Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँ : सञ्चारमन्त्री खरेल

खबरडबली संवाददाता

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिएको छन्। 

सञ्चारिका समूह नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको ‘लैंगिक हिंसा र सञ्चार माध्यमको भूमिका’ विषयक अन्तरक्रियामा मन्त्री खरेलले डिजिटल हिंसाबाट जोगिन पत्रकार महिलाको दोहोरो जिम्मेवारी रहेको बताए। 

मन्त्री खरेलले भने,“म पत्रकार महिला साथीलाई आग्रह गर्न चाहन्छु, तपाईंहरुको दोहोरो जिम्मेवारी छ। पहिला आफू सुरक्षित रहने र यस क्षेत्रलाई सुरक्षित राख्ने’ पनि दायित्व छ। त्यसैले हाम्रा कन्टेन्ट, स्टोरी र एडभोकेसी कम्तिमा डिजिटल हिसाहावाट मुक्त गर्ने किसिमको हुनुपर्यो।”

सञ्चारमन्त्री खरेलले अहिले लैंगिक हिंसाको प्रवृत्ति र शैली परिवर्तन भएकाले त्यसबाट सुरक्षित रहेर डिजिटल हिंसा विरुद्धका अभियान सञ्चालन गर्न जरुरी भएको उल्लेख गरे। “तपाईं परिवारमाझ हुनुहुन्छ, आफू सुरक्षित रहेको अनुभूति गर्नुहुन्छ, तर तपाईंको मोबाइलमा आइरहेका सामाजिक सञ्जालका विभिन्न सामग्रीले तपाईंलाई असुरक्षित महसुस गराउनसक्छ। त्यसैले डिजिटल माध्यमबाट हुने हिंसाको बहस सुरु गर्नु अपरिहार्य छ। किनकी प्रविधिले सहजतासँगै त्रास पनि ल्याएको छ, यसको सहि सदुपयोग गरिनुपर्छ।”

मन्त्री खरेलले देश र समाज विस्तारै समतालाई आत्मसाथ गर्दै समानताको बाटोमा अघि बढिरहेको तथा आज हरेक हिसाबले महिलाहरु राजनीतिक, निजामती, पत्रकारितामा तथा समाजका विभिन्न पद र प्रतिष्ठामा आइराख्दा यसले ठूलो अर्थ दिने उल्लेख गरे।

सञ्चारमन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाटको संयोजको प्रसङ्ग जोड्दै अगाडि थपे,“संयोगले त्यो भेटघाटको चाजोपाँजो मिलाउने सन्दर्भमा दुई ऐतिहासिक व्यक्तित्वसँग अन्तरंग कुराकानी भयो। त्यसक्रममा पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, ‘थाहा छ जगदीशजी तपाईंहरु पुरुष, हामी महिला। तपाईंले एउटा सिन्को भाच्दा, हामीले तीनवटा सिन्का भाच्नुपर्छ, हामी त्यति दु:ख गरेर आएका छौँ, त्यसमा नेपाली महिलाहरुले आफ्नो करियरको लागि जीन्दगीमा गरेको संघर्षको प्रतिक हो।”

सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री खरेलले सरकारले निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने तथा जेनजी आन्दोलनको भावना अनुरुप सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका लागि तीब्रताका साथ काम गरिरहेको उल्लेख गरे। उनले भ्रष्ट्राचार र अनियमिततासम्बन्धी ठूला प्रकृतिका २५ भन्दा बढी फाइल सरकारले अगाडि बढाइसकेको जानकारी दिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन रास्वपाको संसदीय दलको नेतामा चयन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलको नेतामा चयन गर्ने निर्णय गरेको छ। आज...

शपथलगत्तै सर्वोच्च पुगे बालेन शाह

काठमाडौँ । सांसदको शपथ लिएलगत्तै प्रस्तावित प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सर्वोच्च अदालत ...

बालेनलाई संसदीय दलको नेता चयन गर्ने प्रस्ताव केन्द्रीय समितिबाट पारित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिबाट संसदीय दल गठनसम्बन्धी प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ। जारी केन्द्रीय सम...

कानेपोखरीमा टिप्परको ठक्करबाट साइकल यात्रीको मृत्यु

उर्लाबारी। टिप्परको ठक्करबाट मोरङको कानेपोखरी-७ मा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार ब...

कानेपोखरीमा टिप्परको ठक्करबाट साइकल यात्रीको मृत्यु

उर्लाबारी। टिप्परको ठक्करबाट मोरङको कानेपोखरी-७ मा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार ब...

जिबुती तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिदा नौ जनाको मृत्यु, ४५ बेपत्ता

इथियोपिया। जिबुतीको तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिएर दुर्घटनाग्रस्त भए पछि कम्तिमा नौ जना आप्रवासीको मृत्यु हुनुका साथै अन्य ४५ जना बेपत्ता भएको आप...

यातायात कार्यालयका अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। मकवानपुरको हेटौँडा उपमहानगरपालिकास्थित यातायात व्यवस्था कर्याालयमा कार्यरत अधिकृत (छैटौं) अमृत भेटुवालसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा ...

ओलीको निर्देशन: संसद्मा पार्टीकै विचार बोल्नु, ती बाहेक ‘मलाई यस्तो लाग्यो’ भनेर बोल्न मिल्दैन

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई संसद्मा पार्टीका आधिकारिक विचार मात्रै राख्न निर्देशन दिएका छन्। बिहीबार पार्टी केन...

निर्वाचन परिणाम अपत्यारिलो र ‘जादुमय’ देखियो: ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न निर्वाचनको परिणाम ‘जादुमय’ देखिएको टिप्पणी गरेका छन्। बिहीबार नवनिर्वाचित प्रतिनिध...

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले आज सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित सभामा पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रतिनिधिसभा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending