Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

मोबाइल र साइकल सहयोग पाएपछि भलमन्सा र चौकिदारलाई काम गर्न सजिलो

खबरडबली संवाददाता

घोडाघोडी । थारु समुदायमा गाउँघरमा आईपर्ने साना तिना समस्या समाधानका लागि होस या सामूहिक कार्यका लागि बडघर(भलमन्सा) को भूमिकालाई महत्त्वपूर्ण मानिन्छ । पछिल्लो समय स्थानीय सरकारले भलमन्सा र चिराकीको भूमिकालाई सहज र प्रभावकारी बनाउन विभिन्न तालिम तथा सहयोगी सामग्री प्रदान गर्न थालेपछि उनीहरुलाइ अझै सहज भएको छ ।

स्थानीय सरकारको सहयोगले कार्यव्यवस्थापनमा सहजता भएको अनुभव चिराकी तथा भलमन्साको छ । लम्कीचुहा नगरपालिकाले हालै चिराकीका लागि ५० वटा साइकल र भलमन्साका लागि ४८ वटा स्मार्ट फोन सहयोग गर्यो । लम्कीचुहाका भलभन्साहरुले स्मार्ट मोबाइल फोन सहयोग पाएपछि खुशी हुँदै खबर आदान प्रदानमा सहज हुने बताए ।

फोन सम्पर्कका लागि सामान्य मोबाइल भए पनि इन्टरनेटबाट चल्ने नभएको अवस्थामा स्मार्ट फोन पाएपछि नगरभरीका भलमन्साहरु समुह कलमा जोडिएर आफ्नो गाउँ ठाउँको विकासमा छलफल गर्न सजिलो हुने भलमन्साहरुले सुनाए ।

गाउँ समाजमा आफ्नो रितितिथि बसाल्ने, सामाजिक र विकास निर्माणको कार्यका लागि भलमन्साको भूमिका हुन्छ । भलमन्साले कुनै कामकाजका लागि खबर पुर्याउन चिराकी राखेपनि हिँडेरै गाउँभरी सूचना पुर्याउनु पर्ने हुन्छ । दुबैका माग बमोजिम कार्य भूमिकालाई सहज, छिटो छरितो बनाउन मोबाइल र साइकल वितरण गरिएको नगरप्रमुख शुसिला शाहीले बताए।

उनले सात लाख २५ हजार रुपियाँ बराबरको ४८ वटा मोबाइल र तीन लाख ६० हजार रुपियाँ बराबरको ५० वटा साइकल कार्यपालिकाबाट पास गरेर दिने निर्णय बमोजिम सहयोग प्रदान गरिएको जानकारी दिए।

लम्कीचुहाले जस्तै घोडाघोडी नगरपालिकाले समेत भलमन्सा र चिराकीलाई साइकल सहयोग गर्नुका साथै मेलमिलापसम्बन्धी तालिमसमेत दिएको छ । आर्थिक वर्ष २०८१/०८२ मा विभिन्न वडाले आवश्यकताका आधारमा साइकल सहयोग गरेको जनाइएको छ । घोडाघोडी नगरपालिका १ बेलार गाउँका चिराकी गंगाराम चौधरीले वडाबाट साइकल पाएपछि सूचना पुर्याउन सजिलो भएको बताए।

उनले खुशी हुदै भने, “पहिला त हिडेर गाउँभरी डुल्नु पर्यो । साईकल पाएपछि सजिलो भएको छ । साइकल चलाएर नै घरघर खबर पुर्याउन जान्छु । आज बिहानपनि गाई गोरुलाई खोरेतको सुई लगाउनका लागि सबैलाई खबर गरेर आए । डेढसय घरमा खबर पुर्याउनु पर्छ ।”

साइकल पाएपछि गंगाराम जस्तै अन्य चिराकीलाई पनि सजिलो भएको छ । घोडाघोडी नगर भलमन्सा समितिका अध्यक्ष बुधराम चौधरीले स्थानीय तहले भलमन्साहरुका लागि मेलमिलापसम्बन्धी तालिम दिएको बताए। उनले भने, “हामी आफ्नो समुदायमा आफ्नै तरिकाले सानो तिनो मुद्दाको छिनोफानो गर्ने भए पनि मेलमिलाप तालिमले समाजमा आइपर्ने विभिन्न समस्या समाधानकालागि थप सहयोग पुगेको छ ।”

घोडाघोडी नगरपालिकामा ७६ वटा थारु गाउँमा ७६ जना भलमन्सा र चिराकीले परम्परागत बड्घर प्रथालाई निरन्तरता दिइरहेका छन् ।

घोडाघोडी नगरपालिका विभिन्न वडाले चारलाख ५० हजार रुपियाँ बराबरको साइकल चिराकी र भलमन्सालाई सहयोग गरेको घोडाघोडी नगरपालिका लेखा शाखाले जनाएको छ ।

बर्दगोरिया, गौरिगंगा, जोशीपुर लगायत स्थानीय तहले पनि चिराकी र भलमन्साको भूमिकालाई सहज बनाउन तालिमलगायतका सहयोग गरेको जनाइएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महावीर पुनले पाए त्रिभुज चुनाव चिह्न

म्याग्दी । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका पूर्वमन्त्री महावीर पुनले त्रिभुज चुनाव चिह्न पाएका छन् । शुक्रबार मुख्य निर्वाचन अधिकृतको...

उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च पुगे रेशम चौधरी

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रमेशलाल चौधरीले आफ्नो उम्मेदवारी रद्द गर्ने निर्वाचन अधिकृतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट द...

सभापतिको कुर्सीमा बस्न सजिलो, जिम्मेवारी निभाउन गाह्रो छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सभापतिको भूमिका निर्वाह गर्नु चुनौतीपूर्ण रहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यसमिति बैठकपछि सञ्च...

गगन थापा प्रधानमन्त्रीको उम्मेदवार घोषणा

काठमाडौं । नेपाली कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ। शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीक...

मन्त्रिपरिषद् बैठकका नौ वटा निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौँ। सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश ...

एमाले ओखलढुङ्गाका अध्यक्षसहित ३८ जनाले छाडे पार्टी, नेकपामा प्रवेश

काठमाडौँ । नेकपा एमालेको ओखलढुङ्गा जिल्ला कमिटीका अध्यक्ष, उपाध्यक्ष र सचिवसहित ३८ जना नेता–कार्यकर्ताले पार्टी छाडेका छन्। अध्यक्ष जीवी खड्कासहित ...

मतदातालाई एमालेले गरेको विकासबारे स्मरण गराउनुपर्छ : अध्यक्ष ओली

झापा। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा –५ का नेता तथा कार्यकर्तालाई जनताको घर–घरमा जान र मतदातासँग सिधा सम्पर्क गर्न निर्देशन दिएको छन्।...

देशभर ४९ उम्मेदवारले फिर्ता लिए उम्मेदवारी, ५ जनाविरुद्ध विरोध दाबी

काठमाडौं । देशभर ४९ जना उम्मेदवारले आफ्ना उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, यस चुनावमा ३ हजार ४८...

ओलीको अभिव्यक्तिप्रति योगेश भट्टराईको आपत्ति, भन्छन्– म विचलित र निरास छैन

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही सञ्चारमाध्यमलाई दिएका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। अध...

नारायणी नदीमा बेपत्ता एक युवाको शवव भेटियो

नारायणगढ। नारायणी नदीमा बेपत्ता एक युवाको शव शुक्रवार भेटिएको छ। नारायणी नदीमा बिहीवार दिउँसो बेपत्ता भएका भरतपुर महानगरपालिका वडा २९ बस्ने  वर्ष  २९ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending