काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले भारतीय कम्पनी पीटीसी इन्डियासँग महँगो दरमा बिजुली किनेर पनि राज्यलाई उल्टै ३ अर्ब रुपैयाँ बचत गराएको दाबी गरेका छन्। उनले प्रतियुनिट २१ पैसा महँगो दरमा गरिएको उक्त खरिदलाई उचित निर्णयका रूपमा प्रस्तुत गरेका हुन्।
सोमबार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिंदै मन्त्री घिसिङले महँगो दरमा गरिएको विद्युत् खरिदबाट घाटा होइन, फाइदा भएको तर्क अघि सारे।
यसअघि अनलाइनखबर ले नेपाल विद्युत् प्राधिकरण ९नेपा० ले पीटीसी इन्डियाले मागेभन्दा महँगो दरमा बिजुली किन्दा, तिर्नै नपर्ने बिहार राज्य प्रसारण लाइनको ह्विलिङ चार्ज र चुहावट कटौतीसमेत नगरी करिब ४३ करोड रुपैयाँ गडबडी भएको समाचार प्रकाशित गरेको थियो। यही विषयमा सांसदहरूले स्पष्टीकरण मागेका थिए।
तर, प्रतियुनिट २१ भारतीय पैसा महँगोमा किनिएको बिजुलीले कसरी ३ अर्ब रुपैयाँ फाइदा गरायो भन्ने ठोस आधार भने उनले स्पष्ट पारेनन्।
'प्रतियुनिट ६.९५ भारतीय रुपैयाँमा बिजुली किन्ने सम्झौता गरेर ड्राइ सिजनका लागि आवश्यक विद्युत् सुरक्षित गरिएको हो,' मन्त्री घिसिङले समितिमा भने।
भविष्यमा बिजुली अझ महँगो पर्न सक्ने सम्भावना भएकाले अहिले महँगोमा सम्झौता गर्नु नै सही निर्णय भएको उनको तर्क छ। 'त्यतिबेला ६.७४ भारुमा सम्झौता नगर्ने तत्कालीन एमडी र बोर्डलाई नै कारबाही हुनुपर्ने थियो,' उनले टिप्पणी गरे।
घिसिङले आफूहरूले राज्यको हितमा रहेको निर्णय गरेको दाबी गर्दै भने, 'राइट डिसिजन, राइट टाइममा गरेका छौँ।'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १८ गते, २०८२ - १७:२५
काठमाडौँ। कप्तान सन्दीप लामिछाने एक्लैले सात विकेट लिएपछि प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि सा...
चैत्र १८ गते, २०८२ - १७:०५
काठमाडौँ । सर्वोच्च अदालत ले नेपाली कांग्रेसका अर्जुननरसिंह केसी र नेकपा एमालेकी पद्मा अर्याल विरुद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ। ...
चैत्र १८ गते, २०८२ - १६:५३
काठमाडौँ । नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएका छन्। बुधबार सम्पन्न निर्वाचन प्रक्रियामा बादल एक्लो...
चैत्र १८ गते, २०८२ - १६:३३
काठमाडौं । पछिल्लो एक महिनामा कम्बोडिया बाट १२७ जना नेपालीको उद्धार गरिएको छ। प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी कृष्ण पंगेनी का अनुसार उ...
चैत्र १८ गते, २०८२ - १६:२२
काठमाडौं । रामबहादुर थापा बादल नेकपा एमालेको संसदीय दलको नेतामा निर्विरोध रूपमा चयन हुने भएका छन्। संसदीय दलको नेताका लागि उपाध्यक्ष बादल र सुहाङ न...
चैत्र १८ गते, २०८२ - १६:११
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७४ दशमलव ७३ अङ्कले घटेर दुई हजार ७७६ दशमलव ३६ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव ६२ प्रतिशतको गिरा...
चैत्र १८ गते, २०८२ - १५:५३
काठमाडौं । नेपाली कांग्रेसले अनुशासन उल्लंघनको आरोप लागेका व्यक्तिलाई ७ दिनभित्र स्पष्टीकरण र सफाइ बुझाउन निर्देशन दिएको छ। मंगलबार पार्टी केन्द्री...
चैत्र १८ गते, २०८२ - १५:४०
काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकमा सहमति नहुँदा निर्वाचन...
चैत्र १८ गते, २०८२ - १५:२९
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणको मुद्दामा पर्सा जिल्ला अदालतमा पुगेर तारेख बुझेका छन्। आ...
चैत्र १८ गते, २०८२ - १५:२२
काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन्। मंगलबार बसेको सर्वदलीय बैठकमा ज्येष्ठ सदस्यको अध्यक्षत...


प्रतिकृया लेख्नुहोस्: