Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

सर्वोच्चलाई पूर्वगृहमन्त्री लेखकको जवाफ: जेनजी आन्दोलनमा मेरो कुनै भूमिका छैन

खबरडबली संवाददाता

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ गते जेनजी आन्दोलनका दौरान गोली चल्नु विषम परिस्थितिको परिणाम भएको दाबी गरेका छन्। उनले प्रदर्शनकारीको मृत्यु तथा घाइते हुनुपर्नुमा आफ्नो कुनै भूमिका नरहेको स्पष्ट पारेका छन्।

जेनजी आन्दोलनमा दमन गर्नेहरूलाई पक्राउ गरी कारबाहीको मागसहित दायर रिट निवेदनको लिखित जवाफ सर्वोच्च अदालतमा बुझाउँदै लेखकले २१ जनाको ज्यान जानेगरी भएको बल प्रयोगबापत आफू जिम्मेवार नरहेको बताए।

लेखकले आफ्नो पक्षमा प्रस्तुत लिखित जवाफमा भनेका छन्, “गृहमन्त्रीमा बहाल रहँदासम्म पदिय हैसियतअनुसार जिम्मेवारी पूरा गर्दागर्दै विषम परिस्थिति सिर्जना भई हिंसात्मक गतिविधि भएको हो। त्यसमा मेरो कुनै भूमिका नभएकाले रिट निवेदन खारेज गरियोस्।”

उनका अनुसार जेनजीले शान्तिपूर्ण प्रदर्शन गर्ने बताएको भए पनि घुसपैठकर्तामार्फत बानेश्वरस्थित संसद् भवन परिसरमा उग्र, हिंसात्मक र विध्वंसात्मक गतिविधि भएपछि दुर्घटना जस्तो घटना भएको हो।

लेखकले २१ जनाको मृत्यु भएको घटनाबाट आफू अत्यन्त पीडित रहेको बताउँदै त्यही दिन नैतिकताका आधारमा राजीनामा दिएको दाबी गरेका छन्। त्यसैले भदौ २४ गतेको घटनामा आफूलाई प्रश्न गर्न नमिल्ने उनको भनाइ छ। “भाद्र २४ गतेको घटनाबारे मैले पदीय जिम्मेवारी बोक्ने विषय नै भएन,” उनले लिखित जवाफमा उल्लेख गरेका छन्।

भदौ २२ गते बेलुकी केन्द्रीय सुरक्षा समितिको बैठक बसेको र त्यहाँ उपस्थित सुरक्षा निकायका प्रमुखहरूले प्रदर्शन शान्तिपूर्ण हुने विश्वास व्यक्त गरेको पनि उनले स्मरण गरेका छन्। लेखकका अनुसार त्यही बैठकमा उनले कम बल प्रयोग गर्न, हताहती हुन नदिन तथा शान्ति–सुरक्षाको उचित व्यवस्था मिलाउन निर्देशन दिएका थिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन रास्वपाको संसदीय दलको नेतामा चयन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलको नेतामा चयन गर्ने निर्णय गरेको छ। आज...

शपथलगत्तै सर्वोच्च पुगे बालेन शाह

काठमाडौँ । सांसदको शपथ लिएलगत्तै प्रस्तावित प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सर्वोच्च अदालत ...

बालेनलाई संसदीय दलको नेता चयन गर्ने प्रस्ताव केन्द्रीय समितिबाट पारित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिबाट संसदीय दल गठनसम्बन्धी प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ। जारी केन्द्रीय सम...

कानेपोखरीमा टिप्परको ठक्करबाट साइकल यात्रीको मृत्यु

उर्लाबारी। टिप्परको ठक्करबाट मोरङको कानेपोखरी-७ मा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार ब...

कानेपोखरीमा टिप्परको ठक्करबाट साइकल यात्रीको मृत्यु

उर्लाबारी। टिप्परको ठक्करबाट मोरङको कानेपोखरी-७ मा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार ब...

जिबुती तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिदा नौ जनाको मृत्यु, ४५ बेपत्ता

इथियोपिया। जिबुतीको तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिएर दुर्घटनाग्रस्त भए पछि कम्तिमा नौ जना आप्रवासीको मृत्यु हुनुका साथै अन्य ४५ जना बेपत्ता भएको आप...

यातायात कार्यालयका अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। मकवानपुरको हेटौँडा उपमहानगरपालिकास्थित यातायात व्यवस्था कर्याालयमा कार्यरत अधिकृत (छैटौं) अमृत भेटुवालसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा ...

ओलीको निर्देशन: संसद्मा पार्टीकै विचार बोल्नु, ती बाहेक ‘मलाई यस्तो लाग्यो’ भनेर बोल्न मिल्दैन

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई संसद्मा पार्टीका आधिकारिक विचार मात्रै राख्न निर्देशन दिएका छन्। बिहीबार पार्टी केन...

निर्वाचन परिणाम अपत्यारिलो र ‘जादुमय’ देखियो: ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न निर्वाचनको परिणाम ‘जादुमय’ देखिएको टिप्पणी गरेका छन्। बिहीबार नवनिर्वाचित प्रतिनिध...

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले आज सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित सभामा पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रतिनिधिसभा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending