Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

सुशासनलाई बलियो बनाउँदै निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौं: गृहमन्त्री अर्याल

खबरडबली संवाददाता

भैरहवा। गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासन र भ्रष्टाचार नियन्त्रणको माग राखी जेनजी युवाहरुबाट भदौ २३ र २४ गते भएको प्रदर्शन पश्चात् विषम परिस्थितिमा यो सरकार गठन भएकाले नै यो त्रासदिपूर्ण अवस्थालाई पार लगाउँदै सुरक्षाको अवस्थालाई सामान्य बनाउन सरकार सफल भएका बताएको छन् ।

गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय, लुम्बिनी प्रदेशद्वारा मङ्गलबार भैरहवामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठी–२०८२ कार्यक्रममा आफ्नो उद्घाटन मन्तव्य राख्नु हुँदै मन्त्री अर्यालले सो कुरा बताउनु भएको हो ।  

अहिलेको सामान्य परिस्थितिमा आइपुग्न हामी सबैको अथक प्रयास र मिहिनेतको महत्त्वपूर्ण प्रयासका कारण मात्र शान्ति सुरक्षाको सामान्य अवस्था सम्भव भएको बताउदै, मन्त्री अर्यालले सुशासन प्रवर्धन गर्दै निर्वाचन सम्पन्न गर्ने अभिभारा वर्तमान सरकारको रहेको बताए।

“हामी यसैलाई मूलमन्त्र मानेर काम गरिरहेका छौं । विभिन्न बहाना देखाएर चुनाव हुँदैन भन्ने र  गर्न सक्दैनन् भन्ने कुराहरु कहिँ कतै सुनिएका छन् । सार्वजनिक खपतका लागि बोलिएका यस्ता विषयहरुलाई सरकारले आफ्नो काम र भूमिकाबाट जवाफ दिन्छ र दिईरहेको छ,’’ मन्त्री अर्यालले भने।

“वर्तमान सरकार कसैको निगाहामा बनेको सरकार होइन । हामी कुनै अपेक्षाले आएका होइनौ र हाम्रो व्यक्तिगत इच्छाले आएका होइनौ । देशको विशिष्ट अवस्थामा, शून्यतालाई पूरा गर्न परिस्थितिले विशेष जिम्मेवारी सुम्पेको हुँदा त्यसका लागि आएका हौं । हामीलाई कुनै किसिमको व्यक्तिगत आकांक्षा र लोभ छैन । प्राप्त जिम्मेवारीलाई अर्जुन दृष्टिमा राखेर सो हासिल गर्ने दिशामा सरकार केन्द्रित छ । त्यसैले हामी सुशासनको आधार बलियो बनाउने, भोलिको दिनमा विगार्न नसक्ने वातावरण तयार गरी निर्वाचीत सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौं,’’ गृह मन्त्री अर्यालले भने ।  

हाम्रा छोराछोरीले हाम्रो कार्यसम्पादनको शैलीमा यत्रो प्रश्न उठाइसकेपछि पनि हामी नसच्चिने हो, एकले अर्कालाई दोषारोपण गर्ने, सहिलाई सहि र खराबलाई खराब नभनी आफ्नो अनुकूलतामा ब्याख्या गर्दै जाने हो भने फेरी अर्को दुर्घटना नहोला भन्न सकिन्न, भने। यसैले आफ्ना अभिव्यक्तिहरुलाई दिइरहँदा यसतर्फ पनि सबैको जिम्मेवारीबोध गर्न हुन अनुरोध गरे।

“भयरहित निस्पक्ष र शान्तिपूर्ण चुनावको तयारीका लागि सरकारले चालेका कदमहरुमध्ये यो सुरक्षा गोष्ठी पनि एक हो । हामीले यस सुरक्षा गोष्ठीमा लुम्बिनि प्रदेशको सुरक्षा चुनौती सश्लेषण गर्ने, त्यसका लागि आवश्यक रणनीति तय गर्ने, निर्वाचनका लागि आवश्यक तयारी गर्ने छौं,’’ मन्त्री अर्यालले भने।  

यस सुरक्षा गोष्ठीले सबैलाई आश्वस्त पार्ने गरी निर्वाचनको सुरक्षा तयारी गर्नेमा समेत मन्त्री अर्यालले विश्वास व्यक्त गर्नुभयो को विशास छ ।

शान्ति सुव्यवस्था कायम गर्न एवम् निर्वाचनको वातावरण सृजनामा प्रदेश सरकारको पनि भूमिका उत्तीकै महत्त्वपूर्ण रहनेमासमेत मन्त्री अर्यालले जोड दिए।

सरकारले निर्वाचन पूर्व, निर्वाचनको अवधि र निर्वाचन पश्चातका कार्यहरुमा समेत प्रदेश सरकारको सक्रियता रहने गरी संयन्त्रहरु बनाएको पनि गोष्ठीमा बताए। केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत भएको निर्वाचन सुरक्षा योजना बमोजिम प्रदेश सरकारले पनि आफ्नो सुदृढ प्रादेशिक सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याउने छ भन्ने मैले विश्वास लिएको छु, मन्त्री अर्यालले भने।

राजनीतिक दलहरुले लुटिएका हतियार र फरार कैदी बन्दीलाई प्रमुख सुरक्षा चुनौतीको रुपमा औंल्याउनु भएको छ । हामीले धेरै परिणाममा विशेष अपरेसन मार्फत् यी हतियार फिर्ता ल्याईसकेक र ठुलो सङ्ख्यामा कैदीहरु पनि फिर्ता भइसकेका जानकारी गराए।

मन्त्री अर्यालले गोष्ठीमा गृह र प्रदेश सरकारका यी प्रयासहरुका बारेमा समीक्षा गरी थप प्रभावकारीरुपमा अगाडि बढ्ने गरी रणनीति तय गर्नेमा समेत विश्वास लिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिन्धुली हिरासत मृत्यु प्रकरण: छानबिन समिति गठन

काठमाडौं । नेपाल प्रहरी ले सिन्धुली हिरासतमा भएको एक युवकको मृत्यु प्रकरणबारे छानबिन गर्न समिति गठन गरेको छ। सुनकोशी गाउँपालिका–३, सिन्धुलीका २२ वर...

एमाले प्रमुख सचेतकमा महर मनोनीत

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधि सभाको प्रमुख सचेतकमा ऐनबहादुर महरलाई मनोनीत गरेको छ । एमाले संसदीय दलका नेता रामबहादुर थापा मगर...

धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

काठमाडौँ। धादिङ, नुवाकोट र रसुवा चल्ने सार्वजनिक सवारीसाधन अब नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेका छन् । यसअघि माछापोखरी र बालाजु सडक आसपासमा पार्...

धान रोपााइँका लागि रासायनिक मलको अभाव हुँदैन : मन्त्री चौधरी

काठमाडौँ। कृषि तथा पशुपक्षी विकासमन्त्री गीता चौधरीले वर्षे रोपााइँका लागि आवश्यक पर्ने रासायनिक मलको अभाव नहुने स्पष्ट पारेको छिन् । राष्ट्रिय सभा अन...

नेपाली कांग्रेसको संसदीय दल नेताको निर्वाचन स्थगित

काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज तय गरिएको निर्वाचन स्थगित भएको छ। अब निर्वाचन कहिले हुने भन्ने नयाँ मिति तोकिएको छैन। नि...

श्रम संस्कृति पार्टी सुकुम्वासीको पक्षमा हामी हुनेछ: सांसद आरेन राई

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुमवासी बस्तीमा श्रम संस्कृति पार्टीका सांसद आरेन राई पुगेका छन्। सरकारले उक्त क्षेत्रमा रहेका सुकुमवासी बस्ती हट...

वास्तविक सुकुम्वासी छुट्याएर १५ दिनभित्रै व्यवस्थापन गर्ने सरकारको योजना

साँझ ७ बजेसम्म खाली गर्नुस्, सामान ढुवानी प्रहरीले गरिदिन्छ

सुकुमवासी हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट, तत्काल कार्यान्वयन नगर्न माग

काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारामा बसोबास गरिरहेका सुकुमवासीहरूलाई हठात रूपमा हटाउने सरकारी निर्देशनविरुद्ध जेनजी अधिकारकर्मी र कानून व्यवसायी...

सुकुमवासीले रास्वपा कार्यालय अगाडि प्रदर्शन गर्ने भएपछि सुरक्षा व्यवस्था कडा

काठमाडौं । काठमाडौंमा सुकुमवासी बस्ती खाली गराउने सरकारी तयारीसँगै आन्दोलन चर्किएको छ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को कार्यालय अग...

सुकुमबासी मोर्चाका अध्यक्ष नारायण परियार पक्राउ

काठमाडौं । सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष तथा एमाले नेता नारायण परियार (परिश्रमी) बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन्। उनीविरुद्ध दर्ता भएक...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending