काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोटमा नयाँ मापदण्ड लागु गरेको छ।
पार्टीको आन्तरिक परिपत्रमा उम्मेदवारले कानुनी, आर्थिक, सामाजिक र वैचारिक रूपमा पूर्ण स्वच्छ हुनुपर्ने स्पष्ट उल्लेख गरिएको छ। परिपत्रअनुसार प्रतिनिधि सभाका उम्मेदवारले २५ वर्ष र राष्ट्रिय सभाका उम्मेदवारले ३५ वर्ष उमेर पूरा गरेको नेपाली नागरिक हुनु पर्नेछ भने मतदाता नामावलीमा नाम दर्ता भएको र संविधान–कानुनले अयोग्य ठहर्याएको हुन नहुने प्रावधान छ।
बहालवाला राष्ट्रिय सभा, प्रदेशसभा वा स्थानीय तहका पदाधिकारीलाई उम्मेदवारीबाटै बञ्चित गरिएको छ। आर्थिक पारदर्शितालाई पार्टीले विशेष जोड दिएको छ। भ्रष्टाचार मुद्दामा अदालतबाट दोषी ठहरिएका व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने छन्।
कर–राजश्वमा पूर्ण अद्यावधिक, कालो सूचीमा नाम नभएको र सम्पति तथा आयस्रोतको स्पष्ट घोषणा गर्न तयार हुनुपर्ने अनिवार्य शर्त राखिएको छ।
पार्टीको आर्थिक अनुशासन उल्लङ्घन गर्ने पनि उम्मेदवारीबाट बाहिरिने छन्। सामाजिक आचरणमा पनि कुनै सम्झौता नगर्ने नीति अवलम्वन गरिएको छ। जातीय–लैंगिक भेदभाव, घरेलु हिंसा, यौन उत्पीडन, मानव बेचबिखनजस्ता मुद्दामा दोषी ठहरिएका व्यक्ति पार्टीबाट उम्मेदवार बन्न नपाउने भएका छन्।
राजनीतिक रूपमा पार्टीको नीति–कार्यक्रमप्रति पूर्ण प्रतिबद्धता, आन्दोलनमा निरन्तर योगदान, सामाजिक प्रतिष्ठा र जनतामा लोकप्रियता उम्मेदवारका लागि अनिवार्य मापदण्ड तोकिएका छन्। उम्मेदवार सिफारिस गर्दा विषयगत विज्ञता, नीति निर्माण क्षमता र सार्वजनिक संवाद कौशललाई पनि आधार बनाइने छ।
प्रत्यक्षतर्फ प्रत्येक क्षेत्रबाट कम्तीमा एक युवा र एक महिलासहित बढीमा पाँच जना सिफारिस गर्नुपर्ने व्यवस्था छ भने जित्ने सम्भावना भएका लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिन निर्देशित गरिएको छ।
समानुपातिकतर्फ महिला, दलित, जनजाति, मधेशीलगायत क्लस्टरलाई अनिवार्य समेट्दै सहिद–बेपत्ता परिवार, द्वन्द्वपीडित र विपन्न वर्गलाई विशेष प्राथमिकता दिनुपर्ने छ।
एकै परिवारबाट एकभन्दा बढी व्यक्ति सिफारिस गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ। राष्ट्रिय सभातर्फ प्रदेश स्तरबाट प्रत्येक क्लस्टरका लागि बढीमा पाँच–पाँच जना सिफारिस गर्ने प्रावधान राखिएको छ।
पार्टी नेतृत्वले यो मापदण्ड कडाइका साथ कार्यान्वयन गर्दै स्वच्छ र जनमुखी उम्मेदवार मात्र मैदानमा उतार्ने प्रतिबद्धता जनाएको छ। यो कदमले निर्वाचनमा पार्टीको छवि थप बलियो हुने अपेक्षा गरिएको छ। परिपत्र सबै तहका कमिटीहरूसम्म पुगिसकेको नेकपाले बताएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २३ गते, २०८२ - १८:२०
काठमाडौँ। विभागीय टोली आर्मी र एपिएफ क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार जित निकालेका छन् । वीरगन्जमा भएको खेलमा अ...
चैत्र २३ गते, २०८२ - १८:१५
काठमाडौँ। राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक सेवा प्रवाह भए र नभएकाबारे छड्के गर्न राजधानीबाहिर टोली खटाएक...
चैत्र २३ गते, २०८२ - १८:०७
मेलबर्न। मध्यपूर्वमा जारी द्वन्द्वको प्रत्यक्ष असर झेल्दै श्रीलङ्काले घरेलु तरलीकृत पेट्रोलियम ग्यास (एलपिजी) को मूल्य सोमबार झन्डै एक चौथाइले बढाएको ...
चैत्र २३ गते, २०८२ - १८:०३
काठमाडौं । प्रतिनिधिसभा हलमा सभामुख र सांसदहरूका लागि समान कुर्सी व्यवस्था गरिएको छ। यसअघि सभामुखका लागि विशेष किसिमको कुर्सी राखिने प्रचलन थियो। य...
चैत्र २३ गते, २०८२ - १७:५८
काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकसम्बन्धी बन्दीप्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ सकिएको छ। सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पो...
चैत्र २३ गते, २०८२ - १७:५१
काठमाडौँ। प्रतिनिधिसभाबाट तीन अध्यायदेश स्वीकृत भएको छ । सभाको आजको बैठकबाट ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य नि...
चैत्र २३ गते, २०८२ - १७:४६
काठमाडौँ। सरकारले फेवातालको चार किल्लाभित्रको जग्गाको हालको स्थिति एकिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवा...
चैत्र २३ गते, २०८२ - १५:११
काठमाडौँ । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर सिग्नल जस्ता समस्यालाई समाधान गर्न ...
चैत्र २३ गते, २०८२ - १४:१२
काठमाडौं । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा शीर्ष नेताहरू अनुपस्थित भएका छन्। सभाहलको अगाडिको रोमा उनीहरूका लागि सिट व्यवस्था गरिए पनि उपस्थिति नभएपछि...
चैत्र २३ गते, २०८२ - १३:५६
काठमाडौँ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखराका लेखा अधिकृत झलक शर्मा ...


प्रतिकृया लेख्नुहोस्: