तम्घास। गुल्मीको धुर्कोट गाउँपालिका–६ लाहाता बस्ने ४० वर्षीया सीता थापा १० दिनपछि मृत अवस्थामा फेला परेकी छन्। कात्तिक २६ गते दिउँसो परिवारलाई जानकारी नगरी घरबाट हिँडेकी थापा खोजतलास क्रममा नभेटिएपछि मङ्सिर ४ गते प्रहरी चौकी धनार्जेमा हुलियासहितको निवेदन दिइएको थियो।
खोजतलास जारी रहँदा जिल्ला गुल्मी धुर्कोट गाउँपालिका–५ कुम्ला बनडाँडा स्थित मुक्तिनाथ भण्डारीको ढुङ्गा माटोले छाएको खाली घरमा थापा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीले घटनास्थल तत्काल सुरक्षित गर्दै प्रारम्भिक अनुसन्धान सुरू गरेको छ।
इलाका प्रहरी चौकी धुर्कोटबस्तुबाट प्रहरी सहायक निरीक्षक शारदा भट्टको कमाण्डमा २ जनाको टोली घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान गरेको थियो । थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त सेनको कमाण्डमा टोली खटिएको प्रहरीले जनाएको छ ।
मृतकको शव सडेगलेको अवस्थामा फेला परेको र उनी मदिरा सेवन गर्ने स्वभावकी रहेको बुझिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १७ गते, २०८३ - १५:१२
काठमाडौँ । नेकपा (एमाले)ले सरकारले सङ्घीय संसद्लाई छलेर अध्यादेश ल्याउन खोजेको भन्दै आपत्ति जनाएको छ । राष्ट्रिय सभाका लागि नेकपा ९एमाले० संसदीय दल...
बैशाख १७ गते, २०८३ - १४:५७
दमक। झापाको कचनकवल गाउँपालिका–३ दलकीस्थित अभिमुक्तरेश्वर सामुदायिक वन अगाडि बिहीबार बिहान भएको स्कुल बस दुर्घटनामा एक दर्जनभन्दा बढी विद्यार्थी घाइते ...
बैशाख १७ गते, २०८३ - १४:३६
काठमाडौं । गगन कुमार थापाले एक सय रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार बुझाउनुपर्ने सरकारको निर्णय अव्यवहारिक भएको बताएका छन्। चुनावी क्षेत्र सर्ला...
बैशाख १७ गते, २०८३ - १४:१७
काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उच्च पदाधिकारीहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्। उनीहरूले आफ्नो राजीनामा कर्मचारीमार्फत प्रधानमन्त्र...
बैशाख १७ गते, २०८३ - १४:०४
काठमाडौं । बल्खु र वंशीघाट क्षेत्रका सुकुमवासीहरूले आफ्नो बस्ती खाली गर्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार सूचना जारी गर्दै १८ वै...
बैशाख १७ गते, २०८३ - १३:५३
काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनसम्बन्धी विधेयक बजेट अधिवेशनमा नै पारित गर्न आग्रह गरेको छ । ...
बैशाख १७ गते, २०८३ - १३:४३
वासिङ्टन । इरानमाथि जारी अमेरिकी नौसैनिक नाकाबन्दी महिनौँसम्म लम्बिन सक्ने सङ्केतसँगै विश्व तेल बजारमा तीव्र उथलपुथल देखिएको छ । राष्ट्रपति डोनाल्ड ट्...
बैशाख १७ गते, २०८३ - १२:१०
गुल्मी। गुल्मीको सदरमुकाम तम्घासमा जारी पाँचौँ गुल्मी महोत्सव मा परम्परागत मौलिक चाँदीका गरगहना तथा सामग्री मुख्य आकर्षण बनेका छन्। वैशाख ११ गतेदेख...
बैशाख १७ गते, २०८३ - १२:००
काठमाडौँ। सरकारले निजामती कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन तथा नेतृत्व विकासलाई वस्तुगत र व्यावहारिक बनाउन लागेको छ । सङ्घीय निजामती सेवाको गठन, सञ्...
बैशाख १७ गते, २०८३ - ११:५१
काठमाडौं । बिहीबार पनि सुनचाँदीको भाउ घट्ने क्रम जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला १ हजार ८...


प्रतिकृया लेख्नुहोस्: