Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

खबरडबली संवाददाता

विराटनगर। काठमाडौंको नख्खु कारागारबाट भागेका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । 

जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेका ५५ वर्षे निपुन गुप्तालाई मोरङ प्रहरीको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार भारत घर भएका मनोरला गुप्ताका छोरा निपुन गुप्ता गत भदौ २४ गते नख्खु कारागारबाट फरार भएको र तीन महिनापछि विराटनगरबाट पक्राउ परेका हुन् । 

लामो समयदेखि फरार रहेका गुप्ता मोरङको विराटनगर महानगरपालिका वडा ७ मा लुकिछिपी बसिरहेको सूचना प्रहरीले प्राप्त गरेको थियो । सोही सूचनाका आधारमा प्रहरीले आइतबार राति उनलाई पक्राउ गरेको छ । पक्राउ परेका उनलाई नख्खु कारागार पठाइने प्रहरीले जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन सुरक्षा तयारीबारे केन्द्रीय सुरक्षा समितिको बैठक, सामाजिक सञ्जालको दुरुपयोग रोक्न कडा निगरानी

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। बुधबार गृह मन्त्रालयमा बसेको बैठकले फागुन २१ गते हुने निर्...

ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता

ललितपुर । प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुरमा ७४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार विभिन्न राजनीतिक दल तथा स्...

रसुवा भन्सारबाट दुई सातामा १ अर्ब ५६ करोडको कारोबार

काठमाडौँ । रसुवा भन्सार नाकाबाट २ अर्ब ३ करोड ५७ लाख ८९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने ६ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको वस्तु निर्यात...

अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई गर्याे डिपोर्ट

काठमाडौं । अमेरिकाले मंगलबार फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ। चाटर्ड विमानमार्फत उनीहरूलाई काठमाडौं ल्याएर छाडिएको हो। अध्यागमन विभागक...

६ महिनामा सार्वजनिक ऋण १ खर्ब ३२ अर्बले बढ्यो

काठमाडौँ । पछिल्लो ६ महिनामा देशको सार्वजनिक ऋण १ खर्ब ३२ अर्ब रुपैयाँभन्दा बढीले बढेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/...

‘राइट टु रिजेक्ट’ कार्यान्वयन नभएकोमा सर्वोच्चले निर्वाचन आयोगसँग जवाफ माग्यो

काठमाडौँ । निर्वाचनमा उम्मेदवारलाई ‘राइट टु रिजेक्ट’को व्यवस्था कार्यान्वयन नगरेको भन्दै सर्वोच्च अदालतले निर्वाचन आयोगसँग लिखित जवाफ मागेको छ। न्य...

भारतीय वायुसेनाको प्रशिक्षण विमान दुर्घटना

काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा भारतीय वायुसेनाको प्रशिक्षणमा रहेको एक विमान दुर्घटनामा परेको छ। उक्त दुर्घटना मंगलबार दिउँसो भएको हो।...

साफ यु–१९ महिला च्याम्पियनसिप : नेपाली टोलीको घोषणा

काठमाडौँ। पोखरामा यही जनवरी ३१ देखि फेब्रुअरी ७ तारिखसम्म आयोजना हुने साफ यु–१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल ...

पतञ्जलि जग्गा प्रकरण: माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा मिसिल झिकाउन अदालतको आदेश

काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित दायर भ...

कमल गाउँपालिकाका कांग्रेस सचिव बुढाथोकी पाटी परित्याग गरि रास्वपा प्रवेश

झापा । झापा क्षेत्र नम्बर ५ का कमल गाउँपालिकाका नेपाली कांग्रेसका सचिव महेन्द्र बुढाथोकी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० प्रवेश गरेका छन् । बुढाथ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending