भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाडी रिजर्भ गरी महाधिवेशनस्थल सल्लाघारी पुगेका अधिकांश कार्यकर्ताले कार्यक्रम सकिएलगत्तै आजै घर फर्किने बताएका छन्।
महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन सिराहाबाट ७५ वर्षीय सर्जुक दास बिहान ५ बजे सल्लाघारी आइपुगे। दाससहित १६० जनाको टोली रिजर्भ गाडीमार्फत भक्तपुर आएको थियो। ‘खेतीपातीको काम छोडेर पार्टीको सभामा आएको हुँ,’ उनले भने, ‘टोलकै सबै जाने भनेर आएका हौं।’
बिहानै आइपुगेका धेरै कार्यकर्ता चिसोले लुगलुग काँपिरहेका देखिन्थे। सिराहाकी ७० वर्षीया लरवती मण्डल पनि टोली नेताको आग्रहमा महाधिवेशनमा आएकी हुन्। ‘सभा हेर्न आएको हुँ, रातभर चिसोले हान्यो,’ उनले सुनाइन्।
६५ वर्षीय चुलाहब पण्डितले पनि सिराहाबाट आफ्नै खर्चमा आएको बताए। ‘हिजो दिउँसो ३ बजे हिँडेको, बिहान यहाँ झरेँ,’ उनले भने, ‘कार्यक्रम सकिएपछि त्यही गाडीमा फर्किने हो।’
४० वर्षीया मञ्जुदेवी साह वडाका नेताले बोलाएपछि भक्तपुर आएको बताउँछिन्। ‘नेताको भाषण सुन्न आएको हो,’ उनले भनिन्।
सिराहाबाट आएको टोलीको नेतृत्व वडाका एमाले नेता महेशकुमार साहले गरेका छन्। उनका अनुसार खेतीको सिजन हुँदाहुँदै पनि कार्यकर्ताहरू पार्टीप्रतिको बफादारीका कारण आएका हुन्। ‘सबैले आफ्नै काम छोडेर आएका हुन्,’ उनले भने।
एमाले सिराहा जिल्ला कमिटी सचिवालय सदस्य रामकिसुन यादव पनि आफ्नै खर्चमा महाधिवेशनमा सहभागी भएका छन्। ‘खल्ती–खल्तीबाट पैसा खर्च गरेर आएका हौं,’ उनले भने।
नवलपुरबाट ३० जनाको टोली पनि शनिबार बिहान भक्तपुर आइपुगेको छ। ‘हिजो बिहान ९ बजे हिँडेर आज बिहान ६ बजे यहाँ आइपुग्यौं,’ राममाया रूताले बताइन्।
धनुषाको मिथिला नगरपालिकाबाट ४० जनाको टोली आएको छ। ‘हामी समर्थक हौं, जुलुस र सभा छ भनेर कमिटीले ल्याएको हो,’ ५८ वर्षीय तिमलाल महतोले भने।
चितवनको कालिका नगरपालिका–५ बाट ५७ वर्षीय सीताराम चौधरी ६ वर्षीय नाति बोकेर महाधिवेशनस्थल पुगेका छन्। रातभरको मङ्सिरे चिसो छिचोल्दै उनी बिहानै भक्तपुर आइपुगेका हुन्। ‘नातीले मलाई छोड्दैन, त्यसैले साथमै ल्याएँ,’ उनले भने, ‘माया गरेको पार्टीको यत्रो कार्यक्रम हुँदा नआउने कुरा पनि भएन।’
तर चौधरी राजनीतिक रूपमा भने द्विविधामा छन्। ‘भन्न त ओली जिताउनुपर्छ भनेर बोलाइन्छ, म पनि बाहिर त्यही भन्छु,’ उनले भने, ‘तर मनभित्र चाहिँ नयाँ नेतृत्व आएको भए हुन्थ्यो भन्ने लाग्छ।’
जेनजी आन्दोलनपछि पार्टीभित्र नेतृत्व परिवर्तनको आवाज उठिरहेको सन्दर्भमा यसपटक परिवर्तनको अपेक्षा बढेको उनको भनाइ छ।
एमालेले महाधिवेशन उद्घाटन समारोहमा तीन लाख मानिस उतार्ने तयारी गरेको जनाएको छ। विभिन्न स्थानबाट निस्कने जुलुसहरू सभामा परिणत हुनेछन्। मञ्च व्यवस्थापन संयोजक विनोद श्रेष्ठका अनुसार बिहान १० बजेपछि देशभरबाट आएका कार्यकर्ता तथा प्रतिनिधि मञ्च क्षेत्रमा प्रवेश गर्नेछन् भने ११ बजेदेखि सांस्कृतिक कार्यक्रम सुरु हुनेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १८ गते, २०८२ - १८:३४
भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीले मध्यपुर थिमि नगरपालिका–नगदेशको न्याचामा चुनावी सम्पर्क कार्यालय स्थापना गरेको छ। शहीद दिवसको अवसर पारेर शुक्रबार ...
माघ १८ गते, २०८२ - १८:३०
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि पर्वतबाट उम्मेदवार बनेका मनहरि तिमिल्सिनाले जिल्लाको समग्र विकास लक्षित २३ बुँदे प्रतिबद्धतासहित आफ्नो ‘...
माघ १८ गते, २०८२ - १८:२२
काठमाडौं । नेकपाका नेता जगन्नाथ खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारले नेपालको वाम आन्दोलन बदनाम भएको आरोप लगाएका छन्। निर्वाचन विशेष भे...
माघ १८ गते, २०८२ - १८:१४
काठमाडौँ । २०४६ सालको जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भयो। त्यसपछि २०४८ वैशाख २९ गते भएको आम निर्वाचनमा नेपाली कांग्रेसले ११० सिटसहित बह...
माघ १८ गते, २०८२ - १८:०९
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट विचार, संगठित आधार र जनतासँग प्रत्यक्ष सम्बन्ध नभएका राजनीतिक शक्तिहरूले देशको विकास गर्न नसक्ने बताए...
माघ १८ गते, २०८२ - १०:५०
काठमाडौँ । काठमाडौँ–३ भूगोलका हिसाबले सानो भए पनि राजनीतिक रूपमा निकै संवेदनशील निर्वाचन क्षेत्र हो। उपत्यकाको आधा खानेपानी धान्ने क्षमता भएका सुन्दरी...
माघ १८ गते, २०८२ - ०९:०१
काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट दोलखामा प्रत्यक्ष उम्मेदवार बनेका विशाल खड्का यतिबेला सक्रिय चुनावी दौडधुपम...
माघ १८ गते, २०८२ - ०८:५५
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रु...
माघ १८ गते, २०८२ - ०८:५३
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनावी माहोल तात्दै जाँदा दलहरूका दाबी सुन्दा सबैले जितिसकेको र एकल सरकारसमेत बनाइसकेको जस्तो देखिएको भ...
माघ १८ गते, २०८२ - ०८:५१
काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...



प्रतिकृया लेख्नुहोस्: