Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

बाँकेमा १७४ जना नयाँ कुष्ठरोगी भेटिए

खबरडबली संवाददाता

नेपालगन्ज। बाँकेको साइनिङ अस्पतालमा एक वर्षमा १७४ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । आइएनएफ नेपाल बाँकेद्वारा जानकी ३ मा सञ्चालित साइनिङ अस्पतालमा आर्थिक वर्ष २०८१र८२ मा उपचारका लागि आएका बिरामीमध्ये १७४ जना नयाँ कुष्ठरोगी भएको पुष्टि भएपछि उपचारका लागि नजिकैको स्वास्थ्य केन्द्रमा रिफर गरिएको अस्पतालका प्रमुख मंगल बहादुर थारुले बताए।

उहाँले भेटिएका नयाँ कुष्ठरोगीमध्ये बाँकेका ७१ जना, बर्दियाका ४२, भारतका ३०, सुर्खेतका ५, दैलेखका ३, जाजरकोटका ४, दाङका ५, सल्यानका २, प्युठानका २, रुकुमका ३ र सुदूरपश्चिम प्रदेशका ६ जना रहेको बताए।

साइनिङ अस्पताल पश्चिम नेपालमा कुष्ठरोगको निदान र उपचारका लागि रेफरल सेन्टरको रुपमा विकास भएको छ ।

सो अस्पतालले बहिरङ्ग सेवामार्फत गत वर्ष १८ हजार ९०८ जनालाई सेवा प्रदान गरेको जनाएको छ । जसमा कुष्ठरोगसम्बन्धी समस्या लिएर आएका दुई हजार ७८४ तथा छालाजन्य समस्या भएका १६ हजार १२४ जना रहेका थिए ।

अन्तरङ्ग तर्फ १६४ जना बिरामीलाई भर्ना गरेर उपचार गरिएको अस्पताल प्रमुख थारुले बताउनुभयो । साइनिङ अस्पाललले वार्षिक रुपमा अपाङ्गता रोकथाम तथा उपचार, कुष्ठरोग सम्पर्क परीक्षण, समुदाय स्तरमा छाला तथा कुष्ठरोग पहिचान शिविर, स्वास्थ्यकर्मीका लागि क्षमता अभिवृद्धि तालिम, समुदायस्तरमा कुष्ठरोग सचेतना कार्यक्रम, नि:शुल्क उपचार सेवा लगायतका गतिविधिहरू सञ्चालन गरिरहेको जनाएको छ ।

यस्तै सो अस्पतालले कुष्ठरोगमा अनुसन्धान कार्य पनि गरिरहेको छ । गत वर्ष मात्रै दुई वटा अनुसन्धान कार्य सम्पन्न गरिएको अस्पताल प्रमुख थारुले जानकारी दिए।

जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले अहिले पनि यसरी कुष्ठरोगका बिरामी यति धेरै जना भेटिनु निकै चिन्ताजनक भएको बताए।

उनले यसको पूर्ण रुपमा निदानका लागि सरकारले कुनै न कुनै उपाय पत्ता लगाउन आवश्यक भइसकेको पनि बताए । जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले साइनिंग अस्पतालले कुष्ठरोग एवम् छालाजन्य रोगहरूको निदान र उपचारसँगै सचेतना प्रवर्धनमा महत्त्वपूर्ण भूमिका निभाइरहेको बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले अनेक धक्का चिरेर पनि न्यातपोल र धरहराजस्तै उठ्ने शक्ति हो: प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...

विद्यालयलाई ४२ थान कम्युटर प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...

एक हप्तामा २८७ जनाले लिए नयाँ नागरिकता

गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ।  प्रशासन कार्यालयले सा...

विकास निर्माणमा ढिलासुस्ती सैह्य हुन्न, काम नगरे ठेक्का तोड्ने मन्त्री घिसिङको चेतावनी

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...

लोकदोहोरी प्रतिष्ठानमा आवद्धको उपचारमा २५ प्रतिशत छुट

गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...

एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दियो : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपिएल) को शनिबार फाइनल प्रतिस्पर्धा गर्ने दुवै टिमलाई शुभकामना व्यक्त गरेको छिन् । उनले आ...

बाँकेमा १७४ जना नयाँ कुष्ठरोगी भेटिए

नेपालगन्ज। बाँकेको साइनिङ अस्पतालमा एक वर्षमा १७४ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । आइएनएफ नेपाल बाँकेद्वारा जानकी ३ मा सञ्चालित साइनिङ अस्पतालमा आर...

महिला तथा बालबालिका मन्त्री श्रेष्ठले गरिन् पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आज मन्त्रालयमा पदभार ग्रहण गरेकी छन्। प्रधानमन्त्री सुशीला कार्कीको ...

अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र  पौडेलले राजनीतिका लागि पटकपटक सङ्घर्षबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित ...

च्यासलमा महाधिवेशन लक्षित एमाले सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकमा आगामी महाधिवेशनलाई लक्षित गर्दै पदाधिकारी तथा केन्द्रीय क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending