ताप्लेजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तथा समग्र शान्ति–सुरक्षाबारे सीमावर्ती तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखबीच गुफापोखरीमा संयुक्त छलफल भएको छ। ताप्लेजुङ, तेह्रथुम र संखुवासभाका सुरक्षा अधिकारीहरूको भेला गुफापोखरीमा सम्पन्न भएको हो।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईका अनुसार निर्वाचनलाई भयरहित, स्वतन्त्र र निष्पक्ष बनाउन सुरक्षाका दृष्टिले अपनाउनुपर्ने रणनीतिबारे विस्तृत छलफल गरिएको छ।
“जनजी आन्दोलनका समयमा फरार कैदी, हतियार नियन्त्रण तथा आपसी सूचना आदान–प्रदानका विषयमा पनि गहन छलफल गरियो,” सेढाईले बताए। बैठकबाट देखिने परिणाम आउने अपेक्षा तीनै जिल्लाका अधिकारीहरूले व्यक्त गरेका छन्।
चीनसँग सिमाना जोडिएका ताप्लेजुङ र संखुवासभा तथा तराईसँग सिमाना जोडिने तेह्रथुमको संगमस्थल भएकाले गुफापोखरीलाई छलफल स्थलको रूपमा चयन गरिएको हो।
संयुक्त छलफलमा ताप्लेजुङबाट प्रमुख जिल्ला अधिकारी शिवराज सेढाई, सेनानी उमेश खड्का, सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोद प्रकाश पाठक, प्रमुख अनुसन्धान अधिकृत श्रीभजन राय, प्रहरी निरीक्षक जटाशंकर यादव र सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्का सहभागि थिए ।
यसैगरी तेह्रथुमबाट प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी, सेनानी कृष्ण तिवारी, प्रहरी नायब उपरीक्षक लिलाराज लामिछाने, सशस्त्र प्रहरी नायब उपरीक्षक महेशराज विष्ट, प्रमुख अनुसन्धान अधिकृत डिल्लीराम भट्टराई र सहायक प्रमुख जिल्ला अधिकारी विक्रम लिम्बू सहभागि भएका थिए ।
यस्तै गरी संखुवासभा जिल्लाबाट प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया, सेनानी नवराज बस्नेत, प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनाली, सशस्त्र प्रहरी नायब उपरीक्षक बाबुराम पौडेल, प्रमुख अनुसन्धान अधिकृत रामअचल शाह र सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरे सहभागि भएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १९ गते, २०८२ - २१:५१
झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति गगनकुमार थापालाई मुलुकको नेतृत्वका लागि तयार रहेको स्पष्ट पारेका छन्। झापा–१ मा...
माघ १९ गते, २०८२ - १९:४१
काठमाडौँ । निर्वाचनको मिति नजिकिँदै गर्दा योङ कम्युनिस्ट लीग नेपाल (वाईसीएल) ले आफ्नो अर्धसैन्य संरचना पुनः सक्रिय बनाएको घोषणा गरेसँगै राजनीतिक वृत्त...
माघ १९ गते, २०८२ - १९:३८
काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा छिटो सुनुवाइ गर्नुपर्ने भन्दै केही एमाले र कांग्रेस (देउवा पक्ष) नेताहरूले सार्वजनिक रूपमा ...
माघ १९ गते, २०८२ - १९:१८
रुकुम पश्चिम । पाठेघरको मुखको क्यान्सरविरुद्ध संरक्षण गर्न रुकुम पश्चिममा एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सञ्चालन हुने भएको छ। माघ २७ गतेद...
माघ १९ गते, २०८२ - १८:५६
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अमेरिकी डाइभर्सिटी भिसा (डिभी) प्रक्रिया अघि बढाउने गिरोहका सातजनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत...
माघ १९ गते, २०८२ - १८:५५
कााठमाडाैं । काठमाडौं उपत्यकामा पछिल्लो १० दिनदेखि एलपी ग्यास अभाव चर्किएको छ। उपभोक्ता रित्तो सिलिन्डर बोकेर पसल–डिलर धाइरहेका छन् भने कतिपय ठाउँमा क...
माघ १९ गते, २०८२ - १८:४७
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सत्ताको भागबन्डा र पुराना नेताहरूको भीडमा नरहेको दाबी गरेका...
माघ १९ गते, २०८२ - १८:४४
काठमाडौँ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने संसदको बैठक सिंहदरबार परिसरस्थित पुतली बगैँचामा निर्माणाधीन नयाँ संसद भवनबाट सञ...
माघ १९ गते, २०८२ - १८:४२
रुपन्देही । लामो समयदेखि पाल्पाबाट उम्मेदवार बन्दै आएका नेता सोमप्रसाद पाण्डेले पाल्पाका अधुरा विकास आयोजना पूरा गर्ने मुख्य एजेन्डासहित पाल्पा क्षेत्...
माघ १९ गते, २०८२ - १८:३६
सुर्खेत । लोकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद)को लिखित परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गरिएको आरोपमा १२ जना पक्राउ परेक...



प्रतिकृया लेख्नुहोस्: