चितवन । चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म चितवनमा भएका सवारी दुर्घटनामा २९ जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेमा २१ पुरुष, ६ महिला र २ बालबालिका रहेका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरीलेक्षक अनिल थापाका अनुसार यो अवधिमा २२४ दुर्घटना भएका छन् । ती दुर्घटनामा ४५६ जना घाइते भएका छन्।
सबैभन्दा धेरै मोटरसाइकल दुर्घटना भएका प्रहरीले जनाएकाे छ । चार महिनामा दुर्घटनामा परेका ३३३ सवारीसाधन मध्ये सबैभन्दा धेरै २०१ मोटरसाइकल रहेका छन्।
अन्यसवारी दुर्घटनामा जिप/कार : ३४ वटा, शारीरिक शक्तिले चल्ने सवारी : ३०, ट्रक/ट्याङ्कर : २४, बस : १५, टेम्पो : १४, टिपर : २, माइक्रोबस : ५, ट्र्याक्टर : ४ र अन्य : ४ सवारी दुर्घटना भएका छन् ।
दुर्घटना धेरै, मृत्यु भने कम
गत वर्ष यही अवधि (साउन–कात्तिक) मा २०५ दुर्घटना भएका थिए भने यस वर्ष दुर्घटना २२४ पुगेका छन्। तर मानवीय क्षति भने घटेको छ।
गत वर्ष ४६ जनाकाे मृत्यु भएकाे थियाे भने यो वर्ष २९ जनाकाे मात्र मृत्यु भएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।
प्रहरीका अनुसार दुर्घटना बढ्नुका मुख्य कारणः फराकिला सडकमा तीव्र गति, मादक पदार्थ सेवन गरी सवारी चलाउने, ट्राफिक नियमको पालना नगर्ने र सडकको चाप वृद्धि रहेकाे छ ।
दुर्घटना न्यूनीकरणका लागि प्रहरीले छड्के जाँच, जनचेतना कार्यक्रम र अनुशासन कडाइ गर्दै आएको जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ८ गते, २०८२ - २१:४७
काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली क्षेत्रमा रहेका चरनभूमिको संरक्षण गरिने भएको छ। चरनभूमिको संरक्षण गर्न ‘नेपाल...
चैत्र ८ गते, २०८२ - २१:४६
काठमाडौं। राष्ट्रिय किताबखाना (शिक्षक) ले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरेको छ। किताबखानाले गत आर्थिक वर्षमा ...
चैत्र ८ गते, २०८२ - २१:४३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्की सरकारले गरेको निर्णयमा आफ्नो र पार्टीको तर्फबाट कुन...
चैत्र ८ गते, २०८२ - २१:४२
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटारमा शिष्टाचार भेट गरेका छन्। सभाप...
चैत्र ८ गते, २०८२ - २१:०५
काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा एउटै ‘रुख’ चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरे पनि नेपाली कांग्रेस व्यवहारतः दुई धारमा विभाजित देखिएको छ। नियमित १४औँ ...
चैत्र ८ गते, २०८२ - १९:४२
काठमाडौं। ठमेल पर्यटन विकास परिषदका अध्यक्ष ध्रुव अधिकारीले रास्वपा प्रवेश गर्ने संकेत गरेका छन्। एमालेका नेतासमेत रहेका अधिकारीले आइतबार सामाजिक स...
चैत्र ८ गते, २०८२ - १९:४०
काठमाडौँ । सभापति पदबाट गगन थापाले दिएको राजीनामा अस्वीकृत भएकाे छ । आइतबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापाले दिएको राजीनामा अ...
चैत्र ८ गते, २०८२ - १९:३५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद विश्वराज पोखरेलले पार्टी फुटाउने तथा पुरानै राजनीतिक कार्यशैलीका साथ अघि बढे रास्...
चैत्र ८ गते, २०८२ - १९:३१
काठमाडौं। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजयसँगै नेपाली कांग्रेस र नेकपा एमाले भित्र आन्तरिक मतभेद तीव्र बनेको छ। अघिल्लो संसद्का प्रम...
चैत्र ८ गते, २०८२ - १९:१८
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक १० घण्टादेखि जारी रहेको छ। बिहान पौने ९ बजे सुरु भएको बैठकमा राजनीतिक तथा सांगठनिक एजेन्डामाथि...


प्रतिकृया लेख्नुहोस्: