काठमाडौँ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको बहस चर्कँदै जाँदा महामन्त्री विश्वप्रकाश शर्माका तर्कले पार्टीभित्रको शक्ति–संतुलन झनै तंग्रिएको छ। शर्माले विशेष महाधिवेशन “फिर्ता हुन नसक्ने प्रक्रिया” भएको बयान दिएपछि संस्थापन पक्षका दुई नेताले सीधा प्रतिवाद गरेका छन्।
उदयपुरमा बोल्दै शर्माले कांग्रेस विधानले विशेष महाधिवेशन दर्ता गर्ने तरिका मात्रै दिएको, फिर्ता गर्ने ‘ब्याक गियर’ नै नरहेको जिकिर गरेका थिए। उनी अनुसार माग परेपछि ९० दिनभित्र महाधिवेशन अनिवार्य छ।
तर, संस्थापन पक्षका केन्द्रीय सदस्य जीतजंग बस्नेतले शर्माको भनाइलाई “अव्यवहारिक र भ्रम फैलाउने” भन्दै प्रतिवाद गरे। बस्नेतले सामाजिक सञ्जालमा लेख्दै–“विशेष महाधिवेशन एक–दुई–तीन जस्तो हुने विषय होइन। पार्टी अहिलेका सभापतिकाे नेतृत्वमै निर्वाचनमा जान्छ,” टिप्पणी गरे।
उनकै सुरमा प्रदेशसभा सदस्य कुन्दनराज काफ्ले पनि उत्रिए। काफ्लेले लेखे—“ब्याक गियर नभएको गाडी चढ्दा दुर्घटना सुनिश्चित छ।” दुवै नेता संस्थापन पक्षका हुन् भने शर्मा इतर धारमा उभिने नेताको रूपमा देखिँदै आएका छन्।
महामन्त्री गगन थापा र शर्माको पहलमा २,४८८ प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन माग असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो। विधान अनुसार सो माग पेश भएको तीन महिनाको भित्रै प्रक्रिया टुंगो लगाउनुपर्नेछ।
यसैबीच, संस्थापन पक्ष भने विशेष महाधिवेशन “अनावश्यक” भएको अडान दोहोर्याइरहेको छ। कांग्रेसभित्र यो विषयले आन्तरिक शक्ति–सन्तुलन र नेतृत्व जिम्मेवारीप्रतिको संघर्ष खुलै रूपमा सतहमा आएको संकेत दिइरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १९ गते, २०८२ - २१:५१
झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति गगनकुमार थापालाई मुलुकको नेतृत्वका लागि तयार रहेको स्पष्ट पारेका छन्। झापा–१ मा...
माघ १९ गते, २०८२ - १९:४१
काठमाडौँ । निर्वाचनको मिति नजिकिँदै गर्दा योङ कम्युनिस्ट लीग नेपाल (वाईसीएल) ले आफ्नो अर्धसैन्य संरचना पुनः सक्रिय बनाएको घोषणा गरेसँगै राजनीतिक वृत्त...
माघ १९ गते, २०८२ - १९:३८
काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा छिटो सुनुवाइ गर्नुपर्ने भन्दै केही एमाले र कांग्रेस (देउवा पक्ष) नेताहरूले सार्वजनिक रूपमा ...
माघ १९ गते, २०८२ - १९:१८
रुकुम पश्चिम । पाठेघरको मुखको क्यान्सरविरुद्ध संरक्षण गर्न रुकुम पश्चिममा एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सञ्चालन हुने भएको छ। माघ २७ गतेद...
माघ १९ गते, २०८२ - १८:५६
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अमेरिकी डाइभर्सिटी भिसा (डिभी) प्रक्रिया अघि बढाउने गिरोहका सातजनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत...
माघ १९ गते, २०८२ - १८:५५
कााठमाडाैं । काठमाडौं उपत्यकामा पछिल्लो १० दिनदेखि एलपी ग्यास अभाव चर्किएको छ। उपभोक्ता रित्तो सिलिन्डर बोकेर पसल–डिलर धाइरहेका छन् भने कतिपय ठाउँमा क...
माघ १९ गते, २०८२ - १८:४७
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सत्ताको भागबन्डा र पुराना नेताहरूको भीडमा नरहेको दाबी गरेका...
माघ १९ गते, २०८२ - १८:४४
काठमाडौँ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने संसदको बैठक सिंहदरबार परिसरस्थित पुतली बगैँचामा निर्माणाधीन नयाँ संसद भवनबाट सञ...
माघ १९ गते, २०८२ - १८:४२
रुपन्देही । लामो समयदेखि पाल्पाबाट उम्मेदवार बन्दै आएका नेता सोमप्रसाद पाण्डेले पाल्पाका अधुरा विकास आयोजना पूरा गर्ने मुख्य एजेन्डासहित पाल्पा क्षेत्...
माघ १९ गते, २०८२ - १८:३६
सुर्खेत । लोकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद)को लिखित परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गरिएको आरोपमा १२ जना पक्राउ परेक...



प्रतिकृया लेख्नुहोस्: