काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि दुई पक्षबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ। वर्तमान अध्यक्ष केपी शर्मा ओली तेस्रो कार्यकालका लागि अघि सर्दै छन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने तयारी खुला रूपमा सार्वजनिक गरेका छन्।
अध्यक्षमा उम्मेदवारी दिन लागेको पुष्टि गर्दै पोखरेलले प्रतिस्पर्धालाई स्वाभाविक प्रक्रिया भएको टिप्पणी गरे। उनका अनुसार उनले कसैलाई लक्षित गरी प्रतिस्पर्धा गर्न खोजेका होइनन्, बरु पार्टीको विधि–विधानअनुसार नेतृत्व चयनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने मान्यताबाट अघि बढिरहेका छन्।
“अध्यक्षमा को–को उम्मेदवार हुनुहुन्छ, उहाँहरूसँग प्रतिस्पर्धा हुनु स्वाभाविक हो। पार्टीको विधिमा रहेर प्रतिस्पर्धा गर्नुलाई अन्यथा मान्नु हुँदैन,” पोखरेलले भने।
पोखरेलले आफूलाई पूर्वराष्ट्रपति विद्या भण्डारीलगायत अन्य नेताहरूको समर्थन रहने विश्वास व्यक्त गरे। “पूर्वराष्ट्रपति विद्या भण्डारीको समर्थन हुन्छ नै। अरू सबै साथीको पनि समर्थन हुन्छ भन्ने विश्वास छ,” उनले बताए।
उनका अनुसार बैठकहरूमा अध्यक्ष ओली स्वयंले पनि स्वस्थ प्रतिस्पर्धाको पक्षमा रहेको अभिव्यक्ति दिँदै आएको उल्लेखनीय छ।
“जुनसुकै पदमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ भनेर अध्यक्ष ओलीले पनि बैठकमा भन्नुभयो। उहाँले प्रतिस्पर्धाबाट आउने परिणाम सहज रूपमा स्वीकार गर्नुपर्छ भन्नुभएको हो,” पोखरेलले बताए।
आगामी महाधिवेशनमा विभिन्न पदमा थप नेताहरू पनि प्रतिस्पर्धामा उत्रिन सक्ने सम्भावना रहेको उनको भनाइ छ। तर हालसम्म कुनै प्यानल औपचारिक रूपमा नबनेको उनले स्पष्ट पारे। “अरू को–कोलाई के–के पदमा प्रतिस्पर्धा गर्न मन लागेको होला, त्यसमा प्रतिस्पर्धा गर्नुहुन्छ। अहिले प्यानल बनिसकेको छैन,” उनका अनुसार।
महाधिवेशन नजिकिंदै गर्दा एमालेभित्रको प्रतिस्पर्धाले अर्को चरणको नेतृत्व संरचना कस्तो हुने हो भन्नेबारे चासो बढेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: