Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

संवैधानिक परिषद् विधेयक रोक्ने राष्ट्रपतिको संकेत

खबरडबली संवाददाता

काठमाडौं ।  आगामी २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन गर्ने घोषित म्यान्डेडसहित गठन भएको अन्तरिम सरकारले दीर्घकालीन महत्व राख्ने कानुनी र नीतिगत निर्णय गर्न थालेपछि राष्ट्रपति र सरकारबीच दूरी बढेको छ ।

दीर्घकालीन प्रभाव राख्ने नीतिगत निर्णय, राजनीतिक नियुक्ति र एकपछि अर्को अध्यादेश ल्याउने निर्णय हुन थालेपछि राष्ट्रपति रामचन्द्र पौडेल अनावश्यक अध्यादेशलाई भने ‘ब्रेक’ लगाउने निष्कर्षमा पुगेका छन् ।

सुशीला कार्की नेतृत्वको सरकारले संवैधानिक नियुक्तिको तयारीसहित अध्यादेश पेस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेल सरकारसँग थप सशंकित भएका छन् । सरकारले गत २ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकबाट संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) अध्यादेश २०८२ जारीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिसकेको छ ।

कार्की सरकारले यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा संसद्ले पारित गरेर प्रमाणीकरणका लागि पठाएको विधेयक पुनर्विचार गर्न भन्दै फिर्ता गरेका थिए । राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता गरेको विधेयकलाई नै हुबहु अध्यादेशका रूपमा जारी गर्न सिफारिस गरेपछि राष्ट्रपति यो अध्यादेश पारित नगर्ने निष्कर्षमा पुगेका हुन् । सरकारले पेस गरेका दुईवटा अध्यादेश भने जारी भइसकेका छन् ।

सरकारले निर्वाचन आयोगका प्रमुख आयुक्तलगायत रिक्त संवैधानिक निकायमा संसदीय सुनुवाइ छलेर नियुक्ति गर्ने तयारीसहित विघटित प्रतिनिधिसभाले पारित गरेर राष्ट्रपतिकहाँ पठाएकै विधेयकलाई अध्यादेशका रूपमा सिफारिस गरेपछि राष्ट्रपति सशंकित भएका हुन् । ‘हिजो जे विधेयक पुनर्विचारका लागि फिर्ता भयो, अहिले हुबहु त्यही विषय अध्यादेशका रूपमा आएको छ, राष्ट्रपतिले कम्तीमा दोहोरो मापदण्ड राख्न मिल्दैन, त्यसैले अध्यादेश जारी हुने अवस्था देखिएको छैन,’ राष्ट्रपतिका एक जना सल्लाहकारले राजधानीसँग भने ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश मन्त्रिपरिषद् बैठक बसेरै फिर्ता लिइदिन सरकारलाई सन्देशसमेत राष्ट्रपति कार्यालयले पठाइसकेको ती सल्लाहकारको भनाइ छ । संसद्ले पारित गरेर पठाएको विधेयकमा राष्ट्रपतिको चित्त नबुझे एकपटक उत्पत्ति भएको सदनमै विधेयक पुनर्विचारका लागि फिर्ता पठाउने व्यवस्था छ । तर, अध्यादेशको सवालमा भने कानुनमा ‘राष्ट्रपतिले जारी गर्न सक्नेछ’ भन्ने व्यवस्था छ । जारी नगरी फिर्ता गर्न मिल्ने, नमिल्ने विषयमा विद्यमान कानुनी व्यवस्था मौन छ ।

जेनजी आन्दोलनको प्रभावस्वरूप बनेको सरकारलाई ६ महिनाभित्र निर्वाचन गर्ने म्यान्डेट भए पनि सरकारको ध्यान भने धमाधम दीर्घकालीन प्रभावका नीतिगत निर्णय र राजनीतिक नियुक्तितिर गएको भन्दै सरकार बनाउँदाका समर्थकहरूले समेत आलोचना गरिरहेका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले दुई महिनामा तीन अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेकामा दुईवटा जारी भएका छन् भने संवैधानिक नियुक्तिसम्बन्धी अध्यादेश विचाराधीन छ । विघटित प्रतिनिधिसभाका दुवै सदनबाट पारित भएको संवैधानिक परिषद्सम्बन्धी विधेयकको व्यवस्थामा निर्वाचित सांसदहरूबाट सुनुवाइ गराई अनुमोदन गर्ने, परिषद्को बहुमत सदस्यले निर्णय गर्नसक्नेजस्ता प्रावधान राखेर अध्यादेश सिफारिस गरिएको छ ।

विगतमा पनि राष्ट्रपतिले अध्यादेशको यही अल्पमत, बहुमत र गणपूरक संख्यामा अडान राख्दै पुनर्विचारका लागि फिर्ता गरेका थिए । निर्वाचन आयोगको विद्यमान जनशक्ति र नेतृत्वले नै निर्वाचन सम्पूर्ण हिसाबले सक्ने रिपोर्टिङ गरी सम्पूर्ण काम अगाडि बढाइरहेको अवस्थामा विद्यमान आयोग नेतृत्वलाई विश्वास नगरेर निर्वाचन आयोग प्रमुख खोज्नुलाई रहस्यमय ढंगले हेरिएको मात्र छैन, यही नियुक्तिको छिद्रबाट रिक्त संवैधानिक नियुक्तिमा आफ्नो अनुकूलको नियुक्तिको लोभ भएको भन्दै आलोचनासमेत भएको छ ।

कार्की नेतृत्वको अन्तरिम सरकारले सिफारिस गरेअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले ५ मंसिरमा नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२ जारी गरेका छन् भने यसअघि ८ असोजमा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश २०८२ जारी गरिसकेका छन् । यो समाचार आजको राजधानी दैनिकले लेखेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending