काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग सहकार्य गर्दै प्रभावकारी नतिजा दिने प्रतिवद्धता व्यक्त गरेका छन्।
सर्वोच्च अदालतको परमादेशपछि बुधबार प्राधिकरणमा कार्यभार सम्हाल्दै शाक्यले भने, “मेरो कार्यकाल अब साढे तीन वर्ष बाँकी छ। यस अवधिमा प्राधिकरणलाई उत्कृष्ट नतिजासहित अगाडि बढाउनेछु। आगामी दिनमा सरकारसँग मिलेर नै काम गर्नेछु।”
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले कुनै विधि–विधान नअपनाई आफूलाई हटाएको भन्दै परेको रिटमा अदालतले मन्त्रिपरिषद्को ५ असोजको निर्णय खारेज गरेसँगै शाक्य पुन: प्राधिकरण फर्किएका हुन्। सो निर्णय सर्वोच्चले सोमबार उल्टाएपछि मंगलबार आदेश प्राधिकरण पुगेको र बुधबार उनले हाजिर गरेका हुन्।
शाक्यले अबको कार्यकालमा दिगो, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति प्रमुख प्राथमिकता रहने बताए। उनका अनुसार, 'लामो समय प्राधिकरणले आफ्नै उत्पादन बढाएन, कम्पनीहरू मार्फत मात्र विद्युत् उत्पादित भयो। अबका दिनमा प्राधिकरण आफैले पनि विद्युत् उत्पादन विस्तार गर्छ।'
कार्यकारी निर्देशक भएकै कारण आफू आक्रमणको निशानामा परे पनि नआत्तिएको शाक्यले स्पष्ट पारे। 'म प्राधिकरणमा तीन दशकभन्दा बढी समयदेखि निरन्तर सेवा गरिरहेको मान्छे हुँ। चाहे जेसुकै परिस्थिति आए पनि म संस्थाको र देशको सेवामा लागिरहनेछु,' उनले भने।
‘यसपटक अदालतले समयमा सुनुवाइ गरे, न्याय पाएँ’ शाक्यले सर्वोच्च अदालतप्रति आभार व्यक्त गर्दै भने 'अघिल्लो कार्यकालमा मेरो मुद्दा ३५ पटक पेसी सारिएको थियो। तर यसपटक अदालतले समयमै सुनुवाइ गरिदिँदा न्याय पाएको महसुस भएको छ।'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २५ गते, २०८२ - १२:५८
काठमाडौं। सहकारी विभागले सबै सहकारी संस्थाका सञ्चालकहरूलाई दोहोरो वा तेहरो पद सम्हाल्न नपाइने स्पष्ट निर्देशन जारी गरेको छ। यसका अनुसार, प्रत्येक व्यक...
मंसिर २५ गते, २०८२ - १२:३०
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार नै रहेको बताएको छिन् । बुधवार ७७औँ अन्तर्राष्ट्रिय मानवअधिकार दि...
मंसिर २५ गते, २०८२ - ११:५६
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग सहकार्य गर्दै प्रभावकारी नतिजा दिने प्रतिव...
मंसिर २५ गते, २०८२ - ११:३५
हुम्ला। जिल्लाको एउटा विद्यालयले शिक्षक नियुक्तिका लागि पाँचौँ पटक विज्ञापन गर्दा पनि कसैको निवेदन परेको छैन । सर्केगार्ड गाउँपालिका–१ को जैर गाउँको स...
मंसिर २५ गते, २०८२ - ११:२२
काठमाडौं । सर्वोच्च अदालतको परमादेशपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले औपचारिक रूपमा कार्यभार सम...
मंसिर २५ गते, २०८२ - ११:०७
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई काठमाडौं–४ बाट सर्वसम्मत रूपमा एकल सिफारिस गरिएको छ। प्रतिनिधिस...
मंसिर २५ गते, २०८२ - १०:५२
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। भण्डारीले सामाजिक सञ...
मंसिर २५ गते, २०८२ - १०:४४
धनगढी। कैलालीमा बाक्लो हुस्सु लाग्न थालेको छ । हिउँदे याम सुरु भएसँगै बिहानपख बाक्लो हुस्सु लाग्न थालेको हो । जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका ...
मंसिर २५ गते, २०८२ - १०:३४
रौतहट। रौतहटको चन्द्रनिगाहपुरमा रहेको डिभिजन वन कार्यालयमा मङ्गलबार साँझ तोडफोड भएको छ । रंगपुर साझेदारी वन उपभोक्ता समूहका पदाधिकारीहरुले कार्यालय सम...
मंसिर २४ गते, २०८२ - १७:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी गरेको आरोपमा तीन जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ। भदौ ...




प्रतिकृया लेख्नुहोस्: