सुनसरी । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई (साम्पाङ)ले देशको विकास र समृद्धिका लागि श्रमदान अनिवार्य रहेको बताएका छन्।
आज इटहरी उपमहानगरपालिका–५ मा आयोजित पार्टीको सङ्गठन विस्तार कार्यक्रममा अध्यक्ष राईले लोकतन्त्र, राष्ट्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सबै नागरिक सचेत र एकजुट हुनुपर्नेमा जोड दिए। उनले भने, “श्रम, माटो र जनताको प्रत्यक्ष सहभागिताबाट मात्र देशको निरन्तर विकास र समृद्धि सम्भव हुन्छ।”
अध्यक्ष राईले देशको समृद्धि एकता र सहकार्यबाट हासिल हुने धारणा राख्दै भने, “जलेर खरानी भएको हाम्रो देश सबै मिलेर पुनःस्थापना गर्नुपर्छ। भावनामा बहकिएर होइन, देश र जनताको हितमा काम गर्ने र देश बनाउनेलाई आगामी निर्वाचनमा भोट दिनुहोस्।”
उनले आगामी फागुनमा हुने निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउन सरोकार भएका निकायले विशेष योजनासहित आवश्यक समन्वय गर्नुपर्नेमा पनि जोड दिए। राईले चेतावनी दिंदै भने, “निर्वाचन नहुँदा देशको लोकतन्त्र अपहरणमा पर्छ। लोकतान्त्रिक व्यवस्थाको मूल आधार आवधिक निर्वाचन भएकाले सबैले स्वस्थ सहभागिता जनाउनुपर्छ।”
अध्यक्ष राईले थपे, “भ्रष्टाचार, परम्परागत राजनीति र विदेशी प्रभावप्रति सचेत रहनु आवश्यक छ। देश विकासका लागि कलमले मात्र होइन, गैँटी र बेल्चा चलाएर पनि योगदान दिनुपर्छ। म व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक हितका लागि काम गर्छु।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ६ गते, २०८२ - १९:५१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट धादिङ–१ की निर्वाचित सांसद आशिका तामाङले स्थानीय स्वायत्तता प्राकृतिक दोहनको लाइसेन्स नभएको प्रतिक्रिया द...
चैत्र ५ गते, २०८२ - २१:१९
काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्...
चैत्र ५ गते, २०८२ - १९:५३
काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...
चैत्र ५ गते, २०८२ - १९:५१
काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...
चैत्र ५ गते, २०८२ - १९:४७
काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...
चैत्र ५ गते, २०८२ - १९:१०
काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...
चैत्र ५ गते, २०८२ - १९:०६
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...
चैत्र ५ गते, २०८२ - १८:५८
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...
चैत्र ४ गते, २०८२ - २१:२२
सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...
चैत्र ४ गते, २०८२ - २१:१७
काठमाडौं । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...


प्रतिकृया लेख्नुहोस्: