काठमाडौँ। ओपनरद्वय साम हेजलेट र फाफडु प्लेसिस चम्किएपछि विराटनगर किङ्ग्स नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको क्वालिफायर–१ मा प्रवेश गरेको छ ।
त्रिवि मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा विराटनगरले सुदूरपश्चिमलाई ६ विकेटले हरायो । विरानगरका ओपनरद्वय हेजलेट र प्लेसिसले सात ओभरमै ९७ रनको योगफल तय गरेको थिए।
रोमाञ्चक खेलमा पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धातिर २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ४७ रन बनाएको थियो । क्वालिफायरमा पुग्न विराटनगरले उक्त लक्ष्य १३।४ ओभरमै पूरा गर्नु पर्ने थियो । जसमा विराटनगरले ११।५ ओभरमै लक्ष्य भेट्टाउँदै क्वालिफायरमा स्थान बनायो ।
विराटनगरको जितले काठमाण्डुले गोर्खाजलाई धक्का लागेको छ । हारेपनि सुदूरपश्चिम १२ अङ्कसहित यसअघि नै क्वालिफायर–१ मा पुगिसकेको छ । लिग चरणको सात खेलसँगै विजेता विराटनगर १० अङ्कसहित नेट रनरेटका आधारमा काठमाण्डुलाई पछि पार्दै दोस्रो स्थानमा रह्यो ।
समान १० अङ्क बनाएको काठमाण्डु तेस्रो स्थानमा रह्यो । फाइनलमा स्थान बनाउन अब सुदूरपश्चिम र विराटनगरले क्वालिफायर–१ मा मङ्गलबार प्रतिस्पर्धा गर्ने छन् ।
यस्तै काठमाण्डु र लुम्बिनीबिच बुधबार प्लेअफ भिडन्त हुने छ । प्लेअफको विजेताले पहिलो क्वालिफायरमा पराजित हुनेसँग फाइनलमा पुग्न प्रतिस्पर्धा गर्ने छ ।
सुदूरपश्चिमविरुद्ध सनसनीपूर्ण प्रदर्शन गरेको विराटनगरले ११।५ ओभरमा चार विकेटको क्षतिमा एक सय ५० रन जोड्दै पूरा गरेको हो । विराटनगरका लागि फाफ डु प्लेसिसले २० बलमा पाँच चौका र चार छक्काको सहयोगमा ५० रन बनाए। प्लेसिस प्लेयर अफ दि म्याच भए ।
साम हिजलेटले २७ बलमा तीन चौका र चार छक्काको सहयोगमा ५१ रन बनाए। मार्टिन गुप्टिलले २३ र प्रतिश जिसीले १३ रन बनाए । बलिङमा सुदूरपश्चिमका अविनाश बोहराले दुई तथा हर्मित सिंहले एक विकेट लिए।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक ४७ रन बनाएको थियो । सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक अविजित ४५ र इशान पाण्डेले ३८ रन बनाए ।
बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले तीन तथा प्रतिश जिसीले दुई र बसिर अहमतले एक विकेट लिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - १७:१८
ललितपुर। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपालले दिगो आर्थिक समृद्धि हासिल गर्न विज्ञान तथा वैज्ञानिक अनुसन्धानलाई प्रत्यक्ष रूपमा अर्...
मंसिर २१ गते, २०८२ - १६:५७
काठमाडौँ। ओपनरद्वय साम हेजलेट र फाफडु प्लेसिस चम्किएपछि विराटनगर किङ्ग्स नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको क्वालिफायर–१ मा प्रवेश गरेको छ । त्र...
मंसिर २१ गते, २०८२ - १६:२७
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि फेरि पनि राजनीतिक दलहरूकै सरकार बन्ने दाबी गरेका छन्। अहिले धेरैले ‘फेरि त्यही पुर...
मंसिर २१ गते, २०८२ - १६:०४
बुटवल । दाङको लमहीमा गोली चल्दा एकजना घाइते भएका छन् । लमही नगरपालिका–५ स्थित लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गोली ...
मंसिर २१ गते, २०८२ - १५:५७
काठमाडौँ। विश्व फुटबल महासङ्घ (फिफा) ले सन् २०२६ को विश्वकप फुटबलको ड्र सार्वजनिक गरेको छ । फिफाले अमेरिकाको वासिङ्टन डिसीमा शुक्रबार राति विश्वकप ड्र...
मंसिर २१ गते, २०८२ - १५:३५
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको आजको दोस्रो खेलमा चितवन राइनोजले पहिले ब्याटिङ गरिरहेको छ। टस जितेका चितवनका कप्तान कुशल मल्लले पहिला ब्याटि...
मंसिर २१ गते, २०८२ - १५:१८
काठमाडौँ । काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिक रूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माण...
मंसिर २१ गते, २०८२ - १५:०४
बाँके। रासायनिक मलको असन्तुलित प्रयोगले बाँकेमा माटोको अवस्था बिग्रिँदै गएको छ । उत्पादन बढाउने नाममा जथाभावी रासायनिक मल प्रयोग गरिँदा यहाँका माटोको ...
मंसिर २१ गते, २०८२ - १४:४२
काठमाडौँ। काठमाडौँको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिकरूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माणाध...
मंसिर २१ गते, २०८२ - १४:२९
काठमाडौं । फाफ डु प्लेसी र साम हिजलेटको आक्रमक अर्धशतकको बलमा विराटनगर किंग्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पर...




प्रतिकृया लेख्नुहोस्: