Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा

खबरडबली संवाददाता

बागलुङ । घर छेउका बारीमा लहरै राखिएका मौरीका घार । घारमा भुनभुनाइरहने मौरीसँगै लोकबहादुरको दिनको सुरुआत हुन्छ र मौरीकै रेखदेखमा दिन बित्छ ।

बागलुङको बडिगाड गाउँपालिका–७ गावाका लोकबहादुर केसीले करिब छ वर्ष मलेसियामा बिताएका थिए । त्यहाँ दुःख बढी र सोचेअनुसार कमाई नभएपछि उनी गाउँ फर्किए । त्यसपछि गाउँमै सुरु गर्नुभयो, मौरिपालन व्यवसाय । अचेल विदेशको दुःख बिर्सेर आफ्नै पाखापखेरामा मौरीसँगै रमाइरहेको उनले सुनाए ।

केसी बिहान उठेदेखि साँझसम्म मौरीका घार सफा गर्ने, हूल छुटेर भागेका मौरीलाई पुनः घारमा ल्याउने र बिरामी भए–नभएको हेरचाह गर्नमा व्यस्त छन्। एउटा घारबाट सुरु गरेको मौरीपालन हाल ६५ घारमा पुर्याएका छन् । ३७ वर्षीय केसीका दौँतरी कोही पनि गाउँमा भेटिँदैनन् । कोही जापान, कोही कतार त कोही मलेसियामा छन् । केसीले गाउँमै बसेर हाल परदेशमा भएका साथीभाइले जत्तिकै कमाई गर्न गाह्रो नभएको बताए ।

उनले विसं २०७६ मा एउटा घारबाट सुरु व्यवसाय सुरु गरेका थिए । केसीलाई सुरुमा स्थानीय बडिगाड गाउँपालिकाले रु आठ हजारको मौरीघार उपलब्ध गराएको थियो । त्यसपछि थप्दै थप्दै आफूले रु १२ लाखभन्दा बढी लगानी गरिसकेको उनले जानकारी दिए ।

केसीले भने, “देश, विदेश देखियो, जहाँ गएर पनि पैसा कमाउन दुःख गर्नुपर्ने रहेछ । मैले छ वर्ष मलेसियामा काम गरेँ, अहिले त्यहाँ श्रम खर्चेकोमा पछुताएको छु, त्यो समय यहीँ केही गरेको भए धेरै प्रगति भइसक्थ्यो । विदेशले पनि केही कुरा त सिकायो नै, अब गाउँमै केही गर्छु, भन्ने सोच छ । मौरीपालन पनि राम्रो हुँदै गएको छ, अझै बढाउने योजनामा छु ।”

केसीले वार्षिक रु २२ लाखको मह र मौरीघार बिक्री गर्दै आएको बताए । एउटा घार रु १० हजार र प्रतिकिलो मह रु एक हजारमा बिक्री हुने गरेको र महको बजार राम्रो हुँदा मागअनुसार पुर्याउन नसकिएको उनको भनाइ छ ।

केसीले उत्पादन गरेको मह हाल बागलुङ, कुश्मा, पोखरा, रुकुम, जाजरकोटलगायत स्थानमा पुग्ने गरेको छ । नेपालसँगै अमेरिका, साउदी, कतार र जापानसम्म आफूले मह निर्यात गर्ने गरेको उनले बताए । 

“गाउँमा धेरै सम्भावना छन्, ती सम्भावनालाई हामीले सदुपयोग गर्न सकियो भने आत्मनिर्भर बन्न सकिन्छ । म पनि विभिन्न कारणले विदेश गएको थिएँ, तर त्यहाँ गएपछि बल्ल गाउँठाउँको महत्व बुझेँ”, केसीले भने, “अहिले जे गरिरहेको छु, त्यो पहिलेदेखि नै गर्नुपथ्र्यो, विदेश जानुभन्दा यही लगानी गरेर उद्यम गर्न सकियो भने स्वाभिमानका साथ बस्न सकिँदो रहेछ भन्ने बुझेँ, अरु युवाले पनि बुझ्नुपर्छ भन्ने लागिरहेको छ ।”

हाल उनले यही व्यवसायबाट १४ जनाको परिवार धान्दै आएका छन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेको समानुपातिकमा उपाध्यक्ष बादल र केन्द्रीय सदस्यमा हारेका गुरु बराल पहिलो नम्बरमा (११० जनाको सूचीसहित)

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची सार्वजनिक भएको छ।  ...

सुर्खेतमा गोली लागेर एकको मृत्यु, भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत । जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुधीकुमार खड्काका अनुसार पुस १३ गत...

आज १३औँ राष्ट्रिय पोसाक एवम् टोपी दिवस

काठमाडौँ । विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवम् टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो प...

के कांग्रेस-एमाले चुनावी गठबन्धन हुँदै छ ?

काठमाडौँ । वैकल्पिक राजनीतिका प्रमुख तीन समूह रास्वपा, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीबीच एकता भएपछि पुराना दुई दल क...

आगो ताप्दा थाहै नपाई कपडाबाट सल्किन सक्छ, ध्यान दिनुस्

काठमाडौँ । जाडोबाट जोगिन नागरिक दाउरा वा घुर बालेर आगो ताप्ने बढेका छन् । विशेषगरी बाक्लो हुस्सु, कुहिरो र शीतलहरले तराईको जनजीवन प्रभावित पारिरहेका ब...

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रत...

गरिबीले रोक्न सकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना, सफलताको उडानः पहिलो प्रयासमै नाम

सिरहा । दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही सङ्घर्ष र सङ्कल्पका कारण सिरहाका सत्यनारायण साफीले प्रमाणित गरिदिएका छन्–...

विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा

बागलुङ । घर छेउका बारीमा लहरै राखिएका मौरीका घार । घारमा भुनभुनाइरहने मौरीसँगै लोकबहादुरको दिनको सुरुआत हुन्छ र मौरीकै रेखदेखमा दिन बित्छ । बागलुङक...

रानीकोटदेखि नगरकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

भक्तपुर । आज अङ्ग्रेजी नयाँ वर्ष–२०२६ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी पर्यटकले खचाख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending