Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

अंशुको हत्यामा संलग्न भएको अभियोगमा एक जना पक्राउ

खबरडबली संवाददाता

उर्लाबारी। असोज २१ साँझ मोरङको लेटाङ नगरपालिका-२, स्कुलचोकबाट बेपत्ता भएकी १३ वर्षीया अंशु गौतमको हत्यामा संलग्न भएको अभियोगमा मोरङ प्रहरीले एकजनालाई  पक्राउ गरेको छ। 

प्रहरीले लामो खोज अनुसन्धान पछि घटनामा संलग्न गौतमकै छिमेकी ५५ वर्षीय पदमबहादुर अधिकारीलाई पक्राउ गरेको हो । 

आइतबार प्रहरीले बिहान ११ बजे पत्रकार सम्मेलन गरेर पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गर्दैछ ।घटना के थियो ? अशु गौतम घर नजिकै पिङ हालेको स्थानबाट बेपत्ता भएको थियो । बेपत्ता भएको १८ दिनपछि बेलबारी चिसाङ साझेदारी वनभित्र क्षतविक्षत अवस्थामा शव फेला परेको थियो  । 

शरीर र टाउको छुट्टिएको र कपडा नभएको अवस्थामा भेटिएको शवको पहिचान घटनास्थलमा फेला परेको चप्पल र कपडाका आधारमा भयो ।

उनले लगाएको कपडाका आधारमा आफन्तले शवको पहिचान गरेको प्रहरीले जनाएको छ । डीएनए परीक्षण गर्दा अंशुकै शव भएको पुष्टि भयो । 

शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गर्यो । प्रारम्भिक अनुसन्धानका क्रममा बलात्कारपछि हत्या भएको अनुमान गरियो । 

तर प्रहरी निष्कर्षमा पुग्न सकेको थिएन । यद्यपि लामो खोज अनुसन्धानपछि प्रहरीले हत्यारा पत्ता लगाउन सफल भएको छ ।१३ वर्षीया अंशुसँग मोबाइल थिएन । 

घरदेखि केही पर रहेको पिङसम्म पुगेको छिमेकीले देखेका थिए । असोज २१ गते  बेलुका साढे ५ बजेसम्म उनलाई देख्नेहरू छन् ।

त्यसपछि कसैले देखेनन्। घर नआएपछि राति स्थानीयले खोजी गरे ।नभेटेपछि आफन्त प्रहरीसम्म पुगे । सामाजिक सञ्जाल र सोधपुछमार्फत स्थानीय र प्रहरीले खोजी गरे । 

लेटाङ २ का वडाध्यक्ष तेजप्रसाद तिम्सिना पूर्व प्रहरीसमेत रहेकोले उनले सबै संयन्त्र प्रयोग गरेर खोजी कार्य अघि बढाए।

तर बेपत्ता भएको १८ दिनपछि जङ्गलमा दाउरा खोज्नेहरूले सडेको शव भेटेका थिए ।शवको पोस्टमार्टमपछि प्रहरीले आफन्तलाई शव  बुझाउन सकेको छैन । 

आफन्तले न्याय नपाएसम्म शव नबुझ्ने अडान लिएका छन्, जसका कारण शव  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमै राखिएको छ ।

मोरङ प्रहरी प्रमुख कवित कटवाल घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरोसहितको टोली खटिएपछि अभियुक्त पत्ता लाग्न सफल भएको हो ।

उनका अनुसार शव सडिसकेको र घटनाको प्रकृतिका कारण अनुसन्धानमा जटिलता थियो । स्थानीयको दाबी भने बलात्कारपछि हतियार प्रयोग गरेर हत्या भयो भन्ने थियो ।

 शरीर र टाउको छुट्टिनुले शङ्का बढायो । अङ्गहरू छुट्टाछुट्टै हुनुको कारण जङ्गली जनवारको आक्रमण पनि हुनसक्ने प्रहरीले आशङ्का गरेको थियो। अंशु स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा पढ्दै  थिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुन:निर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...

हेटौँडा पुग्यो अदालतको पत्र, सडक विस्तार कार्य स्थगित

काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...

एनपिएलमा च्याम्पियन बन्ने दौडमा यी चार टोली

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लिगको च्याम्पियन बन्ने दौडमा चार टोली प्रतिस्पर्धामा छन् । प्लेअफ समीकरण पूरा भइसक्दा १२ ...

पोखरा विमानस्थल भ्रष्टाचारमा प्रदीप अधिकारी पनि संलग्न

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा समेत जोडि...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल घोटाला : ५ पूर्वमन्त्रीसहित ५५ जनामाथि ८ अर्ब भ्रष्टाचार मुद्दा

काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गरिएको व्यापक अनियमिततामा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध अख्तियार दुरु...

नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइयो

धनगढी। कैलालीस्थित नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको छ । आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई दृष्टिगत गरेर नेपाल–भारत सीमा...

सिंहदरबारमा पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ। पूर्वराष्ट्रपति भण्डारी सिंहदरब...

धरानमा गाडी दुर्घटना : एकको मृत्यु, एघार जना घाइते

धरान। धरान उपमहानगरपालिकामा गाडी पल्टिँदा एकको मृत्यु भएको छ भने एघार जना घाइते भएका छन् । भेडेटारबाट धरान आउँदै गरेको प्र.१ ०२ ००२ च ३८२६ नम्बरको ...

बर्दिया घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौँ। गृह मन्त्रायलले बर्दियाको बढैयाताल –४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गर्न बाध्य भएको भनिएको घटनाबारे सत्यतथ्य छानबिन गर्न गृह मन्त्र...

महिलामाथिको हिंसाको स्वरुप बदलिँदै छ, कम भएको छैन : सपना मल्ल

काठमाडौं। प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले बताएको छिन् । नेपाल ल क्याम्पस, महिला, कानुन र विकास ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending