काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता तथा नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु भएको छ।
प्रसाईंले अघि सारेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक सुरक्षासम्बद्ध मुख्य बुँदाहरूमा विस्तृत छलफल भइरहेकु अधिकारीहरूले बताएका छन्। वार्तामा प्रधानमन्त्री कार्कीसँगै गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी छन्। प्रसाईंको तर्फबाट भने १९ जना प्रतिनिधि उपस्थित छन्।
राजनीतिक रूपमा संवेदनशील र तनावयुक्त अवस्थाबीच भएको यस भेटघाटलाई नयाँ मोड ल्याउने सम्भावनाका रूपमा हेरिएको छ। प्रधानमन्त्री कार्कीको निर्देशनअनुसार समसामयिक राजनीतिक तथा सामाजिक विषयमा छलफल गर्न प्रसाईंलाई मंसिर २२ गतेको समय दिइएको थियो।
वार्ताका क्रममा प्रसाईंले आफ्नो समूहले गत मंसिर ६ गतेदेखि राख्दै आएका मागहरूको कार्यहरू समयमै पूरा नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनका अनुसार मागहरूको कार्यान्वयनका लागि सरकारको तत्कालीन प्रतिबद्धता पूर्ण रूपमा पूरा हुन सकेको छैन।
प्रधानमन्त्रीसँगको छलफलमा शान्ति–सुरक्षा, राष्ट्रियता तथा धार्मिक स्वतन्त्रताका मुद्दाहरूलाई विशेष प्राथमिकता दिइएको प्रसाईं समूहका नेताहरूले जनाएका छन्।
प्रसाईंले प्रस्तुत गरेको २७ बुँदे मागपत्रमा—
वर्तमान संविधान पूर्ण रूपमा खारेज गरी नयाँ संविधान निर्माण,
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख प्रणाली,
राजसंस्था पुनर्स्थापना,
नेपाललाई हिन्दु राज्यको रूपमा पुनर्परिभाषित गर्ने,
विदेशी प्रभाव रोक्ने,
सार्वजनिक शान्तिमा खलल पार्ने गतिविधि नियन्त्रण,
नागरिक स्वतन्त्रताको सुनिश्चितता— जस्ता मागहरू समावेश छन्।
यी मागहरू गत मंसिर ६ गते गृहमन्त्री अर्याललाई बुझाइएको थियो। सरकारको तर्फबाट भने यस्ता राजनीतिक परिवर्तनका मागहरू चुनावी प्रक्रियामार्फत मात्र सम्बोधन गर्न सकिने सुझाव दिइएको थियो।
प्रसाईं समूहले मागहरू तत्काल सम्बोधन नभए चरणवद्ध आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी समेत दिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १८ गते, २०८२ - १७:२६
दमक। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापाको दमकमा मजदुरहरूसँग भेटघाट गरेको छन्। दमक –४ मा रहेको एक्सन फुट वयेरमा ...
फाल्गुन १८ गते, २०८२ - १७:१७
दमक। नेकापा (एमाले)का उपमहासचिव योगेश भट्टराईले देशलाई मियोबिनाको दाइँ हुनबाट रोक्न नेकपा (एमाले) को जित अनिवार्य रहेको बताएको छन्् । झापा ५ को दमकमा ...
फाल्गुन १८ गते, २०८२ - १७:००
काठमाडौं । रामेछाप जिल्लामा मतपेटिका तथा अन्य निर्वाचन सामग्री बोकेर कर्मचारी र सुरक्षाकर्मी सवार गाडी दुर्घटनामा परेको छ। जिल्ला प्रहरी कार्यालय, ...
फाल्गुन १८ गते, २०८२ - १६:५३
भक्तपुर। भक्तपुरमा परम्परागत बाजा गाजासहित होली मनाइएको छ । भक्तपुर दरबार क्षेत्रमा फागु पूर्णिमाको दिनमा स्थानीय होली मनाएर रमाएका हुन् । स्थानीय ...
फाल्गुन १८ गते, २०८२ - १६:४४
महोत्तरी । महोत्तरी जिल्ला क्षेत्र नं. १ का उज्यालो नेपाल पार्टीका उम्मेदवार मनोजकुमार गुप्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन्। कुलम...
फाल्गुन १८ गते, २०८२ - १६:३९
नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रचारप्रसार गर्ने अन्तिम दिन सोमबार बाँकेका अधिकांश दल र उम्मेदवारले र्यालीमार...
फाल्गुन १८ गते, २०८२ - १६:०४
बेरुत। लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगर र दक्षिणका विभिन्न क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा ३१ जनाको मृत्यु हुनुका साथै १४९ जना घाइते भएको ...
फाल्गुन १८ गते, २०८२ - १५:५३
नैरोबी। डक्टरस विदाउट बोर्डर्स (एमएसएफ) पछिल्लो समयमा दक्षिण सुडानमा हिंसा बढेपछि आफ्ना २६ जना कर्मचारी बेपत्ता भएको सोमबार बताएको छ । “लन्किएन र पिये...
फाल्गुन १८ गते, २०८२ - १५:४५
काठमाडौँ । आसन्न प्रतिधिसिभा सदस्य निर्वाचन अन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिँदैछ । निर्वाचन आयोगले दल तथा उम्...
फाल्गुन १८ गते, २०८२ - १५:३१
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी ध्रुवीकरण आजको आवश्यकता भएको बताएको छन्। वामपन्थी पृष्ठभूमिका व्यक्...



प्रतिकृया लेख्नुहोस्: