काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले तत्काल सुधार कार्यायोजना कार्यान्वयनमा ल्याएको छ । मन्त्रालयले उद्योग, वाणिज्य र आपूर्ति क्षेत्र सुधारका लागि समय सीमा तोकेर ३९ बुँदे कार्ययोजना ल्याएको हो ।
व्यावसायिक सुशासन प्रवर्द्धनका लागि नीतिगत तथा कानुनी सहजीकरण, गरिबी निवारणका लागि लघुउद्यम विकास, दलित समुदायको परम्परागत तथा मौलिक पेसाको संरक्षण एवं प्रवर्द्धनमार्फत रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गरिने कार्ययोजनामा उल्लेख छ ।
त्यसका लागि आगामी माघसम्म औद्योगिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी प्रवर्द्धन गर्न कम्पनी विधेयक, २०८२ को मस्यौदा गर्ने गरिबी निवरणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन निर्देशिका, २०७७ लाई संशोधन गर्ने लक्ष्य राखिएको छ ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता जीतेन्द्र बस्नेतले सेवा प्रवाहमा तत्काल सुधार ल्याउन कार्ययोजना जारी गरी कार्यान्वयनमा ल्याइएको उनले बताए । “चालु आवको बजेट, नीति तथा कार्यक्रममा घोषणा भएका आयोजनाको सहज कार्यान्वयनका लागि नीति, कानुन, योजना र कार्यविधि बनाउने कार्य भइरहेको छ”, उनले भने ।
कार्ययोजना कार्यान्वयनका लागि मन्त्रालयका महाशाखा, कम्पनी रजिष्ट्रारको कार्यालय, उद्योग विभाग, लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, औद्योगिक व्यवसायिक प्रतिष्ठान, औद्योगिक क्षेत्र लिमिटेड, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलगायत निकायलाई जिम्मेवार ठहराइएको उनले उल्लेख गरे ।
कार्ययोजनामा उद्योग प्रशासनसम्बद्ध सेवा सरलीकरण र ‘स्टार्टअप’ कर्जा प्रवाह सहजीकरण, कम्पनी प्रशासनसँग सम्बन्धित सेवाको प्रभावकारिता अभिवृद्धि, सुरक्षित एवं व्यवस्थित अभिलेख व्यवस्थापन, कम्पनी दर्ता एवं खारेजी प्रक्रियामा कार्यविधिगत सरलीकरण प्रभावकारिता अभिवृद्धिका काम गर्ने उल्लेख छ ।
वाणिज्य क्षेत्रको सुधारका लागि बहुपक्षीय व्यापारको क्षेत्रमा नीतिगत सुधार, बहुपक्षीय व्यापारसम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयन, क्षमता अभिवृद्धि, द्विपक्षीय व्यापार र पारवहन व्यवस्थामा सुधार गर्ने लक्ष्य कार्ययोजनामा समेटिएको छ ।
त्यस्तै स्वदेशी उत्पादन तथा बजार प्रवर्द्धन, सूचना प्रविधिको प्रयोगमार्फत व्यवसायसम्बद्ध सेवाको पारदर्शिता, अत्यावश्यक वस्तु निरन्तर आपूर्ति र खाद्यान्न उपलब्धताको सुनिश्चितता, पेट्रोलिमय पदार्थको वितरणमा पारदर्शितालगायत काममा विभिन्न निकायले काम गर्नेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १८:०५
बाँके । अत्यधिक चिसो बढेपछि बाँकेमा स्थानीय तहले विद्यालय बन्द गरेका छन् । खजुरा गाउँपालिकाले अत्यधिक चिसोका कारण बालबालिकालाई विद्यालय आउन–जान असहजता...
पौष ८ गते, २०८२ - १८:०२
महोत्तरी । आउँदै गरेको फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरी निर्वाचन क्षेत्र नं. ४ बाट नेपाली कम्युनिस्ट पार्टीका केन्द्री...
पौष ८ गते, २०८२ - १७:५९
मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत दुई वर्षदेखि माथिल्लो मुस्ताङका स्थानीयले रोजगारी प्राप्त गरेका छन् । कोरला न...
पौष ८ गते, २०८२ - १७:५६
सिराहा । जेन–जी आन्दोलनको मौका छोपेर गत २४ भदौमा विभिन्न कारागार र बाल सुधारगृहबाट फरार भएकामध्ये दुई नाबालकसहित ११ जनालाई सिराहा प्रहरीले पक्राउ गरेक...
पौष ८ गते, २०८२ - १७:५१
क्वालालम्पुर । मलेसियाको उच्च अदालतले सोमबार पूर्व प्रधानमन्त्री नजिब रजाकलाई भ्रष्टाचारसम्बन्धी सजायको बाँकी अवधि जेल बाहिर नजरबन्दमा बिताउन दिने माग...
पौष ८ गते, २०८२ - १७:४७
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले पदबाट राजीनामा दिनु ‘बुद्धिमानी’ हुने धारणा व्यक्त गरेका छन् । अम...
पौष ८ गते, २०८२ - १७:४६
काठमाडौं । पोर्चुगल र रोमानिया पठाइदिने भन्दै १० लाख ५० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।...
पौष ८ गते, २०८२ - १७:४४
कोपनहेगन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकालाई ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड आवश्यक रहेको कुरा पुनः दोहोर्याएका छन...
पौष ८ गते, २०८२ - १७:४१
बागलुङ । गण्डकी प्रदेशका ११ वटै जिल्लाका ८५ स्थानीय तहमा रहेका न्यायिक समितिहरू पछिल्लो समय विवाद समाधानमा निकै प्रभावकारी देखिएका छन्। स्थानीय स्तरमै...
पौष ८ गते, २०८२ - १७:३८
बैतडी । हल गोरु पाल्ने दुर्गमका कृषकले प्रोत्साहन रकम पाउने भएका छन् । जिल्लाको पञ्चेश्वर, शिवनाथ, सिगास र डिलाशैनीका हल गोरु पाल्ने कृषकलाई रु पाँच ह...




प्रतिकृया लेख्नुहोस्: