Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

एनपिएल: ब्याटिङतर्फ विदेशी, बलिङमा नेपाली खेलाडी अब्बल

खबरडबली संवाददाता

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो र दोस्रो संस्करण गरी मङ्गलबारसम्म तीनवटा शतक प्रहार भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले गत वर्षदेखि सुरु गरेको एनपिएलको हाल दोस्रो संस्करण कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा मङ्सिर १ गतेदेखि जारी छ । 

पहिलो संस्करणमा एउटा मात्र शतक प्रहार भएको थियो । तीनवटै शतक विदेशी खेलाडीले बनाएका छन् । नेपाली खेलाडीले हालसम्म शतक बनाउन सकेका छैनन् । जारी संस्करणको २१औँ खेलमा मङ्गलबार पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले शतक प्रहार गरे । कर्णाली याक्सविरुद्धको उक्त खेलमा उनले ५५ बलमा शतक पूरा गरेका हुन् । उक्त खेलमा ५८ बल खेलेका उनी १०८ रनमा अविजित रहे । कर्णालीलाई ३४ रनले हराएको यो खेलमा एडम प्लेयर अफ दी म्याचसमेत घोषित भए । एडम इङ्ल्याण्डका हुन् ।

यस्तै कर्णाली याक्समा अनुबन्ध भएका स्कटल्याण्डका मार्क वाटले जारी संस्करणमा शतक हिर्काउने पहिलो खेलाडी हुन् । उनले लुम्बिनी लायन्सविरुद्धको खेलमा ४१ बलमा शतक बनाएका थिए । उक्त खेलमा ४४ बल खेलेका वाट ११४ रनमा अविजित रहे । यो खेल कर्णालीले ९ विकेटले जितेको थियो । वाट प्लेयर अफ दी म्याचसमेत चुनिए । एनपिएलमा सबैभन्दा छिटो शतक प्रहार गर्ने र एकै खेलमा सबैभन्दा बढी रन बनाउने खेलाडी पनि वाट नै हुन् ।

एनपिएलको पहिलो संस्करणमा एकमात्र शतक अमेरिकी खेलाडी आन्द्रिज गोउसको नाममा छ । पोखराको टिममा आबद्ध गोउसले लुम्बिनीका विरुद्ध शतक जोडेका थिए  । गोउसले ५४ बलम शतक पूरा गरेका थिए । उक्त खेलमा उनले अविजित १०४ रन बनाए । 

अर्धशतकमा पनि विदेशीकै दबदबा

जारी प्रतियोगितामा हालसम्म २२ खेलाडीले  २६ अर्धशतक प्रहार गरेका छन् । यसमा १७ अर्धशतक विदेशी खेलाडीकै नाममा छन् । नौ अर्धशतक मात्रै नेपाली खेलाडीले प्रहार गर्न सकेका छन् । 

अर्धशतक हिकाउने विदेशी खेलाडीमा चितवन राइनोजका रवी बोपरा (तीन), कर्णाली याक्सका प्रियाङ्क पञ्चाल (दुई) तथा जनकपुर  बोल्ट्सका वायन पार्नेल, सञ्जय कृष्णमुर्ति र  माज सदाकत, सुदूरपश्चिम रोयल्सका जोश ब्राउन र हरमित सिंह,  पोखराका सुमित बर्मा, जिमी निशम र एडम रोसिङ्टन, विराटनगर किंग्सका मार्टिन गुप्टिल, चितवनका डेविड मलान, कर्णालीका मार्क वाट तथा काठमान्डू  गोर्खाजका जोन सिम्प्सन ९एकरएक० रहेका छन् । 

अद्र्धशतक प्रहार गर्ने नेपाली खेलाडीमा पोखरा एभेन्जर्सका कप्तान  कुशल भुर्तेल (दुई) तथा सुदूरपश्चिमका  विनोद भण्डारी र ईशान पाण्डे, विराटनगर किंग्सका  लोकेश बम र बसिर अहमद,  चितवनका  अर्जुन  साउँद, जनकपुरका  अनिल शाह र  आशिफ शेखले ९एकरएक० रहेका छन् । 

सर्वाधिक रन बनाउनेको सूचीमा पनि विदेशी खेलाडी नै रहेका छन् । एक्काइस खेल सकिँदासम्म सर्वाधिक रन बनाउनेको सूचीमा  पोखराका एडम रोसिङ्टन पहिलो नम्बरमा रहेका छन् । उनले हालसम्म पाँच खेलमा २५३ रन हिर्काएका छन् । 

दोस्रो नम्बरमा ६ खेलमा २४२ रन बनाएका कर्णालीका मार्क वाट, तेस्रोमा पाँच खेलमा २०७ रनसहित  चितवनका रवी बोपरा, छ खेलमा १८१ रन जोडेका कर्णालीका प्रियाङ्क पञ्चाल चौथोमा तथा पाँचौँ नम्बरमा पाँच खेल खेलेका लुम्बिनीका कप्तानसमेत रहेका रोहितकुमार पौडेल (१७४ रन) रहेका छन् । 

बलिङमा नेपाली खेलाडी अब्बल

सर्वाधिक रन र व्यक्तिगत स्कोरमा विदेशी  खेलाडीको वर्चश्व रहे पनि बलिङमा भने नेपाली खेलाडी अब्बल देखिएका छन् । सुदूरपश्चिमका अभिनाश बोहरा सबैभन्दा बढी विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन् । उनले हालसम्म पाँच खेलमा ११ विकेट लिइसकेका छन् । 

विराटनगर किङ्ग्सका कप्तानसमेत रहेका सन्दीप लामिछाने पाँच खेलमा १० विकेट लिएर दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा काठमान्डूमा आबद्ध विदेशी खेलाडी मिलिन्द कुमार र चौथोमा काठमान्डूका कप्तान करण केसी रहेका छन् । मिलिन्द र करणले ६ खेलमा दशरदश विकेट छन् । यस्तै पाँच खेलमा नौ विकेट लिएर पाँचौँ स्थानमा सुदूरपश्चिममा आबद्ध विदेशी खेलाडी हर्मित सिंह रहेका छन् । 

एनपिएलम विराटनगर र पोखराको उच्च स्कोर

एनपिएल इतिहासमै उच्च स्कोर बनाउने टोली विराटनगर किङ्ग्स बनेको छ । विराटनगरले जारी संस्करणमा पोखराविरुद्ध २२० रन बनाएको थियो । यो हालसम्मकै उच्च स्कोर हो । दोस्रो उच्च स्कोर बनाउने टोली पोखरा रहेको छ । पोखराले कर्णालीकाविरुद्ध २०१ रन जोडेको थियो । 

यो संस्करणमा सबैभन्दा कम स्कोर बनाउने टोली चितवन  छ । चितवनले  काठमान्डू  गोर्खाजविरुद्ध ८९ रन बनाएको थियो । यही मङ्सिर १ गतेदेखि सुरु भएको एनपिएलको दोस्रो संस्करणमा आठ टोली सहभागी छन् । हालसम्म सुदूरपश्चिम मात्रै प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । कर्णाली प्रतियोगिताबाट बाहिरिने पहिलो टोलीमा परेको छ । अन्य टोलीको छिनोफानो हुन बाँकी छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा भइरहेको प्रतियोगिता मङ्सिर २७ गते सम्पन्न हुनेछ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कालिमाटी काठ विवाद टुङ्गियो

सल्यान। सल्यानको कालिमाटी क्षेत्रमा दिगो वन व्यवस्थापन कार्यक्रमअन्तर्गत गरिएको काठ कटानसम्बन्धी विवाद अन्तत: समाधान भएको छ। वन र प्रहरीबिच उत्पन्न...

तीन दिनदेखि हुम्लामा हवाई सेवा अवरुद्ध

हुम्ला। हिमाली जिल्ला हुम्लामा लगातार वर्षा र हिमपातका कारण तीन दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ। नेपाल नागरिक उड्डयान प्राधिकरण, सिमकोटका प्रमुख म...

अमेरिका–इरान वार्ताअघि इस्लामाबाद आकस्मिक बन्द

इस्लामाबाद। अमेरिका–इरानबिच हुन लागेको संवेदनशील उच्चस्तरीय वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानले राजधानी इस्लामाबादमा दुई दिनको आकस्मिक स्थानीय बिदा घो...

उपसभामुखको उम्मेदवारबारे राप्रपामा छलफल जारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपसभामुख पदका लागि उम्मेदवार चयनबारे छलफलमा जुटेको छ। राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले ...

१३ दिनपछि छुटे ओली, अस्पतालमै परिवारको जिम्मा लगाइयो

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टरा...

बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घट्यो, कतिमा कारोबार भइरहेको छ ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन प्रतितोला रु चार हजार ३०० र चाँदी तोलामा रु १५० ले घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी...

कालिगण्डकीमा बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी। कालिगण्डकी कोरिडोर सडक अन्तर्गत बेनी–गलेश्वर खण्डमा बुधबार साँझ यात्रुबहाक बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा भारतीय तीर्थयात्री घाइते भएका छ...

देउवाको वक्तव्य : सम्पत्तिसम्बन्धी विषय भ्रामक र झुटा प्रचारबाजी भयो

काठमाडौँ। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारको सम्पत्तिका विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको बताएको छन्  । बुधबार स...

नागरिकलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न आईजीपी कार्कीको निर्देशन

काठमाडौँ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नागरिकलाई केन्द्रमा राखी उनीहरूका समस्या, गुनासो र अपेक्षाको उचित सम्बोधन गर्दै सेवा प्रवाहला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending