Khabar Dabali ९ बैशाख २०८३ बुधबार | 22nd April, 2026 Wed

बाँकेमा १७४ जना नयाँ कुष्ठरोगी भेटिए

खबरडबली संवाददाता

नेपालगन्ज। बाँकेको साइनिङ अस्पतालमा एक वर्षमा १७४ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । आइएनएफ नेपाल बाँकेद्वारा जानकी ३ मा सञ्चालित साइनिङ अस्पतालमा आर्थिक वर्ष २०८१र८२ मा उपचारका लागि आएका बिरामीमध्ये १७४ जना नयाँ कुष्ठरोगी भएको पुष्टि भएपछि उपचारका लागि नजिकैको स्वास्थ्य केन्द्रमा रिफर गरिएको अस्पतालका प्रमुख मंगल बहादुर थारुले बताए।

उहाँले भेटिएका नयाँ कुष्ठरोगीमध्ये बाँकेका ७१ जना, बर्दियाका ४२, भारतका ३०, सुर्खेतका ५, दैलेखका ३, जाजरकोटका ४, दाङका ५, सल्यानका २, प्युठानका २, रुकुमका ३ र सुदूरपश्चिम प्रदेशका ६ जना रहेको बताए।

साइनिङ अस्पताल पश्चिम नेपालमा कुष्ठरोगको निदान र उपचारका लागि रेफरल सेन्टरको रुपमा विकास भएको छ ।

सो अस्पतालले बहिरङ्ग सेवामार्फत गत वर्ष १८ हजार ९०८ जनालाई सेवा प्रदान गरेको जनाएको छ । जसमा कुष्ठरोगसम्बन्धी समस्या लिएर आएका दुई हजार ७८४ तथा छालाजन्य समस्या भएका १६ हजार १२४ जना रहेका थिए ।

अन्तरङ्ग तर्फ १६४ जना बिरामीलाई भर्ना गरेर उपचार गरिएको अस्पताल प्रमुख थारुले बताउनुभयो । साइनिङ अस्पाललले वार्षिक रुपमा अपाङ्गता रोकथाम तथा उपचार, कुष्ठरोग सम्पर्क परीक्षण, समुदाय स्तरमा छाला तथा कुष्ठरोग पहिचान शिविर, स्वास्थ्यकर्मीका लागि क्षमता अभिवृद्धि तालिम, समुदायस्तरमा कुष्ठरोग सचेतना कार्यक्रम, नि:शुल्क उपचार सेवा लगायतका गतिविधिहरू सञ्चालन गरिरहेको जनाएको छ ।

यस्तै सो अस्पतालले कुष्ठरोगमा अनुसन्धान कार्य पनि गरिरहेको छ । गत वर्ष मात्रै दुई वटा अनुसन्धान कार्य सम्पन्न गरिएको अस्पताल प्रमुख थारुले जानकारी दिए।

जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले अहिले पनि यसरी कुष्ठरोगका बिरामी यति धेरै जना भेटिनु निकै चिन्ताजनक भएको बताए।

उनले यसको पूर्ण रुपमा निदानका लागि सरकारले कुनै न कुनै उपाय पत्ता लगाउन आवश्यक भइसकेको पनि बताए । जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले साइनिंग अस्पतालले कुष्ठरोग एवम् छालाजन्य रोगहरूको निदान र उपचारसँगै सचेतना प्रवर्धनमा महत्त्वपूर्ण भूमिका निभाइरहेको बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कानुनी परिपालना गर्न औद्योगिक प्रतिष्ठानलाई विभागको निर्देशन

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले औद्योगिक एवं प्रतिष्ठानहरूलाई कानुनको पालना गरी तत्क...

गृहमन्त्रीको राजीनामाबारे प्रचण्डको प्रतिक्रिया: उहाँले जे गर्नुभयो, राम्रो गर्नुभयो

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएको कदमलाई सकारात्मक बताएका छ...

१४ केजी बढी चरेस सहित चार जना पक्राउ

कपिलवस्तु। कपिलवस्तु प्रहरीले १४ केजीभन्दा बढी लागु औषध चरेससहित ४ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले कृष्णनगर नगरपालि...

चैत १३ मा गृहमन्त्री नियुक्त भएका गुरुङले दुईदिन अघिमात्रै किनेका थिए भेडेटारमा जग्गा

विराटनगर। गृहमन्त्री सुधन गुरुङले मन्त्री पदको जिम्मेवारी सम्हाल्नुभन्दा दुई दिनअघि धनकुटामा करिब २० रोपनी जग्गा खरिद गरेको खुलासा भएको छ। धनकुटाको...

मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् : गृहमन्त्री गुरुङ

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। विवादित व्यवसायीसँग साझेदारी र सेयर कारोबारको विषयमा चौतर्फी आलोचना भएपछि उनले प्रधानमन्त्...

गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीकै मातहतमा रहने

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि गृहमन्त्रालयको जिम्मेवारी तत्कालका लागि प्रधानमन्त्री बालेन्द्र शाहले नै सम्हाल्ने भएका छन्। प्रधानम...

गृहमन्त्री गुरुङले दिए पदबाट राजीनामा

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। विवादित व्यवसायीसँग सेयर कारोबारमा मुछिएको आरोप लागेपछि उनले प्रधानमन्त्री बालेन्द्र शाह (...

सागको मुठामा भेटियो लागुऔषध ब्राउनसुगर

दमक। झापामा लागुऔषध कारोबारीले नयाँनयाँ उपाय अपनाएर लागुऔषध भित्र्याउने गरेको पाइएको छ । लागुऔषध ओसारपसारमा प्रहरीले कडा निगरानी राख्न थालेपछी प्रह...

जनकपुरधामबाट तीन अर्ब ९७ करोड ६७ लाख राजस्व सङ्कलन

जनकपुरधाम । यहाँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको प्रथम नौ महिनामा तीन अर्ब ९७ करोड ६७ लाख चार हजार राजस्व सङ्कलन गरेको छ । चालु आ...

गृहमन्त्री गुरुङ प्रधानमन्त्री बालेनसँग छलफलमा

काठमाडौं। गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री बालेन शाह सँग छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन्। विवादित व्यवसायी दीपक ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending