काठमाडौँ। ओपनरद्वय साम हेजलेट र फाफडु प्लेसिस चम्किएपछि विराटनगर किङ्ग्स नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको क्वालिफायर–१ मा प्रवेश गरेको छ ।
त्रिवि मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा विराटनगरले सुदूरपश्चिमलाई ६ विकेटले हरायो । विरानगरका ओपनरद्वय हेजलेट र प्लेसिसले सात ओभरमै ९७ रनको योगफल तय गरेको थिए।
रोमाञ्चक खेलमा पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धातिर २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ४७ रन बनाएको थियो । क्वालिफायरमा पुग्न विराटनगरले उक्त लक्ष्य १३।४ ओभरमै पूरा गर्नु पर्ने थियो । जसमा विराटनगरले ११।५ ओभरमै लक्ष्य भेट्टाउँदै क्वालिफायरमा स्थान बनायो ।
विराटनगरको जितले काठमाण्डुले गोर्खाजलाई धक्का लागेको छ । हारेपनि सुदूरपश्चिम १२ अङ्कसहित यसअघि नै क्वालिफायर–१ मा पुगिसकेको छ । लिग चरणको सात खेलसँगै विजेता विराटनगर १० अङ्कसहित नेट रनरेटका आधारमा काठमाण्डुलाई पछि पार्दै दोस्रो स्थानमा रह्यो ।
समान १० अङ्क बनाएको काठमाण्डु तेस्रो स्थानमा रह्यो । फाइनलमा स्थान बनाउन अब सुदूरपश्चिम र विराटनगरले क्वालिफायर–१ मा मङ्गलबार प्रतिस्पर्धा गर्ने छन् ।
यस्तै काठमाण्डु र लुम्बिनीबिच बुधबार प्लेअफ भिडन्त हुने छ । प्लेअफको विजेताले पहिलो क्वालिफायरमा पराजित हुनेसँग फाइनलमा पुग्न प्रतिस्पर्धा गर्ने छ ।
सुदूरपश्चिमविरुद्ध सनसनीपूर्ण प्रदर्शन गरेको विराटनगरले ११।५ ओभरमा चार विकेटको क्षतिमा एक सय ५० रन जोड्दै पूरा गरेको हो । विराटनगरका लागि फाफ डु प्लेसिसले २० बलमा पाँच चौका र चार छक्काको सहयोगमा ५० रन बनाए। प्लेसिस प्लेयर अफ दि म्याच भए ।
साम हिजलेटले २७ बलमा तीन चौका र चार छक्काको सहयोगमा ५१ रन बनाए। मार्टिन गुप्टिलले २३ र प्रतिश जिसीले १३ रन बनाए । बलिङमा सुदूरपश्चिमका अविनाश बोहराले दुई तथा हर्मित सिंहले एक विकेट लिए।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक ४७ रन बनाएको थियो । सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक अविजित ४५ र इशान पाण्डेले ३८ रन बनाए ।
बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले तीन तथा प्रतिश जिसीले दुई र बसिर अहमतले एक विकेट लिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - १२:१४
सल्यान। सल्यानको कालिमाटी क्षेत्रमा दिगो वन व्यवस्थापन कार्यक्रमअन्तर्गत गरिएको काठ कटानसम्बन्धी विवाद अन्तत: समाधान भएको छ। वन र प्रहरीबिच उत्पन्न...
चैत्र २६ गते, २०८२ - ११:४८
हुम्ला। हिमाली जिल्ला हुम्लामा लगातार वर्षा र हिमपातका कारण तीन दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ। नेपाल नागरिक उड्डयान प्राधिकरण, सिमकोटका प्रमुख म...
चैत्र २६ गते, २०८२ - ११:४२
इस्लामाबाद। अमेरिका–इरानबिच हुन लागेको संवेदनशील उच्चस्तरीय वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानले राजधानी इस्लामाबादमा दुई दिनको आकस्मिक स्थानीय बिदा घो...
चैत्र २६ गते, २०८२ - ११:३५
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपसभामुख पदका लागि उम्मेदवार चयनबारे छलफलमा जुटेको छ। राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले ...
चैत्र २६ गते, २०८२ - ११:२३
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टरा...
चैत्र २६ गते, २०८२ - ११:१८
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन प्रतितोला रु चार हजार ३०० र चाँदी तोलामा रु १५० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी...
चैत्र २५ गते, २०८२ - २१:१६
कुन दलले के भन्यो ?
चैत्र २५ गते, २०८२ - २१:०९
म्याग्दी। कालिगण्डकी कोरिडोर सडक अन्तर्गत बेनी–गलेश्वर खण्डमा बुधबार साँझ यात्रुबहाक बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा भारतीय तीर्थयात्री घाइते भएका छ...
चैत्र २५ गते, २०८२ - १९:४२
काठमाडौँ। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारको सम्पत्तिका विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको बताएको छन् । बुधबार स...
चैत्र २५ गते, २०८२ - १९:३५
काठमाडौँ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नागरिकलाई केन्द्रमा राखी उनीहरूका समस्या, गुनासो र अपेक्षाको उचित सम्बोधन गर्दै सेवा प्रवाहला...


प्रतिकृया लेख्नुहोस्: