निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौं”: गृहमन्त्री अर्याल
काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताएका छन्।
लुम्बिनी प्रदेशद्वारा मंगलबार भैरहवामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठी उद्घाटन गर्दै उनले भने, “सुशासनको आधार बलियो बनाउँदै निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न हामी आतुर छौं।”
अर्यालले मुलुकको सुरक्षा अवस्था सामान्य बनाउन सरकार सफल भएको उल्लेख गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने आश्वासन दिएका छन्।
जेनजी आन्दोलनपश्चातको विषम परिस्थितिमा सरकारले सुरक्षाको अवस्था सामान्य बनाउन सफलता हासिल गरेको उनले बताए। उनले भने, “अहिलेको सामान्य परिस्थितिमा आइपुग्न हामी सबैको अथक प्रयास र मिहिनेतको महत्वपूर्ण भूमिका छ। अब निर्वाधारित समयमै निर्वाचन सम्पन्न गरेर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नुपर्ने छ।”
गृहमन्त्री अर्यालले वर्तमान सरकारले सुशासन प्रवर्द्धन गर्दै निर्वाचन सम्पन्न गर्ने अभिभारा आफूसँग रहेको बताए। उनले थपे, “विभिन्न बहाना देखाएर चुनाव नहुने वा गर्न सकिँदैन भन्ने कुरा कतै कतै सुनिएका छन्। सार्वजनिक खपतका लागि उठाइएका यस्ता विषयहरूमा सरकारले आफ्नो काम र भूमिकाबाट जवाफ दिइरहेको छ।”
उनले वर्तमान सरकार कसैको निगाहमा नभएको र व्यक्तिगत इच्छाले नबनेको स्पष्ट पारे। “देशको विशिष्ट परिस्थितिले विशेष जिम्मेवारी सुम्पेको कारण मात्र सरकारमा आएका हौं। प्राप्त जिम्मेवारीलाई अर्जुन दृष्टिमा राखेर हाँसिल गर्ने दिशामा सरकार अग्रसर छ,” उनले भने।
अर्यालले सुशासनको आधार बलियो बनाउने, भविष्यमा बिगार्न नसक्ने वातावरण तयार गर्ने र निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने लक्ष्यमा रहेको बताए।
गोष्टिमा उनले भयरहित, निष्पक्ष र शान्तिपूर्ण चुनावको तयारीका लागि सुरक्षा चुनौतीको विश्लेषण र आवश्यक रणनीति तय गरिने उल्लेख गरे। सरकारले निर्वाचनपूर्व, निर्वाचनको अवधिमा र निर्वाचनपश्चात् समेत प्रदेश सरकारको सक्रियता सुनिश्चित गर्ने संयन्त्रहरू बनाएको उनले बताए।
गोष्टिमा गृह मन्त्रालयका सचिव रामेश्वर दंगाल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू, नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसी लगायतका सुरक्षा निकायका उच्च अधिकारीहरू उपस्थित थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १९ गते, २०८२ - २१:५१
झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति गगनकुमार थापालाई मुलुकको नेतृत्वका लागि तयार रहेको स्पष्ट पारेका छन्। झापा–१ मा...
माघ १९ गते, २०८२ - १९:४१
काठमाडौँ । निर्वाचनको मिति नजिकिँदै गर्दा योङ कम्युनिस्ट लीग नेपाल (वाईसीएल) ले आफ्नो अर्धसैन्य संरचना पुनः सक्रिय बनाएको घोषणा गरेसँगै राजनीतिक वृत्त...
माघ १९ गते, २०८२ - १९:३८
काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा छिटो सुनुवाइ गर्नुपर्ने भन्दै केही एमाले र कांग्रेस (देउवा पक्ष) नेताहरूले सार्वजनिक रूपमा ...
माघ १९ गते, २०८२ - १९:१८
रुकुम पश्चिम । पाठेघरको मुखको क्यान्सरविरुद्ध संरक्षण गर्न रुकुम पश्चिममा एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सञ्चालन हुने भएको छ। माघ २७ गतेद...
माघ १९ गते, २०८२ - १८:५६
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अमेरिकी डाइभर्सिटी भिसा (डिभी) प्रक्रिया अघि बढाउने गिरोहका सातजनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत...
माघ १९ गते, २०८२ - १८:५५
कााठमाडाैं । काठमाडौं उपत्यकामा पछिल्लो १० दिनदेखि एलपी ग्यास अभाव चर्किएको छ। उपभोक्ता रित्तो सिलिन्डर बोकेर पसल–डिलर धाइरहेका छन् भने कतिपय ठाउँमा क...
माघ १९ गते, २०८२ - १८:४७
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सत्ताको भागबन्डा र पुराना नेताहरूको भीडमा नरहेको दाबी गरेका...
माघ १९ गते, २०८२ - १८:४४
काठमाडौँ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने संसदको बैठक सिंहदरबार परिसरस्थित पुतली बगैँचामा निर्माणाधीन नयाँ संसद भवनबाट सञ...
माघ १९ गते, २०८२ - १८:४२
रुपन्देही । लामो समयदेखि पाल्पाबाट उम्मेदवार बन्दै आएका नेता सोमप्रसाद पाण्डेले पाल्पाका अधुरा विकास आयोजना पूरा गर्ने मुख्य एजेन्डासहित पाल्पा क्षेत्...
माघ १९ गते, २०८२ - १८:३६
सुर्खेत । लोकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद)को लिखित परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गरिएको आरोपमा १२ जना पक्राउ परेक...



प्रतिकृया लेख्नुहोस्: