काठमाडौँ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको बहस चर्कँदै जाँदा महामन्त्री विश्वप्रकाश शर्माका तर्कले पार्टीभित्रको शक्ति–संतुलन झनै तंग्रिएको छ। शर्माले विशेष महाधिवेशन “फिर्ता हुन नसक्ने प्रक्रिया” भएको बयान दिएपछि संस्थापन पक्षका दुई नेताले सीधा प्रतिवाद गरेका छन्।
उदयपुरमा बोल्दै शर्माले कांग्रेस विधानले विशेष महाधिवेशन दर्ता गर्ने तरिका मात्रै दिएको, फिर्ता गर्ने ‘ब्याक गियर’ नै नरहेको जिकिर गरेका थिए। उनी अनुसार माग परेपछि ९० दिनभित्र महाधिवेशन अनिवार्य छ।
तर, संस्थापन पक्षका केन्द्रीय सदस्य जीतजंग बस्नेतले शर्माको भनाइलाई “अव्यवहारिक र भ्रम फैलाउने” भन्दै प्रतिवाद गरे। बस्नेतले सामाजिक सञ्जालमा लेख्दै–“विशेष महाधिवेशन एक–दुई–तीन जस्तो हुने विषय होइन। पार्टी अहिलेका सभापतिकाे नेतृत्वमै निर्वाचनमा जान्छ,” टिप्पणी गरे।
उनकै सुरमा प्रदेशसभा सदस्य कुन्दनराज काफ्ले पनि उत्रिए। काफ्लेले लेखे—“ब्याक गियर नभएको गाडी चढ्दा दुर्घटना सुनिश्चित छ।” दुवै नेता संस्थापन पक्षका हुन् भने शर्मा इतर धारमा उभिने नेताको रूपमा देखिँदै आएका छन्।
महामन्त्री गगन थापा र शर्माको पहलमा २,४८८ प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन माग असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो। विधान अनुसार सो माग पेश भएको तीन महिनाको भित्रै प्रक्रिया टुंगो लगाउनुपर्नेछ।
यसैबीच, संस्थापन पक्ष भने विशेष महाधिवेशन “अनावश्यक” भएको अडान दोहोर्याइरहेको छ। कांग्रेसभित्र यो विषयले आन्तरिक शक्ति–सन्तुलन र नेतृत्व जिम्मेवारीप्रतिको संघर्ष खुलै रूपमा सतहमा आएको संकेत दिइरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ८ गते, २०८२ - २१:०५
काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा एउटै ‘रुख’ चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरे पनि नेपाली कांग्रेस व्यवहारतः दुई धारमा विभाजित देखिएको छ। नियमित १४औँ ...
चैत्र ८ गते, २०८२ - १९:४२
काठमाडौं। ठमेल पर्यटन विकास परिषदका अध्यक्ष ध्रुव अधिकारीले रास्वपा प्रवेश गर्ने संकेत गरेका छन्। एमालेका नेतासमेत रहेका अधिकारीले आइतबार सामाजिक स...
चैत्र ८ गते, २०८२ - १९:४०
काठमाडौँ । सभापति पदबाट गगन थापाले दिएको राजीनामा अस्वीकृत भएकाे छ । आइतबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापाले दिएको राजीनामा अ...
चैत्र ८ गते, २०८२ - १९:३५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद विश्वराज पोखरेलले पार्टी फुटाउने तथा पुरानै राजनीतिक कार्यशैलीका साथ अघि बढे रास्...
चैत्र ८ गते, २०८२ - १९:३१
काठमाडौं। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजयसँगै नेपाली कांग्रेस र नेकपा एमाले भित्र आन्तरिक मतभेद तीव्र बनेको छ। अघिल्लो संसद्का प्रम...
चैत्र ८ गते, २०८२ - १९:१८
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक १० घण्टादेखि जारी रहेको छ। बिहान पौने ९ बजे सुरु भएको बैठकमा राजनीतिक तथा सांगठनिक एजेन्डामाथि...
चैत्र ८ गते, २०८२ - १९:१०
काठमाडाैंं । शुक्रबारदेखि मुलुकका अधिकांश स्थानमा परेको वर्षासँगै वायु प्रदूषण उल्लेखनीय रूपमा घटेको छ । एयर क्वालिटी इन्डेक्स (एक्यूआई) को तथ्यांक वि...
चैत्र ७ गते, २०८२ - २१:३२
काठमाडौं। श्रीलंकाले अमेरिकी सैन्य आग्रह अस्वीकार गर्दै आफ्नो भूमिमा युद्धविमान अवतरण गर्न नदिएपछि राष्ट्रपति अनुरा कुमारा दिशानायके अन्तर्राष्ट्रिय च...
चैत्र ७ गते, २०८२ - २१:०७
बागलुङ । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको उद्धार गरिएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा शुक्रबार रातिदेख...
चैत्र ७ गते, २०८२ - २१:०५
कैलाली । कैलालीमा शनिबार साँझ यात्रुवाहक बस दुर्घटनामा परेको छ । काठमाडौँबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३०१ नम्बरको बस घोड...


प्रतिकृया लेख्नुहोस्: