धनगढी। कमलरी मुक्ति भएको १२ वर्ष पुगे पनि अझैसम्म तीन हजारभन्दा बढी मुक्त कमलरीले परिचयपत्र पाएका छैनन् ।
तथ्याङ्क अद्यावधिक नभएको र पुनस्र्थापनासम्बन्धी कार्यविधि नबनेका कारणले छुट मुक्त कमलरीले अझैसम्म परिचयपत्र पाउन नसकेका हुन् । मुक्त कमलरी विकास मञ्चका अनुसार तीन हजार २७९ मुक्त कमलरी छुट भएका छन् ।
कैलाली, कञ्चनपुर, बर्दिया, बाँके र दाङ गरी पाँच जिल्लामा १२ हजार ७६९ जना मुक्त कमलरी रहेका मञ्चले जनाएको छ । जसमध्ये नौ हजार ४९० जनाको तथ्याङ्क सरकारले अद्यावधिक गरेको छ । आर्थिक वर्ष २०८०–८१ को तथ्याङ्कअनुसार हालसम्म २६ जना मुक्त कमलरी चारवटा होस्टेलमा बसेको जनाइएको छ ।
त्यस्तै, कैलालीका तीन, बर्दिया र दाङका दुई–दुई जना गरी सात जना मुक्त कमलरीको मालिकको घरमा मृत्यु भएको मञ्चले जानकारी दिएको छ । त्यस्तै, मालिकद्वारा १३ जना कमलरीमाथि बलात्कार भएको जनाइएको छ । हाल कैलालीमा ४२ र लुम्बिनी प्रदेशमा ८५ जना मुक्त कमलरीले स्नातक तथा स्नातकोत्तर अध्ययन गरिरहेका मञ्चका निवर्तमान अध्यक्ष हिरा चौधरीले जानकारी दिए।
मुक्त कमलरीले देशव्यापी आन्दोलन थालेपछि सरकारले २०७० असार १३ गते १० बुँदे सम्झौता गर्दै कमलरी मुक्तिको घोषणा गरेको थियो । सरकार र मुक्त कमलरीबिच भएको १० बुँदे सहमति कार्यान्वयन नहुँदा मुक्तिको १२ वर्षसम्म पनि मुक्त धेरै मुक्त कमलरीले परिचयपत्र पाउन सकेका छैनन् ।
हालसम्म कार्यविधि नबन्नू, विवाहपछि मुक्त कमलरीको आफै पुनस्र्थापना हुन्छ भन्ने पितृसत्तात्मक सोंच, मुक्त कमैयाको पुनस्र्थापना भए मुक्त कमलरीको स्व:त पुनस्र्थापना हुन्छ भन्ने भनाइजस्ता कारणले मुक्त कमलरीको पुनस्र्थापनाको सवालमा ठोस काम हुन नसकेको सरोकारवालाको भनाइ छ ।
आफूहरुको पुनस्र्थापना लगायत थुप्रै सवाल रहेको उल्लेख गर्दै मुक्त कमलरी विकास मञ्च कञ्चनपुरका अध्यक्ष सीता डङ्गौराले नर्देशिका संशोधन र कार्यविधि चाँडै पास गरेर मुक्त कमलरीले पाउनु पर्ने सेवा सुविधा राज्यले चाँडै दिन आवश्यक रहेको उल्लेख गरे । उनले मुक्तिको १२ वर्ष हुँदासम्म परिचयपत्रसमेत पाउन नसकिएको गुनासो गरे।
स्थानीय तहलाई ठोस निर्देशन नआउँदा मुक्त कमलरी पुनस्र्थापनामा अन्योल देखिएको मुक्त कमैया समाजका केन्द्रीय अध्यक्ष पशुपती चौधरीले बताए । “संघीय सरकार मातहत रहेका कार्यालयहरुले स्थानीय तहमा डकुमेन्ट पठाइ दिएनन्” उनले भने, “अर्थ मन्त्रालयले स्वीकृति नदिँदा संघीय सरकारले पनि कार्यविधि पास गरेन ।”
सुदूरपश्चिम प्रदेश सरकारले कार्यविधि बनाइ सके पनि सम्बन्धित स्थानीय तहहरुले कार्यविधि नबनाउँदासम्म मुक्त कमलरीको सवाल सम्बोधन हुन नसक्ने अध्यक्ष चौधरीको भनाइ छ ।
भूमि सुधार तथा मालपोत कार्यालयका प्रमुख प्रेम दौल्यालले सङ्घको कार्यविधि पास नहुँदासम्म नयाँलाई परिचयपत्र दिन नसकिने उल्लेख गरे। उनले सुदूरपश्चिम प्रदेशको हकमा प्रदेश सरकारले बनाएको कार्यविधिअनुसार अगाडि बढ्ने बताए।
राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चका अध्यक्ष सुनी लामाले मुक्तिको रुपमात्रै परिवर्तन भएको तर मुक्त कमलरीको अवस्था परिवर्तन नभएको बताए । उनले काउनडाउन सुरु गरेर अगाडि बढ्न मुक्त कमलरीलाई आग्रह गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २० गते, २०८२ - १९:१५
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महा...
फाल्गुन २० गते, २०८२ - १९:१०
इलाम। निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने जनाएको छ । २१ गते हुुने प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, भयरहित र निष्...
फाल्गुन २० गते, २०८२ - १७:०६
काठमाडौँ । निर्वाचन नजिकिँदै जाँदा विगतमा भएका मतपत्र च्यातिने घटनाहरू पुन: चर्चामा आउने गरेका छन्। यस्ता घटनाले देशव्यापी बहस जन्माएसँगै निर्वाचन आयो...
फाल्गुन २० गते, २०८२ - १७:०१
काठमाडौँ । निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना सुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने ...
फाल्गुन २० गते, २०८२ - १६:५६
दमक। झापा क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ । बिहीबार हुने निर्वाचनलाई ध्यान...
फाल्गुन २० गते, २०८२ - १६:५३
नेपालगन्ज । फागुन २१ गते विहिबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनकालागि बाँके निर्वाचन क्षेत्र नम्बर २ को मतगणना तयारी पूरा गरिएको छ । मतगणनाका लागि ...
फाल्गुन २० गते, २०८२ - १६:२९
काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आम...
फाल्गुन २० गते, २०८२ - १६:२३
काठमाडौं । निर्वाचनको मौन अवधिमा उम्मेदवारका तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा टिकटकर रतन कार्कीमाथि प्रहरीले सोधपुछ गरेको छ। जिल्ला प...
फाल्गुन २० गते, २०८२ - १५:४६
काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद् को बैठक सुरु भएको छ। प्रधानमन्त्री सुशीला कार्की ले बुधबार दिउँसो ३ बजे परिषद्को बैठक बोलाएकी थिइन्। केहीबेरदेख...
फाल्गुन २० गते, २०८२ - १५:४०
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का दौरान देशभरका मतदान केन्द्रमा खटिएका ११ जना निर्वाचन प्रहरी र एक सहायक निरीक्षकको विभिन्न दुर्घटना र ...



प्रतिकृया लेख्नुहोस्: