Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

महेश बस्नेत निशानामा: जहाँ गए पनि आक्रमण प्रयास, विराटनगरमा चढेको गाडीमा ढुंगा प्रहार

खबरडबली संवाददाता

विराटनगर । नेकपा एमालेका नेता महेश बस्नेत फेरि आक्रमणको निशानामा परेका छन्। पछिल्लो समय विभिन्न कार्यक्रमका क्रममा लगातार विरोध तथा प्रहारको घटनामा परिरहेका बस्नेत विराटनगरमा पनि उनी लक्षित आक्रमण प्रयास भएकाे हाे । 

राष्ट्रिय युवा संघ नेपाल, कोशी प्रदेशको जागरण सभा तथा जेन–जी पुस्तासँग अन्तर–संवाद कार्यक्रमका लागि सुनसरी पुगेका बस्नेतमाथि ढुंगथा प्रहार भएको पछ‍ि सुरक्षाब्यवस्था कडा पारिएको छ।

विराटनगर एयरपोर्टबाट निस्किने क्रममा बस्नेतको गाडीमा प्रहार भएको हो। उनी विराटनगर हुँदै इटहरीतर्फ जाँदै थिए । बस्नेत चढेको गाडीमा अज्ञात समूहले ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ । अचानक प्रहार भएपछि सुरक्षाकर्मीले उनीसहितको टोलीलाई तत्काल सुरक्षित स्थानतिर लैजाने व्यवस्था मिलाएको थियो।

ढुंगा लागेर गाडीको सिसा क्षतिग्रस्त भएको र चालकले कठिनाइका बीच सवारी नियन्त्रण गरेको स्रोतले बताएको छ । घटनामा मानवीय क्षति भने भएको छैन। उक्त घटनामा संलग्न २ जनालाई पक्राउ गरिएको मोरङकी डीएसपी कोपिला चुडालले बताइन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका- २ का १९ वर्षीय अर्पित कुँवर र १ नम्बर वडाका २५ वर्षीय सञ्जोग गौतम छन् ।

प्रहरीले घटनास्थल नजिकैबाट केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको छ। प्रहारका कारणबारे खुलेर नबोल्दै मोरङ प्रहरीले घटना पूर्वनियोजित हुनसक्ने संकेत गरेको छ।

महेश बस्नेत पछिल्लो समय विभिन्न राजनीतिक गतिविधि, अभिव्यक्ति र सडक कार्यक्रममा सक्रिय भएकाले लगातार विवाद र विरोधको केन्द्रमा परिरहेका छन् । एमाले स्रोतका अनुसार उनी सहभागी हुने सार्वजनिक कार्यक्रममा अतिरिक्त सुरक्षा व्यवस्था मिलाउनुपर्ने अवस्था सिर्जना भएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गगन थापा मुलुकको नेतृत्वका लागि तयारः उपसभापति शर्मा

झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति गगनकुमार थापालाई मुलुकको नेतृत्वका लागि तयार रहेको स्पष्ट पारेका छन्। झापा–१ मा...

वाईसीएलले ब्युँतायो अर्धसैन्य संरचना, निर्वाचनअघि शक्ति प्रदर्शन कि लोकतान्त्रिक चुनौती ?

काठमाडौँ । निर्वाचनको मिति नजिकिँदै गर्दा योङ कम्युनिस्ट लीग नेपाल (वाईसीएल) ले आफ्नो अर्धसैन्य संरचना पुनः सक्रिय बनाएको घोषणा गरेसँगै राजनीतिक वृत्त...

विघटन मुद्दा चुनावअघि सुनुवाइ हुने सम्भावना न्यून

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा छिटो सुनुवाइ गर्नुपर्ने भन्दै केही एमाले र कांग्रेस (देउवा पक्ष) नेताहरूले सार्वजनिक रूपमा ...

रुकुम पश्चिममा एचपिभी खोप अभियान: १,८०० बालिका लाभान्वित हुने

रुकुम पश्चिम । पाठेघरको मुखको क्यान्सरविरुद्ध संरक्षण गर्न रुकुम पश्चिममा एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सञ्चालन हुने भएको छ। माघ २७ गतेद...

डिभीका लागि नक्कली प्रमाणपत्र बनाउने गिरोहका ७ पक्राउ

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अमेरिकी डाइभर्सिटी भिसा (डिभी) प्रक्रिया अघि बढाउने गिरोहका सातजनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत...

१० दिनदेखि ग्यास संकट: उपभोक्ता भौँतारिँदा निकायको आश्वासन

कााठमाडाैं । काठमाडौं उपत्यकामा पछिल्लो १० दिनदेखि एलपी ग्यास अभाव चर्किएको छ। उपभोक्ता रित्तो सिलिन्डर बोकेर पसल–डिलर धाइरहेका छन् भने कतिपय ठाउँमा क...

म सत्ताको भागबन्डा र पुराना नेताहरूको भिडमा छैनँ : प्रचण्ड

  काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सत्ताको भागबन्डा र पुराना नेताहरूको भीडमा नरहेको दाबी गरेका...

निर्वाचनपछि संसद बैठक नयाँ भवनबाट सञ्चालन हुने

काठमाडौँ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने संसदको बैठक सिंहदरबार परिसरस्थित पुतली बगैँचामा निर्माणाधीन नयाँ संसद भवनबाट सञ...

अधुरा योजना पूरा गर्ने एजेन्डासहित पाल्पा–२ मा सोमप्रसाद पाण्डे

रुपन्देही । लामो समयदेखि पाल्पाबाट उम्मेदवार बन्दै आएका नेता सोमप्रसाद पाण्डेले पाल्पाका अधुरा विकास आयोजना पूरा गर्ने मुख्य एजेन्डासहित पाल्पा क्षेत्...

सुर्खेतमा नक्कली परीक्षार्थीमार्फत लोकसेवा परीक्षा—१२ जना पक्राउ

सुर्खेत । लोकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद)को लिखित परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गरिएको आरोपमा १२ जना पक्राउ परेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE