भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाडी रिजर्भ गरी महाधिवेशनस्थल सल्लाघारी पुगेका अधिकांश कार्यकर्ताले कार्यक्रम सकिएलगत्तै आजै घर फर्किने बताएका छन्।
महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन सिराहाबाट ७५ वर्षीय सर्जुक दास बिहान ५ बजे सल्लाघारी आइपुगे। दाससहित १६० जनाको टोली रिजर्भ गाडीमार्फत भक्तपुर आएको थियो। ‘खेतीपातीको काम छोडेर पार्टीको सभामा आएको हुँ,’ उनले भने, ‘टोलकै सबै जाने भनेर आएका हौं।’
बिहानै आइपुगेका धेरै कार्यकर्ता चिसोले लुगलुग काँपिरहेका देखिन्थे। सिराहाकी ७० वर्षीया लरवती मण्डल पनि टोली नेताको आग्रहमा महाधिवेशनमा आएकी हुन्। ‘सभा हेर्न आएको हुँ, रातभर चिसोले हान्यो,’ उनले सुनाइन्।
६५ वर्षीय चुलाहब पण्डितले पनि सिराहाबाट आफ्नै खर्चमा आएको बताए। ‘हिजो दिउँसो ३ बजे हिँडेको, बिहान यहाँ झरेँ,’ उनले भने, ‘कार्यक्रम सकिएपछि त्यही गाडीमा फर्किने हो।’
४० वर्षीया मञ्जुदेवी साह वडाका नेताले बोलाएपछि भक्तपुर आएको बताउँछिन्। ‘नेताको भाषण सुन्न आएको हो,’ उनले भनिन्।
सिराहाबाट आएको टोलीको नेतृत्व वडाका एमाले नेता महेशकुमार साहले गरेका छन्। उनका अनुसार खेतीको सिजन हुँदाहुँदै पनि कार्यकर्ताहरू पार्टीप्रतिको बफादारीका कारण आएका हुन्। ‘सबैले आफ्नै काम छोडेर आएका हुन्,’ उनले भने।
एमाले सिराहा जिल्ला कमिटी सचिवालय सदस्य रामकिसुन यादव पनि आफ्नै खर्चमा महाधिवेशनमा सहभागी भएका छन्। ‘खल्ती–खल्तीबाट पैसा खर्च गरेर आएका हौं,’ उनले भने।
नवलपुरबाट ३० जनाको टोली पनि शनिबार बिहान भक्तपुर आइपुगेको छ। ‘हिजो बिहान ९ बजे हिँडेर आज बिहान ६ बजे यहाँ आइपुग्यौं,’ राममाया रूताले बताइन्।
धनुषाको मिथिला नगरपालिकाबाट ४० जनाको टोली आएको छ। ‘हामी समर्थक हौं, जुलुस र सभा छ भनेर कमिटीले ल्याएको हो,’ ५८ वर्षीय तिमलाल महतोले भने।
चितवनको कालिका नगरपालिका–५ बाट ५७ वर्षीय सीताराम चौधरी ६ वर्षीय नाति बोकेर महाधिवेशनस्थल पुगेका छन्। रातभरको मङ्सिरे चिसो छिचोल्दै उनी बिहानै भक्तपुर आइपुगेका हुन्। ‘नातीले मलाई छोड्दैन, त्यसैले साथमै ल्याएँ,’ उनले भने, ‘माया गरेको पार्टीको यत्रो कार्यक्रम हुँदा नआउने कुरा पनि भएन।’
तर चौधरी राजनीतिक रूपमा भने द्विविधामा छन्। ‘भन्न त ओली जिताउनुपर्छ भनेर बोलाइन्छ, म पनि बाहिर त्यही भन्छु,’ उनले भने, ‘तर मनभित्र चाहिँ नयाँ नेतृत्व आएको भए हुन्थ्यो भन्ने लाग्छ।’
जेनजी आन्दोलनपछि पार्टीभित्र नेतृत्व परिवर्तनको आवाज उठिरहेको सन्दर्भमा यसपटक परिवर्तनको अपेक्षा बढेको उनको भनाइ छ।
एमालेले महाधिवेशन उद्घाटन समारोहमा तीन लाख मानिस उतार्ने तयारी गरेको जनाएको छ। विभिन्न स्थानबाट निस्कने जुलुसहरू सभामा परिणत हुनेछन्। मञ्च व्यवस्थापन संयोजक विनोद श्रेष्ठका अनुसार बिहान १० बजेपछि देशभरबाट आएका कार्यकर्ता तथा प्रतिनिधि मञ्च क्षेत्रमा प्रवेश गर्नेछन् भने ११ बजेदेखि सांस्कृतिक कार्यक्रम सुरु हुनेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ७ गते, २०८२ - २१:३२
काठमाडौं। श्रीलंकाले अमेरिकी सैन्य आग्रह अस्वीकार गर्दै आफ्नो भूमिमा युद्धविमान अवतरण गर्न नदिएपछि राष्ट्रपति अनुरा कुमारा दिशानायके अन्तर्राष्ट्रिय च...
चैत्र ७ गते, २०८२ - २१:०७
बागलुङ । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको उद्धार गरिएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा शुक्रबार रातिदेख...
चैत्र ७ गते, २०८२ - २१:०५
कैलाली । कैलालीमा शनिबार साँझ यात्रुवाहक बस दुर्घटनामा परेको छ । काठमाडौँबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३०१ नम्बरको बस घोड...
चैत्र ७ गते, २०८२ - १९:५८
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो करिब २ बजे सदरमुकाम तम्घासदेखि गौशालातर्फ जाने क्र...
चैत्र ७ गते, २०८२ - १९:५६
मुस्ताङ । शुक्रबारदेखि परेको हिमपातका कारण असामान्य बनेको मुस्ताङको जनजीवन शनिबार हिमपात रोकिएसँगै पुनः सामान्य बन्दै गएको छ । हिमपात लगत्तै उपल्...
चैत्र ७ गते, २०८२ - १९:५५
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-३ ढोडेस्थित भित्री सडकखण्डमा पिकअप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब २ बजे गुर्धु...
चैत्र ७ गते, २०८२ - १९:०१
काठमाडौं। २२ दलको एकताबाट निर्वाचनमा सहभागी भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिनिधि सभाको चुनावमा अपेक्षित परिणाम ल्याउन असफल भएको छ। पहिलो शक्...
चैत्र ७ गते, २०८२ - १८:५६
काठमाडौं । एम्बुलेन्समा चिनियाँ चुरोटको तस्करी गरेको आरोपमा रसुवा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवाको आमाछोदिङमो गाउँपालिका-...
चैत्र ७ गते, २०८२ - १८:५३
नेपालको कम्युनिस्ट आन्दोलनले भिन्न कालखण्डमा उल्लेख्य उपलब्धि हासिल गरेको इतिहास छ। २०७४ सालको प्रतिनिधिसभा निर्वाचन त्यसको उत्कर्ष थियो। नेपाल कम्युन...
चैत्र ७ गते, २०८२ - १८:४१
काठमाडौं। शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार भएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलले मौसममा र...


प्रतिकृया लेख्नुहोस्: