काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले नेपाललाई नियतपूर्वक निराशावादतर्फ धकेल्ने ‘केही भएको छैन’ भन्ने भाष्य गलत र तथ्यविपरीत भएको बताएका छन्। राष्ट्रिय युवा परिषद्ले बुधबार आयोजना गरेको कार्यक्रममा उनी बोलेका थिए।
वाग्लेले २०४८ पछि निर्वाचित सरकारले अपनाएको आर्थिक उदारीकरणले नेपालको आर्थिक संरचनामा ठूलो छलाङ ल्याएको स्मरण गराउँदै भने, “२०४८ को सुधार निरन्तर चलेको भए आज हामी १ सय अर्ब डलरको अर्थतन्त्र भइसकेका हुन्थ्यौँ, तर अहिले ४५ अर्बमा अड्किएका छौँ।”
जेनजी आन्दोलनले नयाँ मोड देखाएको दाबी
उनका अनुसार पछिल्ला १५ वर्ष नेपालको राजनीतिमा देखिएको अस्थिरता, आर्थिक अव्यवस्था र नीति विचलनको परिणति भदौ २३–२४ मा स्पष्ट झल्किएको छ। जेनजी आन्दोलनले मुलुकलाई निर्णायक मोडमा पु¥याएको उल्लेख गर्दै उनले चेतावनी दिए—
“यस संक्रमणलाई सफलतापूर्वक व्यवस्थापन गर्न सके मुलुक नयाँ दिशातिर जान सक्छ, असफल भए प्रतिगमनको जोखिम गम्भीर हुन्छ।”
नयाँ पुस्तालाई नेतृत्वमा आउन आग्रह
वाग्लेले वर्तमान ‘नेतृत्व थकान’ को अवस्थाबाट देशलाई निकास दिन नयाँ पुस्ताका पात्र र नयाँ दल अगाडि आउनुपर्नेमा जोड दिए। देश–विदेशमा यात्रा गर्दा युवाहरूमा भविष्यप्रति अनिश्चितता र निराशा बढ्दै गएको आफूले देखेको उनले बताए।
“सबै खत्तम छ, केही हुँदैन भन्ने मानसिकता गलत हो। नेपालमा केही नभएको होइन—एक ठोस आधार छ, त्यसलाई स्वीकारेर अघि बढ्नुपर्छ,” वाग्लेले भने।
दर्जनौँ नीतिगत सुधारको आवश्यकता
आगामी निर्वाचनपछि बन्ने नेतृत्वले आर्थिक विकास, सुशासन र लगानीमैत्री वातावरणका लागि दर्जनौँ कानुन, नीति तथा संरचनागत सुधार तुरुन्त ल्याउनुपर्ने वाग्लेले औँल्याए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: