काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक प्रणालीभित्रै बसेर चुनाव गरिँदा मुलुक अघि बढ्छ भन्ने सोच केवल भ्रम भइरहेको बताएका छन्। मंगलबार राजधानीमा आयोजित सभालाई सम्बोधन गर्दै उनले एउटा व्यक्तिलाई सत्तामा राख्ने र अर्को व्यक्तिलाई हटाउने मनसायले जेनजी आन्दोलन नभएको बताए। ‘एउटा नेपालीले आफ्नै संसद् भवन जलाउने, आफ्नै अदालत तोडफोड गर्ने आक्रोश एउटा मान्छे फेर्नका लागि मात्र थिएन,’ उनले भने, ‘अब यही प्रणालीमा चुनाव गरेर मुलुक अघि बढ्छ भन्ने सोच्नु भ्रम हो।’
वर्तमान सरकार गठन हुने प्रक्रियादेखिनै राप्रपाले आफ्ना सुझावहरू दिएको उनले उल्लेख गरे। ‘यो सरकार बन्ने बेलामै हामीले भन्न खोजेका थियौँ— यो विद्रोह ०८४ वर्षमा हुने चुनाव ०८२ मा गर्नकै लागि थिएन। केही आधारभूत कुरा सुनिश्चित गरेर मात्र अघि बढ्नुपर्छ,’ उनले बताए।
लिङ्देनले निर्वाचन प्रणाली, राज्य संरचना, शासकीय प्रणाली र संवैधानिक अंगका नियुक्तिबारे टुंगो लगाएर अघि जानुपर्नेमा जोड दिए। उनका अनुसार, जेनजी आन्दोलनको माग सम्बोधन नभई पुन: उही व्यवस्था र उही प्रणालीबाट अघि बढ्न खोजिनु प्रतिगमन हो।
फागुन २१ गते यही व्यवस्था अन्तर्गत निर्वाचन गर्नु समस्याको समाधान नभई केवल समय धकेल्ने काम मात्र भएको उनले दाबी गरे। ‘यो समस्याको समाधान होइन। यसले अझ ठूलो विनाश निम्त्याउन सक्छ,’ लिङ्देनले चेतावनी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २४ गते, २०८२ - १६:४९
काठमाडौँ। सरकारले उखुको न्युनतम खरिद मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ६२० निर्धाण गर्ने निर्...
मंसिर २४ गते, २०८२ - १६:४५
विद्या भण्डारीलाई ‘धामीझाँक्री’ भनेर व्यंग्य गरेको प्रति कडा आपत्ति
मंसिर २४ गते, २०८२ - १६:२१
काठमाडौँ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, दाङका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । ठेक्कामा बढी कबोल रकम गरे...
मंसिर २४ गते, २०८२ - १६:१२
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो क्वालिफायरअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा विराटनगर किङ्सले टस जितेर पहिला बलिङ रोजेको छ । की...
मंसिर २४ गते, २०८२ - १५:५४
काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले कैलाली–५ बाट पूर्वपरराष्ट्रमन्त्री डा। आरजु राणा देउवाको नाम प्रत्यक्षतर्फ सिफारिस गरे...
मंसिर २४ गते, २०८२ - १५:४६
काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश ख...
मंसिर २४ गते, २०८२ - १५:४०
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक प्रणालीभित्रै बसेर चुनाव गरिँदा मुलुक अघि बढ्छ भन्ने ...
मंसिर २४ गते, २०८२ - १५:०१
मोरङ। मोरङको रतुवामाई नगरपालिकाले आन्तरिक आम्दानी नभएका नगर क्षेत्र सामुदायिक विद्यालयले खपत गर्ने विद्युत महसुल भुक्तानी गर्न राहत रकम उपलब्ध गराएको ...
मंसिर २४ गते, २०८२ - १४:५०
कावासोती। जेनजी आन्दोलनका क्रममा कारागार तोडेर भाग्ने क्रममा बेपत्ता भएका मध्ये पूर्वी नवलपरासीबाट ४८ जना पक्राउ गरि कारागार चलान गरिएको छ । पूर्व...
मंसिर २४ गते, २०८२ - १४:२६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मङ्गलबार काठमाडौंमा ‘नवीन समझदारीका लागि दबाब’ दिने उद्देश्यसहित विरोध कार्यक्रम आयोजना गरेको छ। उ...




प्रतिकृया लेख्नुहोस्: