Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

अंशुको हत्यामा संलग्न भएको अभियोगमा एक जना पक्राउ

खबरडबली संवाददाता

उर्लाबारी। असोज २१ साँझ मोरङको लेटाङ नगरपालिका-२, स्कुलचोकबाट बेपत्ता भएकी १३ वर्षीया अंशु गौतमको हत्यामा संलग्न भएको अभियोगमा मोरङ प्रहरीले एकजनालाई  पक्राउ गरेको छ। 

प्रहरीले लामो खोज अनुसन्धान पछि घटनामा संलग्न गौतमकै छिमेकी ५५ वर्षीय पदमबहादुर अधिकारीलाई पक्राउ गरेको हो । 

आइतबार प्रहरीले बिहान ११ बजे पत्रकार सम्मेलन गरेर पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गर्दैछ ।घटना के थियो ? अशु गौतम घर नजिकै पिङ हालेको स्थानबाट बेपत्ता भएको थियो । बेपत्ता भएको १८ दिनपछि बेलबारी चिसाङ साझेदारी वनभित्र क्षतविक्षत अवस्थामा शव फेला परेको थियो  । 

शरीर र टाउको छुट्टिएको र कपडा नभएको अवस्थामा भेटिएको शवको पहिचान घटनास्थलमा फेला परेको चप्पल र कपडाका आधारमा भयो ।

उनले लगाएको कपडाका आधारमा आफन्तले शवको पहिचान गरेको प्रहरीले जनाएको छ । डीएनए परीक्षण गर्दा अंशुकै शव भएको पुष्टि भयो । 

शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गर्यो । प्रारम्भिक अनुसन्धानका क्रममा बलात्कारपछि हत्या भएको अनुमान गरियो । 

तर प्रहरी निष्कर्षमा पुग्न सकेको थिएन । यद्यपि लामो खोज अनुसन्धानपछि प्रहरीले हत्यारा पत्ता लगाउन सफल भएको छ ।१३ वर्षीया अंशुसँग मोबाइल थिएन । 

घरदेखि केही पर रहेको पिङसम्म पुगेको छिमेकीले देखेका थिए । असोज २१ गते  बेलुका साढे ५ बजेसम्म उनलाई देख्नेहरू छन् ।

त्यसपछि कसैले देखेनन्। घर नआएपछि राति स्थानीयले खोजी गरे ।नभेटेपछि आफन्त प्रहरीसम्म पुगे । सामाजिक सञ्जाल र सोधपुछमार्फत स्थानीय र प्रहरीले खोजी गरे । 

लेटाङ २ का वडाध्यक्ष तेजप्रसाद तिम्सिना पूर्व प्रहरीसमेत रहेकोले उनले सबै संयन्त्र प्रयोग गरेर खोजी कार्य अघि बढाए।

तर बेपत्ता भएको १८ दिनपछि जङ्गलमा दाउरा खोज्नेहरूले सडेको शव भेटेका थिए ।शवको पोस्टमार्टमपछि प्रहरीले आफन्तलाई शव  बुझाउन सकेको छैन । 

आफन्तले न्याय नपाएसम्म शव नबुझ्ने अडान लिएका छन्, जसका कारण शव  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमै राखिएको छ ।

मोरङ प्रहरी प्रमुख कवित कटवाल घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरोसहितको टोली खटिएपछि अभियुक्त पत्ता लाग्न सफल भएको हो ।

उनका अनुसार शव सडिसकेको र घटनाको प्रकृतिका कारण अनुसन्धानमा जटिलता थियो । स्थानीयको दाबी भने बलात्कारपछि हतियार प्रयोग गरेर हत्या भयो भन्ने थियो ।

 शरीर र टाउको छुट्टिनुले शङ्का बढायो । अङ्गहरू छुट्टाछुट्टै हुनुको कारण जङ्गली जनवारको आक्रमण पनि हुनसक्ने प्रहरीले आशङ्का गरेको थियो। अंशु स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा पढ्दै  थिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन सुरक्षा तयारीबारे केन्द्रीय सुरक्षा समितिको बैठक, सामाजिक सञ्जालको दुरुपयोग रोक्न कडा निगरानी

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। बुधबार गृह मन्त्रालयमा बसेको बैठकले फागुन २१ गते हुने निर्...

ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता

ललितपुर । प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुरमा ७४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार विभिन्न राजनीतिक दल तथा स्...

रसुवा भन्सारबाट दुई सातामा १ अर्ब ५६ करोडको कारोबार

काठमाडौँ । रसुवा भन्सार नाकाबाट २ अर्ब ३ करोड ५७ लाख ८९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने ६ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको वस्तु निर्यात...

अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई गर्याे डिपोर्ट

काठमाडौं । अमेरिकाले मंगलबार फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ। चाटर्ड विमानमार्फत उनीहरूलाई काठमाडौं ल्याएर छाडिएको हो। अध्यागमन विभागक...

६ महिनामा सार्वजनिक ऋण १ खर्ब ३२ अर्बले बढ्यो

काठमाडौँ । पछिल्लो ६ महिनामा देशको सार्वजनिक ऋण १ खर्ब ३२ अर्ब रुपैयाँभन्दा बढीले बढेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/...

‘राइट टु रिजेक्ट’ कार्यान्वयन नभएकोमा सर्वोच्चले निर्वाचन आयोगसँग जवाफ माग्यो

काठमाडौँ । निर्वाचनमा उम्मेदवारलाई ‘राइट टु रिजेक्ट’को व्यवस्था कार्यान्वयन नगरेको भन्दै सर्वोच्च अदालतले निर्वाचन आयोगसँग लिखित जवाफ मागेको छ। न्य...

भारतीय वायुसेनाको प्रशिक्षण विमान दुर्घटना

काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा भारतीय वायुसेनाको प्रशिक्षणमा रहेको एक विमान दुर्घटनामा परेको छ। उक्त दुर्घटना मंगलबार दिउँसो भएको हो।...

साफ यु–१९ महिला च्याम्पियनसिप : नेपाली टोलीको घोषणा

काठमाडौँ। पोखरामा यही जनवरी ३१ देखि फेब्रुअरी ७ तारिखसम्म आयोजना हुने साफ यु–१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल ...

पतञ्जलि जग्गा प्रकरण: माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा मिसिल झिकाउन अदालतको आदेश

काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित दायर भ...

कमल गाउँपालिकाका कांग्रेस सचिव बुढाथोकी पाटी परित्याग गरि रास्वपा प्रवेश

झापा । झापा क्षेत्र नम्बर ५ का कमल गाउँपालिकाका नेपाली कांग्रेसका सचिव महेन्द्र बुढाथोकी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० प्रवेश गरेका छन् । बुढाथ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending