Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

नेपालमा केही भएको छैन भन्ने भाषा गलत हाेः स्वर्णिम वाग्ले

नयाँ पुस्ता–नयाँ दललाई जिम्मेवारी लिनुपर्ने सुझाव

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले नेपाललाई नियतपूर्वक निराशावादतर्फ धकेल्ने ‘केही भएको छैन’ भन्ने भाष्य गलत र तथ्यविपरीत भएको बताएका छन्। राष्ट्रिय युवा परिषद्ले बुधबार आयोजना गरेको कार्यक्रममा उनी बोलेका थिए।

वाग्लेले २०४८ पछि निर्वाचित सरकारले अपनाएको आर्थिक उदारीकरणले नेपालको आर्थिक संरचनामा ठूलो छलाङ ल्याएको स्मरण गराउँदै भने, “२०४८ को सुधार निरन्तर चलेको भए आज हामी १ सय अर्ब डलरको अर्थतन्त्र भइसकेका हुन्थ्यौँ, तर अहिले ४५ अर्बमा अड्किएका छौँ।”

जेनजी आन्दोलनले नयाँ मोड देखाएको दाबी

उनका अनुसार पछिल्ला १५ वर्ष नेपालको राजनीतिमा देखिएको अस्थिरता, आर्थिक अव्यवस्था र नीति विचलनको परिणति भदौ २३–२४ मा स्पष्ट झल्किएको छ। जेनजी आन्दोलनले मुलुकलाई निर्णायक मोडमा पु¥याएको उल्लेख गर्दै उनले चेतावनी दिए—
“यस संक्रमणलाई सफलतापूर्वक व्यवस्थापन गर्न सके मुलुक नयाँ दिशातिर जान सक्छ, असफल भए प्रतिगमनको जोखिम गम्भीर हुन्छ।”

नयाँ पुस्तालाई नेतृत्वमा आउन आग्रह

वाग्लेले वर्तमान ‘नेतृत्व थकान’ को अवस्थाबाट देशलाई निकास दिन नयाँ पुस्ताका पात्र र नयाँ दल अगाडि आउनुपर्नेमा जोड दिए। देश–विदेशमा यात्रा गर्दा युवाहरूमा भविष्यप्रति अनिश्चितता र निराशा बढ्दै गएको आफूले देखेको उनले बताए।

“सबै खत्तम छ, केही हुँदैन भन्ने मानसिकता गलत हो। नेपालमा केही नभएको होइन—एक ठोस आधार छ, त्यसलाई स्वीकारेर अघि बढ्नुपर्छ,” वाग्लेले भने।

दर्जनौँ नीतिगत सुधारको आवश्यकता

आगामी निर्वाचनपछि बन्ने नेतृत्वले आर्थिक विकास, सुशासन र लगानीमैत्री वातावरणका लागि दर्जनौँ कानुन, नीति तथा संरचनागत सुधार तुरुन्त ल्याउनुपर्ने वाग्लेले औँल्याए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समानान्तर संरचनाले कांग्रेसमा गहिरिँदै विभाजन

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा एउटै ‘रुख’ चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरे पनि नेपाली कांग्रेस व्यवहारतः दुई धारमा विभाजित देखिएको छ। नियमित १४औँ ...

एमाले नेता अधिकारीकाे रास्वपा प्रवेश गर्ने तयारी

काठमाडौं। ठमेल पर्यटन विकास परिषदका अध्यक्ष ध्रुव अधिकारीले रास्वपा प्रवेश गर्ने संकेत गरेका छन्। एमालेका नेतासमेत रहेका अधिकारीले आइतबार सामाजिक स...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक निर्णय : गगन थापाको राजीनामा अस्वीकृत

काठमाडौँ ।  सभापति पदबाट गगन थापाले दिएको राजीनामा अस्वीकृत भएकाे छ । आइतबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापाले दिएको राजीनामा अ...

‘पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले ५ वर्ष टिक्न दिँदैनन्ः सांसद विश्वराज पोखरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद विश्वराज पोखरेलले पार्टी फुटाउने तथा पुरानै राजनीतिक कार्यशैलीका साथ अघि बढे रास्...

चुनावी हारपछि कांग्रेस–एमालेमा आन्तरिक तनाव तीव्र

काठमाडौं। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजयसँगै नेपाली कांग्रेस र नेकपा एमाले  भित्र आन्तरिक मतभेद तीव्र बनेको छ। अघिल्लो संसद्का प्रम...

१० घण्टादेखि कांग्रेस केन्द्रीय समिति बैठक, थापाको राजीनामा प्रस्ताव अस्वीकृत गर्ने मत एकमत

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक १० घण्टादेखि जारी रहेको छ। बिहान पौने ९ बजे सुरु भएको बैठकमा राजनीतिक तथा सांगठनिक एजेन्डामाथि...

दुई दिनकाे वर्षासँगै घट्यो वायु प्रदूषण

काठमाडाैंं । शुक्रबारदेखि मुलुकका अधिकांश स्थानमा परेको वर्षासँगै वायु प्रदूषण उल्लेखनीय रूपमा घटेको छ । एयर क्वालिटी इन्डेक्स (एक्यूआई) को तथ्यांक वि...

अमेरिकी युद्धविमान अवतरण प्रस्ताव अस्वीकार, श्रीलंकाली राष्ट्रपतिको निर्णय चर्चामा

काठमाडौं। श्रीलंकाले अमेरिकी सैन्य आग्रह अस्वीकार गर्दै आफ्नो भूमिमा युद्धविमान अवतरण गर्न नदिएपछि राष्ट्रपति अनुरा कुमारा दिशानायके अन्तर्राष्ट्रिय च...

हिउँमा फसेका २५० यात्रुको उद्धार

बागलुङ । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको उद्धार गरिएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा शुक्रबार रातिदेख...

ठमाडौँबाट दार्चुला जाँदै गरेको बस कैलालीमा दुर्घटना

कैलाली  । कैलालीमा शनिबार साँझ यात्रुवाहक बस दुर्घटनामा परेको छ । काठमाडौँबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३०१ नम्बरको बस घोड...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: