लमजुङ। गत असारमा भत्किएको लमजुङ कारागार मर्मत हुन नसक्दा यहाँका कैदीबन्दीलाई बाहिरी जिल्लामै राख्नुपरेको छ । जिल्लाबाहिर बस्नुपर्दा कैदीबन्दीलाई अदालतमा पेशी लिन आउजाउमा समस्या भएको छ ।
दशैंअघि भत्किएको कारागारको पर्खाल मर्मत गरेर लमजुङ फर्काउने गरी प्रशासनले कैदीबन्दीसँग लिखित प्रतिबद्धता गरेको थियो । तर, मङ्सिर पहिलो हप्ता बित्दा पनि कारागार मर्मतकार्य सुरु हुन सकेको छैन ।
गत असार ३२ गते कारागारको पर्खाल भत्किएपछि दशैँअगावै जिल्ला फर्काउने लिखित प्रतिबद्धता गरेर कैदीबन्दीलाई तनहुँ र कास्की कारागार स्थान्तरण गरिएको थियो । कारागारको पर्खाल भत्केपछि तनहुँ र कास्कीमा राखिएका कैदीबन्दी लामो समयसम्म त्यहीं बस्न बाध्य भएका छन् ।
बाहिरी जिल्ला बस्नुपर्दा मानवीय, कानुनी तथा प्रशासनिक समस्या झेल्नुपरेको कैदीबन्दीको गुनासो छ । कैदीबन्दीका आफन्तले आफूहरुलाई भेट्न असहज भएको र कानुनी प्रक्रियाका लागि अदालत नल्याइएको गुनासो गरेका छन् ।
कारागार भत्किएपछि गत साउन ३ गते १०८ जना कैदीबन्दीलाई तनहुँ र कास्की कारागारमा अस्थायी रूपमा स्थानान्तरण गरिएको थियो । उनीहरूले जिल्लामै फर्काइने लिखित आश्वासन पाएपछि मात्र स्थानान्तरण स्वीकारेका थिए ।
चार महिना बित्दासम्म कारागार मर्मतको कुनै सङ्केत नआएपछि कैदीबन्दीका आफन्तले भेटघाट, अदालत हाजिरी र स्वास्थ्य उपचारमा समस्या परेको भन्दै चासो व्यक्त गरेका छन् । गत भदौ पहिलो साता सङ्घीय शहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीबाट पठाइएको प्राविधिक प्रतिवेदनअनुसार पूरै कारागार पुनर्निर्माणका लागि १७ करोड ७४ लाख रुपियाँ लाग्नेछ ।
भत्किएको पर्खाल मात्र मर्मत गर्न एक करोड ३२ लाख रुपियाँ आवश्यक पर्ने अनुमान गरिएको छ । स्टिमेट आएपछि कुनै पनि छलफल, टेण्डर प्रक्रिया वा निर्माणसम्बन्धी आवश्यक निर्णय नलिइनु प्रशासनिक सुस्तताको प्रमुख उदाहरण भएको सरोकारवालाको आरोप छ ।
वि.सं. २०२८ मा निर्माण गरिएको लमजुङ कारागार ३५ जनाको क्षमता रहेको भए पनि पछिल्ला वर्षमा तीनगुना बढी कैदी राखिँदैआएको थियो । संरचना जीर्ण भई सुरक्षित रूपमा कैदी राख्न कठिन भएपछि कैदीबन्दीलाई अन्यत्र सारिएको हो । प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले कारागारको डिपिआर तयार गर्न पूर्वाधार विकास कार्यालयलाई अनुरोध गरिएको र आवश्यक बजेटका लागि गृह मन्त्रालयमा माग गरी पठाइएको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - १७:५९
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...
आषाढ़ १४ गते, २०८३ - १७:२७
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...
आषाढ़ १४ गते, २०८३ - १७:१५
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...
आषाढ़ १४ गते, २०८३ - १६:५६
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध फैलाइएका आरोप र आलोचनालाई अस्वीकार गर्दै देश बर्बाद पारिएको भन्ने धारणा गलत भएको बता...
आषाढ़ १४ गते, २०८३ - १६:४७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विभिन्न कोणबाट व्याख्या गरिने गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्...
आषाढ़ १४ गते, २०८३ - १६:३२
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने...
आषाढ़ १४ गते, २०८३ - १५:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका कमजोरीहरूको गम्भीर आत्मसमीक्षा गर...
आषाढ़ १४ गते, २०८३ - १५:३४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रमुख दुई कम्युनिस्ट शक्ति एक भएको भए निर्वाचनमा वामपन्थीले करि...
आषाढ़ १४ गते, २०८३ - १५:१७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारीको हत्याबारे सत्य तथ्य पत्ता लगाउन नसक्नु आफ्न...
आषाढ़ १४ गते, २०८३ - १४:५६
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयभित्र घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा द...



प्रतिकृया लेख्नुहोस्: