुनुले कांग्रेसको आन्तरिक संकट चरम अवस्थामा पुगेको देखिन्छ। राजनीतिक विश्लेषकहरूका अनुसार समयमै सहमति नजुटे कांग्रेस औपचारिक रूपमा विभाजनको जोखिममा पुग्न सक्छ।

अब पुस २७ र २८ गते तय गरिएको विशेष महाधिवेशन र संस्थापन पक्षको आगामी रणनीतिले कांग्रेसको भविष्य कुन दिशातर्फ जाने हो भन्ने निर्णायक संकेत दिने देखिन्छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्थानीय स्वायत्तता प्राकृतिक दोहनको लाइसेन्स होइन: आशिका तामाङ

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट धादिङ–१ की निर्वाचित  सांसद आशिका तामाङले स्थानीय स्वायत्तता प्राकृतिक दोहनको लाइसेन्स नभएको प्रतिक्रिया द...

प्रमाणपत्र हातमा, आँखामा शहीद छोराको तस्बिर

काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्...

बुबा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...

२८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ

काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...

प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रति मतदाता सरदर २८४ रुपैयाँ खर्च

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...

रास्वपाका शीर्षस्थ नेताहरू छलफलमा

काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।  उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...

सरकार गठनको बाटो खुला, के–के छन् अबका संवैधानिक प्रक्रिया?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...

प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...

अत्यधिक रक्तश्रावबाट पीडित सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...

जुवातास खेलिरहेको अवस्थामा सर्लाही र दाङबाट १८ जना पक्राउ

काठमाडौं  । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: