काठमाडौं । सुनसरीका गढी, बर्जु, दुहबी र इनरुवा क्षेत्रमा निर्मित १०० सुरक्षित आवास गरिब, विपन्न र भूमिहिन परिवारलाई मंगलबार औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। गढी–२ को कोलर्हवा सामुदायिक ग्राममा आयोजित विशेष समारोहमार्फत घरहरू लाभग्राहीलाई बुझाइएका हुन्।
यो घर निर्माण अभियान पूर्वमन्त्री तथा सुनसरी–३ की निवर्तमान सांसद भगवती चौधरीको विशेष पहलमा अघि बढाइएको हो। वातावरणमैत्री र भूकम्प प्रतिरोधी संरचनाका रूपमा निर्माण गरिएका प्रत्येक घरमा दुई शयनकक्ष, एउटा भान्सा कोठा, शौचालय र खानेपानीका लागि कल जडान गरिएको छ।
६ लाख ५० हजार लागतमा निर्मित सुरक्षित आवास
ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड)ले अन्तर्राष्ट्रिय दातृ संस्था बुद्धिष्ट चुजी च्यारिटी फाउन्डेसनको सहयोगमा यी घरहरू तयार पारेको हो। एक घर निर्माणको लागत रु ६ लाख ५० हजार रहेको परियोजना पक्षको भनाइ छ।
‘भूमिहिन जनताको पीडामा मल्हम लगाउन सकेँ’ — भगवती चौधरी
भवन हस्तान्तरण कार्यक्रममा पूर्वमन्त्री चौधरीले घरविहीन, भूमिहीन समुदायको दशकौँ पुरानो पीडामा थोरै भए पनि राहत पुर्याउन पाएकोमा खुसी व्यक्त गरिन्। उनले भनिन्— “दुहबीदेखि गढीसम्मका दलित, मुसहर, ऋषिदेव, मोची राम समुदाय—जसको न त जग्गा थियो, न सुरक्षित घर—ती परिवारलाई आश्रय दिनु मेरो दीर्घकालीन योजना थियो। आज त्यो अभियानको महत्वपूर्ण भाग पूरा भएको छ।”
चौधरीले आफ्नो निर्वाचन क्षेत्र विकासका दृष्टिले पछाडि परेको बताउँदै सडक, सिँचाइ, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभूत आवश्यकताबाट नागरिक समृद्ध भएको खण्डमै मुलुक सशक्त बन्ने बताइन्।
बुद्धिष्ट चुजी च्यारिटी फाउन्डेसनका उपाध्यक्ष लिन पी यूले नेपालका विपन्न समुदायका लागि १३ वर्षदेखि सहयोग गर्दै आएको स्मरण गर्दै भने “यी १०० घरहरूले परिवारको जीवनस्तरमा ठोस परिवर्तन ल्याउने विश्वास छ। आगामी दिनमा पनि हामी यस्तै सहयोगका लागि तत्पर छौँ।”
समाज कल्याण परिषद् उपाध्यक्ष नन्दलाल माझी, गढी गाउँपालिका प्रमुख आशनारायण चौधरीलगायत उपस्थित वक्ताहरूले अब्यवस्थित बस्ती, खोला किनार, सरकारी जमिनमा जोखिमपूर्ण रूपमा बस्दै आएका परिवारले पहिलोपटक सुरक्षित आवास पाएको भन्दै खुशी व्यक्त गरे। कार्यक्रममा घरसँगै लत्ताकपडा, खाद्यान्न तथा दैनिक प्रयोगका सामाग्री पनि वितरण गरिएको थियो।
कहाँ कति घर बने?
फरवार्ड नेपालका कार्यकारी निर्देशक द्रव्यराज चौधरीका अनुसार गत वर्ष शिलान्यास गरिएको परियोजनाअनुसार— दुहबी–९ : १४ घर, गढी–२ : ४० घर, बर्जु–१, ३ र ५ : ३० घर र इनरुवा–७ : १६ घर गरी जम्मा : १०० सुरक्षित घर निर्माण भएका छन् ।
फरवार्ड नेपालले निकट भविष्यमा अझ धेरै सुरक्षित घर निर्माण गर्ने योजना अघि सारेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १९ गते, २०८२ - २१:५१
झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति गगनकुमार थापालाई मुलुकको नेतृत्वका लागि तयार रहेको स्पष्ट पारेका छन्। झापा–१ मा...
माघ १९ गते, २०८२ - १९:४१
काठमाडौँ । निर्वाचनको मिति नजिकिँदै गर्दा योङ कम्युनिस्ट लीग नेपाल (वाईसीएल) ले आफ्नो अर्धसैन्य संरचना पुनः सक्रिय बनाएको घोषणा गरेसँगै राजनीतिक वृत्त...
माघ १९ गते, २०८२ - १९:३८
काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा छिटो सुनुवाइ गर्नुपर्ने भन्दै केही एमाले र कांग्रेस (देउवा पक्ष) नेताहरूले सार्वजनिक रूपमा ...
माघ १९ गते, २०८२ - १९:१८
रुकुम पश्चिम । पाठेघरको मुखको क्यान्सरविरुद्ध संरक्षण गर्न रुकुम पश्चिममा एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सञ्चालन हुने भएको छ। माघ २७ गतेद...
माघ १९ गते, २०८२ - १८:५६
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अमेरिकी डाइभर्सिटी भिसा (डिभी) प्रक्रिया अघि बढाउने गिरोहका सातजनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत...
माघ १९ गते, २०८२ - १८:५५
कााठमाडाैं । काठमाडौं उपत्यकामा पछिल्लो १० दिनदेखि एलपी ग्यास अभाव चर्किएको छ। उपभोक्ता रित्तो सिलिन्डर बोकेर पसल–डिलर धाइरहेका छन् भने कतिपय ठाउँमा क...
माघ १९ गते, २०८२ - १८:४७
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सत्ताको भागबन्डा र पुराना नेताहरूको भीडमा नरहेको दाबी गरेका...
माघ १९ गते, २०८२ - १८:४४
काठमाडौँ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने संसदको बैठक सिंहदरबार परिसरस्थित पुतली बगैँचामा निर्माणाधीन नयाँ संसद भवनबाट सञ...
माघ १९ गते, २०८२ - १८:४२
रुपन्देही । लामो समयदेखि पाल्पाबाट उम्मेदवार बन्दै आएका नेता सोमप्रसाद पाण्डेले पाल्पाका अधुरा विकास आयोजना पूरा गर्ने मुख्य एजेन्डासहित पाल्पा क्षेत्...
माघ १९ गते, २०८२ - १८:३६
सुर्खेत । लोकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद)को लिखित परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गरिएको आरोपमा १२ जना पक्राउ परेक...



प्रतिकृया लेख्नुहोस्: