Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

जेनजी आन्दोलनका सहिद परिवारको मागः छानबिन होस् र छिटो न्याय पाइयोस्

खबरडबली संवाददाता

कीर्तिपुर । सरकारले सामाजिक सञ्जाल बन्द गरिदिएपछि आम सर्वसाधारण र नयाँ पुस्तालाई मात्र नभई व्यवसाय गर्दै आएका जो कोही पनि नराम्ररी प्रभावित बनेका थिए । भर्खर कक्षा १२ उत्तीर्ण गरी उच्च शिक्षा हासिल गर्ने सपना बोक्नुभएका कीर्तिपुर नगरपालिका–२ मा पर्ने मैत्रीनगरका पासाङ तामाङलाई पनि साथीभाइसँग भलाकुसारी गरिरहने माध्यम फेसबुक आदि सामाजिक सञ्जाल बन्द भएपछि आक्रोश जाग्नु स्वभाविक नै थियो ।

बौद्धमा क्याफे चलाएर बसेका उनका बाबु बुद्धबहादुर पनि सरकारको सो निर्णयप्रति आक्रोषित बनेका थिए । उनले पनि गत भदौ २३ गते आफ्ना छोरासरहका युवाहरुले गरेको आन्दोलनमा एक्यबद्धता नजनाई रहन सकेनन् । उनी बानेश्वर केन्द्रित आन्दोलनमा सरिक भए । दिन जति बढ्दै थियो, आन्दोलन पनि उति नै चर्किरहेको थियो । जुलुस अन्तरराष्ट्रिय सम्मेलन केन्द्रतर्फ लागेको थियो, प्रहरी र प्रदर्शनकारीबिच मुठभेड सुरु भएको खबर आउन थालेका थिए । पासाङ आफ्नी हजुरआमा लक्ष्मीलाई आन्दोलनको खबर बेला बेलामा दिइरहन्थे र मोबाइलमा फोटो पनि देखाउँदै थिए ।

अपराह्नतिर आन्दोलनमा जब गोली चल्न थाल्यो, घाइते र मृतकका फोटोहरु पनि धमाधम आउन थाले । एकपछि अर्को मानवीय क्षतिको समाचार आउन थाले । त्यसपछि आमा लक्ष्मीको मनमा छोरा बुद्धिबहादुर बौद्धको क्याफेमै छन् कि आन्दोलनमा गए भन्ने कुराले खुल्दुली मच्चियो । लक्ष्मी र पासाङले आ–आफ्ना मोबाइलबाट धेरै पटक बुद्धिबहादुरलाई फोन गर्नुभयो तर फोन उठेन । फोन गर्नासाथ उठाइहाल्ने वा केही बेरैमै कल फर्काउने बुद्धिबहादुरको फोन नउठेपछि परिवारमा चिन्ताको बादल मडरिनु स्वभाविक थियो ।

आन्दोलन चर्किएसँगै सरकारले कफ्र्युको घोषणा गरिसकेको थियो । हिँडडुल गर्न सहज थिएन । कसलाई कहाँ भनेर बाबासँग सम्पर्क गर्ने भन्ने छटपटीमा थिए पासाङ । बाबु विष्णुबहादुर, पत्नी मीरा, भाइबुहारी सुनितालगायतका सबै परिवार सदस्यले यताउता फोन गरेर सम्पर्क गर्न खोजे तर पत्ता लागेन ।

छोरासँग सम्पर्क हुन नसकेको चिन्ताबिच अबेर राति कोठातर्फ गएका तामाङ दम्पतीलाई निद्रा पर्ने त कुरै भएन । बरु ११: ०० बजेतिर नाति पासाङले ढोका ढक्ढक्याउँदै मोबाइलमा आन्दोलनको एउटा फोटो देखाएर ‘यो त बाबाको फोटोजस्तो छ’ भनेर देखाउन आइपुगे । नभन्दै त्यो फोटो बुद्धिबहादुरकै थियो । त्यसपछि बल्ल तामाङ परिवारले आफ्नो जेठा छोरा दिउँसै आन्दोलनमा गोली लागेर सहिद भएको थाहा पाए । रातभर रुवावासी चल्यो । वल्लोपल्लो घरका मानिसहरु सान्त्वना दिन आए । अकस्मात् आइपरेको यस्तो बज्रपात सहनुबाहेक परिवारमा अर्को विकल्प थिएन ।

बुबा विष्णुबहादुर कर्फ्युका बिच छिमेकीलाई बोलाएर ट्रमा सेन्टरतर्फ दौडिए । छोराको शव भेटेपछि उनी धेरैबेर रोए, कराए । उनीजस्तै परिवारको सदस्य गुमाएका अरु मानिसहरुलाई पनि त्यहाँ देखेपछि उनी विस्तारै सम्म्हालिए । परिस्थतिलाई सम्हाल्नु नै पर्ने थियो । बुद्धिबहादुरको शरीरका विभिन्न भागमा ६ वटा गोली लागेको थियो । “हामी कसैले पनि दाइ९जेठाजु०को शव हेर्न सकेनौँ । बुबाले नै परिस्थितिलाई सम्हाल्नुभयो”, विष्णुकी कान्छी बुहारी सुनिता भनिन् ।

आमा लक्ष्मी भने अझै पनि छोराको कुरा कसैले उप्काउने बित्तिकै भावुक बन्छिन् । पुत्र वियोग सहनु कुनै पनि आमाका लागि सामान्य घटना हुँदैन । “केही वर्ष विदेश बसेर घर फर्की अब देशमै बसेर आफ्नै काम गर्छु भनेर बौद्धमा क्याफे खोलेर बसेको थियो । भर्खरैको अल्लारे केटो पनि होइन । किन जानुपरेको होला त्यो आन्दोलनमा रु” उनको प्रश्नको उत्तर कसैसँग छैन ।

विष्णुको परिवार धेरै वर्षअघि टिस्टुङबाट कीर्तिपुर नपा–२ स्थित मैत्रीनगरमा बसोबास गर्दै आएको थियो । परिवारमा पत्नी र दुई छोरा थिए । खासगरी पर्यटक ओसार्ने सवारी साधन चलाएर दशकौँ बिताएका उनले जसोतसो परिवार चलाउँदै आएका थिए । बूढेसकालमा पुत्रशोक बोक्नुपर्ला भन्ने विष्णु दम्पतीले कल्पना पनि गरेको थिएन । ४१ वर्षका बुद्धिबहादुरले बौद्धमा क्याफे खोलेर छरसात जना युवालाई रोजगारी दिइरहेका  थिए । क्याफेमै काम गर्ने तिनै युवाहरुको उक्साहटमा उनी भदौ २३ गते क्याफे बन्द गरेर बानेश्वरतर्फ लागेका थिए ।

बुद्धिबहादुरको निधनपछि आमा लक्ष्मी र पत्नी मीरा, जेठा छोरा पासाङ र कक्षा ८ पढ्दै गरेका कान्छा छोरासहितको परिवारको खम्बा ढलेको छ । खासगरी पत्नी मिराको काँधमा बुद्धिले सम्हालेका सबै जिम्मेवारी र दायित्व आइलागेको छ । बुद्धिबहादुरले बौद्ध र तीन थानामा चलाएको क्याफेको व्यवस्थापन, भर्खरै १२ कक्षा सकेका जेठा छोरा र कक्षा आठमा पढ्दै गरेका कान्छा छोराको पढाइ तथा सासू ससुराको लालनपालन गर्नुपर्ने मीराको दायित्व छ ।

छोरा बितेपछि बौद्ध परम्पराअनुसार काज किरियामा व्यस्त रहेकै बेला नयाँ सरकार बन्यो । बुद्धिबहादुरलगायत आन्दोलनमा मारिएकालाई सहिद घोषणा गरियो । परिवारलाई समवेदना दिन प्रधानमन्त्री सुशीला कार्की स्वयम् मैत्रीनगर पुगेका थिए । प्रम कार्कीले परिवारलाई सान्वना मात्र दिइनन्, बुद्धिका दुई छोराहरुको शिक्षादीक्षा, पत्नी मीराको जीविकोपार्जन लागि सरकारले पहल गरिदिनेसमेत बताएपछि शोकाकूल परिवारलाई ठूलो आत्मबल मिलेको थियो । साथै, दोषीलाई कारबाहीको दायरामा ल्याउने र न्यायका लागि आफूले कुनै सम्झौता नगर्ने प्रधानमन्त्रीको अभिव्यक्तिले सहिद परिवारलाई आश्वासन मिलेको थियो ।

सरकारका अर्का मन्त्री कुलमान घिसिङ दुई पटकसम्म पुगेका थिए । उनले पनि सहिद परिवारलाई सहयोग गर्न र न्याय दिन लागिपर्ने बताए । कीर्तिपुरका नगरप्रमुख कृष्णमान डङ्गोलले छोराछोरीको शिक्षादीक्षा र रोजगारीका लागिसमेत नगरपालिकामार्फत सहयोग गर्ने वचन दिएका थिए ।

यस्तै विभिन्न सामाजिक र व्यावसायिक सङ्घसंस्थाले समेत तामाङ परिवारलाई आवश्यक सहयोग दिने तत्परता देखाएका छन् । कान्छा छोरालाई गोल्यान समूहले कक्षा १२ सम्म पढाइदिने भएको छ भने जेठो छोरालाई कीर्तिपुर नगरपालिका प्रमुख डङ्गोलले कीर्तिपुरकै सहिद स्मारक कलेजमा पढाइदिने र नगरले सम्पूर्ण खर्च ब्यहोर्ने आश्वासन दिएका थिए  । गृहिणीको भूमिकामा मात्र रहेकी मीरालाई पतिको व्यवसाय अघि बढाउन वा कुनै रोजगारी गर्न सजिलो छैन भन्ने थाहा छ । त्यसैले आफूलाई भन्दा छोराको भविष्य सुनिश्चित हुने व्यवस्था होस् भन्ने चाहनुहुन्छ ।

“हामीलाई चाहीँ राज्यले सहयोग गर्छ गर्दैन भन्दा पनि महत्वपूर्ण प्रश्न न्याय छिटो पाइन्छ कि पाइँदैन भन्ने हो”, बुबा विष्णुबहादुर भन्छन् । घटनाको राम्रोसँग छानबिन गरी दोषीलाई कारबाही गरिनुपर्नेमा उनको जोड छ । उनले अहिले पनि जेन्जी आन्दोलनमा सहिद हुनेका परिवारको सम्पर्कमा रहेका छन् । उनीहरुले एउटा संंयोजन समिति पनि बनाएका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन रास्वपाको संसदीय दलको नेतामा चयन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलको नेतामा चयन गर्ने निर्णय गरेको छ। आज...

शपथलगत्तै सर्वोच्च पुगे बालेन शाह

काठमाडौँ । सांसदको शपथ लिएलगत्तै प्रस्तावित प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सर्वोच्च अदालत ...

बालेनलाई संसदीय दलको नेता चयन गर्ने प्रस्ताव केन्द्रीय समितिबाट पारित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिबाट संसदीय दल गठनसम्बन्धी प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ। जारी केन्द्रीय सम...

कानेपोखरीमा टिप्परको ठक्करबाट साइकल यात्रीको मृत्यु

उर्लाबारी। टिप्परको ठक्करबाट मोरङको कानेपोखरी-७ मा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार ब...

कानेपोखरीमा टिप्परको ठक्करबाट साइकल यात्रीको मृत्यु

उर्लाबारी। टिप्परको ठक्करबाट मोरङको कानेपोखरी-७ मा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार ब...

जिबुती तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिदा नौ जनाको मृत्यु, ४५ बेपत्ता

इथियोपिया। जिबुतीको तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिएर दुर्घटनाग्रस्त भए पछि कम्तिमा नौ जना आप्रवासीको मृत्यु हुनुका साथै अन्य ४५ जना बेपत्ता भएको आप...

यातायात कार्यालयका अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। मकवानपुरको हेटौँडा उपमहानगरपालिकास्थित यातायात व्यवस्था कर्याालयमा कार्यरत अधिकृत (छैटौं) अमृत भेटुवालसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा ...

ओलीको निर्देशन: संसद्मा पार्टीकै विचार बोल्नु, ती बाहेक ‘मलाई यस्तो लाग्यो’ भनेर बोल्न मिल्दैन

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई संसद्मा पार्टीका आधिकारिक विचार मात्रै राख्न निर्देशन दिएका छन्। बिहीबार पार्टी केन...

निर्वाचन परिणाम अपत्यारिलो र ‘जादुमय’ देखियो: ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न निर्वाचनको परिणाम ‘जादुमय’ देखिएको टिप्पणी गरेका छन्। बिहीबार नवनिर्वाचित प्रतिनिध...

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले आज सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित सभामा पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रतिनिधिसभा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending