Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

एक महिनाभित्र काम थाल्न ठेकेदारलाई मन्त्री घिसिङको अल्टिमेटम

खबरडबली संवाददाता

तनहुँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले तनहुँ र चितवन जोड्ने बहुप्रतिक्षित घुमाउने मोटरेबल पुलको निर्माण कार्य एक महिनाभित्र सुरु नगरे ठेक्का तोड्ने कडा चेतावनी दिए। लामो समयदेखि अलपत्र अवस्थामा रहेको उक्त पुलको शनिबार स्थलगत निरीक्षण गर्दै मन्त्री घिसिङले निर्माण व्यवसायीलाई तत्काल काम थाल्न स्पष्ट निर्देशन दिएको हो ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने त्रिशूली नदीमाथिको यो पुल निर्माणमा भएको ढिलासुस्तीप्रति राष्ट्रियस्तरमै चासो रहेको उल्लेख गर्दै मन्त्री घिसिङले अब थप कुनै बहाना वा ढिलाइ सह्य नहुने बताए। पुलको डिजाइन परिवर्तन भई सडक विभागमा स्वीकृतिका लागि पुगेको जानकारी पाएपछि मन्त्री घिसिङले तत्काल डिजाइन स्वीकृत गरी निर्माण कार्य अघि बढाउन सडक विभागलाई समेत निर्देशन दिए।

उनले ११ वर्षअघि सुरु भएको काम पुरानै डिजाइनमा पनि किन सम्पन्न भएन भनी प्रश्न गर्दै विकास निर्माणमा ढिलासुस्ती स्वीकार्य नभएको बताए।     

विसं २०७० असारमा मृत सञ्जीवनी निर्माण कम्पनी, हेटौँडासँग पहिलो सम्झौता भए पनि पुलको कामले गति लिन सकेन । पटक–पटक म्याद थप र डिजाइन परिवर्तनपछि विसं २०७५ माघमा पुन: सम्झौता भएको थियो । विसं २०७८ चैतमा सम्पन्न भइसक्नुपर्ने पुलको काम हालसम्म करिब ५० प्रतिशत मात्रै सम्पन्न भएको सडक डिभिजन कार्यालय, दमौलीले जनाएको छ । हालसम्म दुवै किनारमा पिल्लर मात्रै ठडिएका छन् । पुल निर्माण सम्पन्न भएपछि गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने बुद्धसिंहमार्गको सबैभन्दा छोटो दूरी सुनिश्चित हुनेछ। १०५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइको उक्त पुलको लागत सम्झौता बेला नौ करोड ५६ लाख रुपियाँ रहेको थियो ।

यो पुल बनेपछि पोखरा, बाग्लुङ, पर्वत, स्याङ्जा र दमौली लगायतका बासिन्दाले नारायणगढ आवतजावत गर्न हालको मुग्लिन–नारायणगढ सडकको प्रयोग नगरी २३ किलोमिटर दूरी छोट्याउन सक्नेछन् । यसले इन्धनको बचतका साथै स्थानीयलाई ठुलो सास्तीबाट मुक्ति दिलाउने बुद्धसिंह मार्ग सरोकार संघर्ष समितिका अध्यक्ष सिद्धान्त गर्जा मगरले बताए । उनले आइतबार दिउँसो १ बजे मन्त्री घिसिङसमक्ष घुमाउने पुल लगायत बुद्धसिंह मार्गमा तत्काल पुल निर्माण गर्नुपर्ने र सडक स्तरोउन्नतिको माग गर्दै सडक डिभिजन कार्यालय, दमौलीमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको जानकारी दिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपतिसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ ।  प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...

समावेशी विकासमा सरकारले काम गरिरहेको छ: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...

निवर्तमान काँग्रेस सांसद चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...

गृहमन्त्रीद्वारा जेनजी आन्दोलनमा मारिएका अमृत गुरुङको परिवारसँग भेट

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् ।  कास्कीको रुपा गाउँप...

म केपी ओलीसँग टाढा भएको छैन, उहाँ डुब्दा म पनि डुब्छु: गोकुल बास्कोटा

काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, चार अर्ब कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...

भृकुटीमण्डपमा एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...

बाँकेको नौबस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ ।  नौबस्स्ता...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...

कांग्रेसले किन बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक ?

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending