काठमाडौँ । नेपालमा पछिल्लो समयमा तापक्रम घट्दो क्रममा रहँदा आज काठमाडौंको न्यूनतम तापक्रम २.४ डिग्री सेल्सियसमा झरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यो यस वर्षको काठमाडौंमा सबैभन्दा कम तापक्रम हो।
मौसमविद् विनु महर्जनका अनुसार पुस लागेपछि देशभरको तापक्रम क्रमिक रूपमा घट्दै गएको छ र यसबेला चिसो बढ्ने क्रम जारी रहन्छ। “यस समयमा चिसोबाट जोगिन विशेष सतर्कता अपनाउन आवश्यक छ,” उनले भने।
हेराै गत केही दिनको तापक्रम
पुस ८: ४.९ डिग्री
पुस १५: ४.८ डिग्री
पुस १७: ४.६ डिग्री
पुस १९: ४.५ डिग्री
पुस २३, २४: ३ डिग्री
आज: २.४ डिग्री
देशभर अन्य जिल्लामा पनि न्यूनतम तापक्रम घटेको छ। आज जुम्लामा माइनस ७.७ डिग्री, जोमसोम माइनस ५ डिग्री, दोलखाको जिरी माइनस २.१ डिग्री, डडेलधुरा १.५ डिग्री, दिपायल १.४ डिग्री, वीरेन्द्रनगर २.५ डिग्री, ताप्लेजुङ ३.९ डिग्री र लुम्ले ३.६ डिग्री रहेको छ।
मौसम विभागका अनुसार देशभर पश्चिमी वायु र दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
आज साँझ जारी बुलेटिनअनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी पहाडी र हिमाली भूभागमा मौसम सफा रहनेछ। तराई भूभागमा हुस्सु/कुहिरोका कारण बिहानको जनजीवन, यातायात र स्वास्थ्यमा असर पर्न सक्ने भएकाले सावधानी अपनाउन मौसम विभागले अनुरोध गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २६ गते, २०८२ - १०:१०
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउने उद्देश्यसहित निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने अन्तिम तयारी ...
पौष २६ गते, २०८२ - १०:०३
भैरहवा। रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगिता अन्तर्गतको एकदिवसीय सिरिजमा रुपन्देही–११ ले उत्कृष्ट...
पौष २६ गते, २०८२ - ०९:५८
काठमाडौं । कम्पनीको आधिकारिक कागजात दुरूपयोग गर्दै डिजिटल भुक्तानी प्रणाली ‘ई–सेवा’ प्रयोग गरी अवैध रूपमा करोडौँ रुपैयाँको कारोबार गरेको आरोपमा प्रहरी...
पौष २६ गते, २०८२ - ०९:५२
काठमाडौं । लोकतन्त्रको आधार मानिने निर्वाचन प्रणाली आफैँ एउटा गम्भीर विरोधाभासको सिकार बनेको छ। नेपालमा यस्तो अवस्था छ, जहाँ नागरिकले चुनाव लड्न पाउँछ...
पौष २६ गते, २०८२ - ०९:४४
काठमाडौं। नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति तथा पूर्वमन्त्री होमनाथ दाहालको गए राति निधन भएको छ। केही ...
पौष २६ गते, २०८२ - ०९:३८
काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र चुलिँदै गएको आन्तरिक विवाद र विशेष महाधिवेशनसम्बन्धी उत्पन्न परिस्थितिबारे छलफल गर्न केन्द्रीय कार्यसमित...
पौष २६ गते, २०८२ - ०९:३४
काठमाडाैं । नेपाली कांग्रेसभित्र चुलिँदै गएको आन्तरिक विवाद समाधान गर्ने प्रयास असफल देखिएको छ। पार्टी महामन्त्री गगन थापा र संस्थापन पक्षका प्रभावशाल...
पौष २६ गते, २०८२ - ०९:१९
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्र...
पौष २६ गते, २०८२ - ०९:१९
काठमाडौं । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । ह...
पौष २५ गते, २०८२ - २०:३७
झापा । झापाको दमक नगरपालिका–९ स्थित स्वस्तिक थुप्पा उद्योग र नजिकैको एक घरमा आगलागी हुँदा करिब रु १ करोड ३० लाख बराबरको क्षति भएको छ। जिल्ला प्रहर...




प्रतिकृया लेख्नुहोस्: