Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

मलाई विद्या भण्डारीको समर्थन रहन्छ, अहिलेसम्म कुनै प्यानल बनेको छैन : ईश्वर पोखरेल

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि दुई पक्षबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ। वर्तमान अध्यक्ष केपी शर्मा ओली तेस्रो कार्यकालका लागि अघि सर्दै छन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने तयारी खुला रूपमा सार्वजनिक गरेका छन्।

अध्यक्षमा उम्मेदवारी दिन लागेको पुष्टि गर्दै पोखरेलले प्रतिस्पर्धालाई स्वाभाविक प्रक्रिया भएको टिप्पणी गरे। उनका अनुसार उनले कसैलाई लक्षित गरी प्रतिस्पर्धा गर्न खोजेका होइनन्, बरु पार्टीको विधि–विधानअनुसार नेतृत्व चयनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने मान्यताबाट अघि बढिरहेका छन्। 

“अध्यक्षमा को–को उम्मेदवार हुनुहुन्छ, उहाँहरूसँग प्रतिस्पर्धा हुनु स्वाभाविक हो। पार्टीको विधिमा रहेर प्रतिस्पर्धा गर्नुलाई अन्यथा मान्नु हुँदैन,” पोखरेलले भने।

पोखरेलले आफूलाई पूर्वराष्ट्रपति विद्या भण्डारीलगायत अन्य नेताहरूको समर्थन रहने विश्वास व्यक्त गरे। “पूर्वराष्ट्रपति विद्या भण्डारीको समर्थन हुन्छ नै। अरू सबै साथीको पनि समर्थन हुन्छ भन्ने विश्वास छ,” उनले बताए।

उनका अनुसार बैठकहरूमा अध्यक्ष ओली स्वयंले पनि स्वस्थ प्रतिस्पर्धाको पक्षमा रहेको अभिव्यक्ति दिँदै आएको उल्लेखनीय छ। 

“जुनसुकै पदमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ भनेर अध्यक्ष ओलीले पनि बैठकमा भन्नुभयो। उहाँले प्रतिस्पर्धाबाट आउने परिणाम सहज रूपमा स्वीकार गर्नुपर्छ भन्नुभएको हो,” पोखरेलले बताए।

आगामी महाधिवेशनमा विभिन्न पदमा थप नेताहरू पनि प्रतिस्पर्धामा उत्रिन सक्ने सम्भावना रहेको उनको भनाइ छ। तर हालसम्म कुनै प्यानल औपचारिक रूपमा नबनेको उनले स्पष्ट पारे। “अरू को–कोलाई के–के पदमा प्रतिस्पर्धा गर्न मन लागेको होला, त्यसमा प्रतिस्पर्धा गर्नुहुन्छ। अहिले प्यानल बनिसकेको छैन,” उनका अनुसार।

महाधिवेशन नजिकिंदै गर्दा एमालेभित्रको प्रतिस्पर्धाले अर्को चरणको नेतृत्व संरचना कस्तो हुने हो भन्नेबारे चासो बढेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending