काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिएको छन्।
सञ्चारिका समूह नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको ‘लैंगिक हिंसा र सञ्चार माध्यमको भूमिका’ विषयक अन्तरक्रियामा मन्त्री खरेलले डिजिटल हिंसाबाट जोगिन पत्रकार महिलाको दोहोरो जिम्मेवारी रहेको बताए।
मन्त्री खरेलले भने,“म पत्रकार महिला साथीलाई आग्रह गर्न चाहन्छु, तपाईंहरुको दोहोरो जिम्मेवारी छ। पहिला आफू सुरक्षित रहने र यस क्षेत्रलाई सुरक्षित राख्ने’ पनि दायित्व छ। त्यसैले हाम्रा कन्टेन्ट, स्टोरी र एडभोकेसी कम्तिमा डिजिटल हिसाहावाट मुक्त गर्ने किसिमको हुनुपर्यो।”
सञ्चारमन्त्री खरेलले अहिले लैंगिक हिंसाको प्रवृत्ति र शैली परिवर्तन भएकाले त्यसबाट सुरक्षित रहेर डिजिटल हिंसा विरुद्धका अभियान सञ्चालन गर्न जरुरी भएको उल्लेख गरे। “तपाईं परिवारमाझ हुनुहुन्छ, आफू सुरक्षित रहेको अनुभूति गर्नुहुन्छ, तर तपाईंको मोबाइलमा आइरहेका सामाजिक सञ्जालका विभिन्न सामग्रीले तपाईंलाई असुरक्षित महसुस गराउनसक्छ। त्यसैले डिजिटल माध्यमबाट हुने हिंसाको बहस सुरु गर्नु अपरिहार्य छ। किनकी प्रविधिले सहजतासँगै त्रास पनि ल्याएको छ, यसको सहि सदुपयोग गरिनुपर्छ।”
मन्त्री खरेलले देश र समाज विस्तारै समतालाई आत्मसाथ गर्दै समानताको बाटोमा अघि बढिरहेको तथा आज हरेक हिसाबले महिलाहरु राजनीतिक, निजामती, पत्रकारितामा तथा समाजका विभिन्न पद र प्रतिष्ठामा आइराख्दा यसले ठूलो अर्थ दिने उल्लेख गरे।
सञ्चारमन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाटको संयोजको प्रसङ्ग जोड्दै अगाडि थपे,“संयोगले त्यो भेटघाटको चाजोपाँजो मिलाउने सन्दर्भमा दुई ऐतिहासिक व्यक्तित्वसँग अन्तरंग कुराकानी भयो। त्यसक्रममा पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, ‘थाहा छ जगदीशजी तपाईंहरु पुरुष, हामी महिला। तपाईंले एउटा सिन्को भाच्दा, हामीले तीनवटा सिन्का भाच्नुपर्छ, हामी त्यति दु:ख गरेर आएका छौँ, त्यसमा नेपाली महिलाहरुले आफ्नो करियरको लागि जीन्दगीमा गरेको संघर्षको प्रतिक हो।”
सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री खरेलले सरकारले निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने तथा जेनजी आन्दोलनको भावना अनुरुप सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका लागि तीब्रताका साथ काम गरिरहेको उल्लेख गरे। उनले भ्रष्ट्राचार र अनियमिततासम्बन्धी ठूला प्रकृतिका २५ भन्दा बढी फाइल सरकारले अगाडि बढाइसकेको जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २५ गते, २०८२ - १५:४०
काठमाडौँ । सफ्टवेयर मर्ज गर्न लागिएकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने भएका छन् । ...
मंसिर २५ गते, २०८२ - १५:२०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा कांग्रेस र कम्युनिस्टहरूले ...
मंसिर २५ गते, २०८२ - १५:०६
बनेपा । प्रधानमन्त्री सुशिला कार्कीले गुणस्तरीय उच्च शिक्षा, सीप, रोजगारी र समृद्धिको सपना मुलुकमै सम्बोधित हुने राष्ट्रिय आकाङ्क्षा जेनजी आन्दोलनबाट ...
मंसिर २५ गते, २०८२ - १४:५२
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिएको छन्। ...
मंसिर २५ गते, २०८२ - १४:३६
धुलिखेल । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नहुने व्यवस्था गर्न आफू लागेको बताएकी छन्। बुधबार धुलिखेलमा आयोजित काठमाड...
मंसिर २५ गते, २०८२ - १४:२९
बर्दिया । अवैधरुपमा ओसारपसार गर्दै गरेको चार क्विन्टल ६२ किलोग्राम जडिबुटि टिमुरसहित एक जना पक्राउ परेका छन् । बाँसगढी नगरपालिका वडा-१ चेपाङदेखि टिमुर...
मंसिर २५ गते, २०८२ - १४:२५
लमजुङ। नेकपा (एमाले) को मङ्सिर २७ गतेबाट सुरु हुने ११ औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय नेतृत्वका लागि लमजुङबाट दर्जन बढी नेताहरु आकांक्षी देखिएको छन...
मंसिर २५ गते, २०८२ - १४:१९
कीर्तिपुर । सरकारले सामाजिक सञ्जाल बन्द गरिदिएपछि आम सर्वसाधारण र नयाँ पुस्तालाई मात्र नभई व्यवसाय गर्दै आएका जो कोही पनि नराम्ररी प्रभावित बनेका थिए ...
मंसिर २५ गते, २०८२ - १४:१४
बुटवल । बहुविवाह मुद्दामा जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डीएसपी मधु नेपाललाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रह...
मंसिर २५ गते, २०८२ - १४:१०
काठमाडौँ। मङ्सिर २१ गतेबाट लागु भएको भन्सार ऐनका केही प्रावधानबाट असन्तुष्ट भएका भन्सार एजेन्टहरूले सेवा सुचारु गर्ने भएका छन् । भन्सार विभागका नि...




प्रतिकृया लेख्नुहोस्: