काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सस्तो दरमा अमेरिकी डलर साटिदिने बहानामा सर्वसाधारणलाई ठगी गर्ने दुई जनाको गिरोहलाई नियन्त्रणमा लिएको छ ।
नुवाकोटका दीपक थापालाई १२ हजार ६ सय अमेरिकी डलर सस्तोमा दिने प्रलोभनमा पारी ३ लाख रुपैयाँ ठगेर फरार रहेका व्यक्तिहरूलाई प्रहरीले कलङ्कीको नाग मन्दिर क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा नुवाकोट शिवपुरीका २८ वर्षीय सुवास तामाङ (सरोज) र मकवानपुर थाहा नगरपालिकाका २७ वर्षीय गौरव स्याङ्तान (पासाङ) रहेका छन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट यो गिरोहले निकै चलाखीपूर्ण ढंगले ठगी गर्ने गरेको खुलेको छ । उनीहरूले आफूहरू ट्रेकिङ वा भरियाको काम गर्ने व्यक्ति भएको र बाढी पहिरोमा डलर तथा अन्य विदेशी मुद्रा भेटाएको भन्दै मानिसहरूलाई विश्वासमा लिने गरेका थिए ।
सस्तोमा डलर पाउने लोभमा परेर नगद बुझाएपछि उनीहरू पैसा लिएर फरार हुने गरेको देखिएको छ । पक्राउ परेकाहरूको साथबाट प्रहरीले ५ थान सिम कार्ड र ३ थान मोबाइल समेत बरामद गरेको छ ।पक्राउ परेकामध्ये सुवास तामाङ पुराना अपराधी भएको प्रहरी रेकर्डबाट पुष्टि भएको छ । उनी यसअघि २०७१ सालमा घर चोरी मुद्दामा जिल्ला अदालत काठमाडौँबाट कैद र जरिवानाको सजाय पाएका व्यक्ति हुन् ।
यसका साथै उनी चार पटकसम्म मोटरसाइकल चोरी मुद्दामा समेत पक्राउ परिसकेको खुलेको छ । पक्राउ परेका दुवैलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १८ गते, २०८२ - २०:०७
काठमाडौँ — नबिल बैंक द्वारा जारी ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ। प्रति शेयर अंकित मूल...
चैत्र १८ गते, २०८२ - २०:०१
काठमाडौं । नेकपा एमाले ले प्रतिनिधिसभामा आफूलाई सजग ‘वाचडग’ (पहरेदार) का रूपमा प्रस्तुत गर्ने रणनीति तय गरेको छ। संसदीय दलको बैठकपछि दलका नेता रामबहाद...
चैत्र १८ गते, २०८२ - १९:५८
काठमाडौं । अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेल ले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेका छन्।...
चैत्र १८ गते, २०८२ - १९:५६
काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित सडकमा ना.६ ख ...
चैत्र १८ गते, २०८२ - १९:५४
कपिलवस्तु । कपिलवस्तुमा छुट्टाछुट्टै भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरको जर्लैया जाने चोकमा लु२ख ...
चैत्र १८ गते, २०८२ - १९:५०
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गर्दै निर्वाचन क्षेत्रका समस्या प्रत्यक्ष रू...
चैत्र १८ गते, २०८२ - १९:४८
काठमाडौं । जिल्ला अदालत काठमाडौंले पत्रकार दिलभूषण पाठक विरुद्ध दायर मुद्दामा दाबी नपुग्ने ठहर गर्दै सफाइ दिएको छ। बुधबार न्यायाधीश खिमानन्द भुषाल को ...
चैत्र १८ गते, २०८२ - १९:४६
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पश्चिमा देशहरूको शक्तिशाली सैन्य संगठन उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)बाट अमेरिका बाहिरिने विषयमा गम...
चैत्र १८ गते, २०८२ - १९:३९
काठमाडौँ । श्रीलङ्काले ३९ वटा देशका पासपोर्ट प्राप्त व्यक्तिहरुलाई निःशुल्क पर्यटक भिसा प्रदान गरी ६ महिनाको कार्यक्रम पेस गर्ने तयारी गरेको जनाइएको ...
चैत्र १८ गते, २०८२ - १९:२७
काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय ऊर्जा बजारमा अस्थिरता बढ्दै जाँदा भारतले उड्डयन टर्बाइन इन्धन (एटिएफ) र व्यावसायिक एलपिजीक...


प्रतिकृया लेख्नुहोस्: