कैलाली। सुदूरपश्चिम प्रदेशमा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या बढी रहेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदेशमा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या बढी रहेको हो ।
निर्वाचन आयोगले अद्यावधिक गरेको मतदातामध्ये महिलाको सङ्ख्या ८ लाख ६४ हजार ४२३ महिला र पुरुषको सङ्ख्या ८ लाख ५२ हजार २१९ रहेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले जानकारीले जानकारी दिनु भयो । त्यस्तै, १८ जना अन्य मतदाता रहेका छन् । पुरुषभन्दा महिलाको सङ्ख्या १२ हजार ४०२ ले बढी रहेको छ ।
प्रतिनिधिसभा निर्वाचनका लागि प्रदेशमा १७ लाख १६ हजार छ सय ६० मतदाता कायम भएका छन् । विसं २०७९ सालको निर्वाचनमा १६ लाख ६९ हजार ४११ मतदाता रहेका थिए । हाल प्रदेशमा ४७ हजार २४९ मतदाता थपिएका प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि निर्वाचन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कैलालीमा पाँच लाख ५१ हजार ५२, कञ्चनपुरमा तीन लाख १४ हजार ३८५, बैतडीमा एक लाख ५६ हजार ३७२ र दार्चुलामा ९२ हजार ९४८ मतदाता रहेका छन् ।
यस्तै, डडेलधुरामा ९३ हजार ४०३, बझाङमा एक लाख २६ हजार ९०३, अछाममा एक लाख ६५ हजार ३३७, डोटीमा एक लाख २८ हजार ३९९ र बाजुरामा ८६ हजार ९६१ रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
प्रदेशभरि १ हजार १७६ मतदानस्थल र २ हजार १९९ मतदान केन्द्र कायम रहेको जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २१ गते, २०८२ - १८:०८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूचीबाट मिलन लिम्बूले आफ्नो ना...
पौष २१ गते, २०८२ - १७:५३
काठमाडौं । भक्तपुरको मध्यपुर ठिमीमा एक व्यक्तिको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता प्रकाश जबेगुका अनुसार आफ्नै कन्चटमा ...
पौष २१ गते, २०८२ - १६:३२
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइसिसी टी–२० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताएको छन् । राष्ट्रपति भवन शीतल नि...
पौष २१ गते, २०८२ - १६:१७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बृहत् राजनीतिक समायोजनको घोषणा सभा आयोजना गरेको छ। नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्वहरू, थरुहट...
पौष २१ गते, २०८२ - १५:५७
न्युयोर्क । इजरायलको चलिरहेको सैन्य कारबाहीको परिणाम स्वरूप १२ हजार भन्दा बढी प्यालेस्टिनी बालबालिका वेस्ट ब्याङ्कमा “जबरजस्ती विस्थापन”को अवस्थामा बा...
पौष २१ गते, २०८२ - १५:४०
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ। बैठकमा वर्तमान समसा...
पौष २१ गते, २०८२ - १५:३१
सप्तरी। छिन्नमस्ता गाउँपालिका ५ लोखरमका विपन्न दलित परिवारहरूलाई जिल्ला प्रशासन कार्यालय सप्तरीले सोमबार १ सय ५० परिवारलाई कम्बल वितरण गरेको छ । यस...
पौष २१ गते, २०८२ - १५:२१
काठमाडौं। नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदुत डिन आर थम्पसनले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेटवार्ता गरेको छिन् । ...
पौष २१ गते, २०८२ - १५:१०
पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार दिउँसो १ बजेदेखि वीरगञ्ज महानगरका विभिन्न संवेदनशील क्षेत्रमा निषेधाज्ञा लागू गरेलगत्तै प्रहरी र हिन्दु...
पौष २१ गते, २०८२ - १५:०१
भेनेजुएला। क्युबाली सरकारले भेनेजुएलामा अमेरिकी सैन्य कारवाहीमा ३२ जना आफ्नो सेना र प्रहरी अधिकारीको मृत्यु भएको पहिलो पटक आधिकारिक रूपमा पुष्टि गरेको...




प्रतिकृया लेख्नुहोस्: