Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

‘बोलेरै खान्छ भन्थ्यौँ, त्यही विद्यार्थी मन्त्री बनेपछि खुसी छौँ’

खबरडबली संवाददाता

दोलखा । काँचका पर्दामा नेताहरूलाई खरो प्रश्न सोध्ने आफ्नो विद्यार्थी जगदीश खरेल मन्त्री बनेपछि उनलाई विद्यालय शिक्षा दिने यहाँका गुरुहरू खुसी छन् । 

सञ्चार तथा सूचना प्रविधिमन्त्रीका रूपमा गाउँमा स्वागत गर्न पाउँदा कालीनाग माध्यमिक विद्यालयका निवर्तमान प्रधानाध्यापक रामबहादुर सिवाकोटीको खुसीको सीमा थिएन । सिवाकोटीले खरेललाई मन्त्री वा सञ्चारकर्मीका रूपमा भन्दा बढी आफ्नो विद्यार्थीका रुपमा सम्झने बताउँछन् । 

उत्तरी दोलखाको सिँघटीमा आयोजित हालैको एक कार्यक्रमका क्रममा सिवाकोटीले खरेललाई पढाउँदाका विगत सम्झना ताजा भएको बताए । “खरेल विद्यार्थीकालमै भाषण कलामा तेज थिए, उनी तथ्य र तर्कसहित गज्जबको प्रस्तुति दिन्थे, विद्यालयका तत्कालीन प्रधानाध्यापक देवराज शर्माले यो भाइले बोलेरै खान्छ भन्नुहुन्थ्यो, नभन्दै त्यस्तै भयो”, उनले सुनाए । 

बाल्यकालका तिनै विद्यार्थी खरेल हाल मन्त्री छन् । करिब २५ वर्ष टेलिभिजनका पर्दामा तथ्यलाई अगाडि सारेर नेता तथा राज्य सञ्चालकलाई खरो प्रश्न गर्ने उनको शैली धेरैले मन पराए । टेलिभिजन कर्मबाट विकास र सुशासनका पक्षमा आवाज उठाएकै कारण आज खरेल मन्त्री बनेका छन् ।

निवर्तमान प्रधानाध्यापक सिवाकोटी आफूले पढाएको विद्यार्थीलाई मन्त्रीका रूपमा विद्यालयमा स्वागत तथा अभिनन्दन गर्न पाउँदा भावुक भए । उनले भने, “हामीले पढाएको विद्यार्थी मन्त्री हुनुभयो, हाल विद्यालयमा पढिरहेका विद्यार्थी पनि भोलि यो ओहदामा पुग्छन् भन्ने मेरो विश्वास अझ बलियो भएको छ । यसका लागि विद्यार्थीले अवसर पाउनुपर्ने र शिक्षक तथा अभिभावकले अवसर दिनुपर्ने आवश्यकता छ ।”

सिवाकोटीका अनुसार विद्यालयमा हुने वक्तृत्वकला, सांस्कृतिक पर्व, मेलाहरूमा खरेलको आवाज छुट्दैनथ्यो । वाककलामा मात्रै होइन, खेलकुदमा पनि उनी उत्तिकै अब्बल थिए । सहभागी भएपछि पदक नजित्ने कुनै खेल थिएनन् ।

सिवाकोटीको भनाइ सुनेपछि सञ्चारमन्त्री खरेलले आफू एउटा जिम्मेवारीका साथ सरकारमा पुगेको र इमानदारिताका साथ काम गरिरहेको बताए । उनले भने, “हाल म जुन जिम्मेवारीमा छु, यो सम्पूर्ण उपलब्धिको श्रेय विद्यालय र गुरुवर्गलाई सुम्पन चाहन्छु ।”

खरेलले सुनखानीको कालीनाथ माध्यमिक विद्यालयमा कक्षा १ देखि प्रवेशिका (१० कक्षा) सम्मको अध्ययन गरेका थिए । सञ्चारमन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला पुगेकाका मन्त्री खरेललाई विद्यालयले भव्य कार्यक्रमबिच अभिनन्दन गरेको थियो । उनलाई अभिनन्दन गरेपछि सिवाकोटीले भने, “एउटा गुरुको हैसियतले मैले धेरै गर्न सकिन होला, जीवनमा कति काम लाग्ने कुरा सिकाएँ त्यो भन्न सक्दिनँ, तर जे भए पनि तपाईँ यहाँसम्म आफ्नो मेहनत, इमानदारिता र लगशीलताका कारण पुग्नुभएको हो, थप बढी प्रगतिको शुभकामना दिन्छु ।”

सञ्चारमन्त्री खरेलले विद्यार्थी तथा अभिभावकले सपना बोकेर र कल्पना गरेर मात्र नहुने भन्दै जीवन सफल बनाउनका लागि ठुलो त्याग र मेहनत आवश्यक हुने धारणा राखे । उनले विद्यालयमा उपस्थिति बालबालिकालाई लक्षित गर्दै भने, “अल्छीपन जीवनको शत्रु हो, त्यसैले जे कुरा गर्न चाहनुहुन्छ, आजैबाट सुरु गर्नुस् अनि तपाईँ सफल हुनुहुन्छ । बच्चाको सफलताका लागि अभिभावकले व्यवहार, आचरण र सभ्यता सिकाउनु पर्छ ।”

अध्ययन, खेलकुद, भाषणलगायत सबै खाले प्रतियोगितामा सुनखानीका विद्यार्थी अब्बल रहेको उल्लेख गर्दै मन्त्री खरेलले विद्यालयमा राजनीति नगर्न शिक्षक र अभिभावकलाई अनुरोध गरे । 

विद्यार्थी रोशन आचार्यले पनि मन्त्रीका रूपमा अग्रजलाई स्वागत गर्न पाउँदा खुसी लागेको सुनाए । उनले भने, “टेलिभिजनको पर्दामा देखेको व्यक्ति मन्त्री भएर विद्यालय आउँदा हामीलाई निकै खुसी लागेको छ, हामीलाई मेहनत गर्नका लागि अझ बढी हौसला मिलेको छ ।”

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending