Khabar Dabali २६ पुष २०८२ शनिबार | 10th January, 2026 Sat
Investment bank

चुनावअघि म्यादी प्रहरीको आवेदन खुल्यो, काठमाडौंमा लामो लाइन

खबरडबली संवाददाता

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी (निर्वाचन) प्रहरी भर्ना खुलाएसँगै आवेदन प्रक्रिया शुक्रबारदेखि सुरु भएको छ। आवेदन खुलाएकै दिनै काठमाडौंको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा आवेदकहरूको लामो लाइन देखिएको छ।

बिहानैदेखि विभिन्न उमेर समूहका युवायुवतीहरू फारम भर्न पुगेका छन्। अधिकांशले ४० दिनको अवधिमा केही आम्दानीको साथै चुनावी अनुभव प्राप्त गर्ने आशा लिएर आवेदन दिएको बताएका छन्। कतिपयले देशको बेरोजगारी समस्या पनि जोड्दै यो छोटो अवधिको रोजगारीले राहत मिल्ने धारणा राखेका छन्।

स्वयम्भुका दिपक पुन मगरले आफ्नो क्याफे व्यवसाय हुँदाहुँदै पनि अनुभव र अतिरिक्त आम्दानीको लागि आवेदन दिएको बताए। खोटाङ घर भई सिनामंगल बस्ने विकास बोगटीले विदेश अध्ययनअघि बेरोजगारीका कारण यो अवसर रोजेको बताए। इलाम घर भई गोकर्णेश्वर बस्ने नरबहादुर योङहाङ लिम्बु छैटौं पटक म्यादी प्रहरीमा आवेदन दिएका हुन् र उनले यसलाई राष्ट्रिय सेवा र शारीरिक व्यायामको अवसरका रूपमा हेरेका छन्।

बालाजुका दिपक देवकोटा र कपनकी अम्बिका खतिवडाजस्ता आवेदकहरूले पनि देशसेवा र प्रहरी अनुभवका लागि आवेदन दिएको बताएका छन्। उनीहरूले यो छोटो अवधिको रोजगारीले बेरोजगारी केही हदसम्म सम्बोधन गर्न सक्ने तर दिगो रोजगारी आवश्यक रहेको बताएका छन्।

नेपाल प्रहरीका अनुसार १८ देखि ६० वर्षसम्मका विभिन्न उमेरका आवेदकहरूले आवेदन दिएका छन् र आवेदन प्रक्रिया जारी रहनेछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन ५४ दिन बाँकी : माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउने उद्देश्यसहित निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने अन्तिम तयारी ...

भैरहवामा रुपन्देही–११ को दबदबा कायम, आर्मी ‘ए’ विरुद्ध एकदिवसीय सिरिज कब्जा

भैरहवा। रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगिता अन्तर्गतको एकदिवसीय सिरिजमा रुपन्देही–११ ले उत्कृष्ट...

ई–सेवामार्फत अवैध कारोबार : कम्पनीको प्यान दुरूपयोग गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । कम्पनीको आधिकारिक कागजात दुरूपयोग गर्दै डिजिटल भुक्तानी प्रणाली ‘ई–सेवा’ प्रयोग गरी अवैध रूपमा करोडौँ रुपैयाँको कारोबार गरेको आरोपमा प्रहरी...

कानुनकै पासोमा लोकतन्त्रः जितपछि निलम्बन हुने चुनावी प्रणालीको दोहोरो मापदण्ड

काठमाडौं । लोकतन्त्रको आधार मानिने निर्वाचन प्रणाली आफैँ एउटा गम्भीर विरोधाभासको सिकार बनेको छ। नेपालमा यस्तो अवस्था छ, जहाँ नागरिकले चुनाव लड्न पाउँछ...

नेपाल पत्रकार महासंघका पूर्वसभापति तथा पूर्वमन्त्री दाहालको निधन

काठमाडौं। नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति तथा पूर्वमन्त्री होमनाथ दाहालको गए राति निधन भएको छ। केही ...

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज, विशेष महाधिवेशन र आन्तरिक संकट मुख्य एजेन्डा

  काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र चुलिँदै गएको आन्तरिक विवाद र विशेष महाधिवेशनसम्बन्धी उत्पन्न परिस्थितिबारे छलफल गर्न केन्द्रीय कार्यसमित...

फुटको संघारमा कांग्रेस, रमेश–गगनबीच पनि जुटेन सहमति

काठमाडाैं । नेपाली कांग्रेसभित्र चुलिँदै गएको आन्तरिक विवाद समाधान गर्ने प्रयास असफल देखिएको छ। पार्टी महामन्त्री गगन थापा र संस्थापन पक्षका प्रभावशाल...

आज कति छ कालीमाटीमा तरकारी तथा फलफूलको मूल्य ?

काठमाडौं  । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्र...

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु

काठमाडौं । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । ह...

झापामा उद्योग र घरमा आगलागी, १ करोड ३० लाखको क्षति

झापा  । झापाको दमक नगरपालिका–९ स्थित स्वस्तिक थुप्पा उद्योग र नजिकैको एक घरमा आगलागी हुँदा करिब रु १ करोड ३० लाख बराबरको क्षति भएको छ। जिल्ला प्रहर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending