विराटनगर । नेकपा एमालेका नेता महेश बस्नेत फेरि आक्रमणको निशानामा परेका छन्। पछिल्लो समय विभिन्न कार्यक्रमका क्रममा लगातार विरोध तथा प्रहारको घटनामा परिरहेका बस्नेत विराटनगरमा पनि उनी लक्षित आक्रमण प्रयास भएकाे हाे ।
राष्ट्रिय युवा संघ नेपाल, कोशी प्रदेशको जागरण सभा तथा जेन–जी पुस्तासँग अन्तर–संवाद कार्यक्रमका लागि सुनसरी पुगेका बस्नेतमाथि ढुंगथा प्रहार भएको पछि सुरक्षाब्यवस्था कडा पारिएको छ।
विराटनगर एयरपोर्टबाट निस्किने क्रममा बस्नेतको गाडीमा प्रहार भएको हो। उनी विराटनगर हुँदै इटहरीतर्फ जाँदै थिए । बस्नेत चढेको गाडीमा अज्ञात समूहले ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ । अचानक प्रहार भएपछि सुरक्षाकर्मीले उनीसहितको टोलीलाई तत्काल सुरक्षित स्थानतिर लैजाने व्यवस्था मिलाएको थियो।
ढुंगा लागेर गाडीको सिसा क्षतिग्रस्त भएको र चालकले कठिनाइका बीच सवारी नियन्त्रण गरेको स्रोतले बताएको छ । घटनामा मानवीय क्षति भने भएको छैन। उक्त घटनामा संलग्न २ जनालाई पक्राउ गरिएको मोरङकी डीएसपी कोपिला चुडालले बताइन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका- २ का १९ वर्षीय अर्पित कुँवर र १ नम्बर वडाका २५ वर्षीय सञ्जोग गौतम छन् ।
प्रहरीले घटनास्थल नजिकैबाट केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको छ। प्रहारका कारणबारे खुलेर नबोल्दै मोरङ प्रहरीले घटना पूर्वनियोजित हुनसक्ने संकेत गरेको छ।
महेश बस्नेत पछिल्लो समय विभिन्न राजनीतिक गतिविधि, अभिव्यक्ति र सडक कार्यक्रममा सक्रिय भएकाले लगातार विवाद र विरोधको केन्द्रमा परिरहेका छन् । एमाले स्रोतका अनुसार उनी सहभागी हुने सार्वजनिक कार्यक्रममा अतिरिक्त सुरक्षा व्यवस्था मिलाउनुपर्ने अवस्था सिर्जना भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ८ गते, २०८२ - २१:४७
काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली क्षेत्रमा रहेका चरनभूमिको संरक्षण गरिने भएको छ। चरनभूमिको संरक्षण गर्न ‘नेपाल...
चैत्र ८ गते, २०८२ - २१:४६
काठमाडौं। राष्ट्रिय किताबखाना (शिक्षक) ले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरेको छ। किताबखानाले गत आर्थिक वर्षमा ...
चैत्र ८ गते, २०८२ - २१:४३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्की सरकारले गरेको निर्णयमा आफ्नो र पार्टीको तर्फबाट कुन...
चैत्र ८ गते, २०८२ - २१:४२
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटारमा शिष्टाचार भेट गरेका छन्। सभाप...
चैत्र ८ गते, २०८२ - २१:०५
काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा एउटै ‘रुख’ चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरे पनि नेपाली कांग्रेस व्यवहारतः दुई धारमा विभाजित देखिएको छ। नियमित १४औँ ...
चैत्र ८ गते, २०८२ - १९:४२
काठमाडौं। ठमेल पर्यटन विकास परिषदका अध्यक्ष ध्रुव अधिकारीले रास्वपा प्रवेश गर्ने संकेत गरेका छन्। एमालेका नेतासमेत रहेका अधिकारीले आइतबार सामाजिक स...
चैत्र ८ गते, २०८२ - १९:४०
काठमाडौँ । सभापति पदबाट गगन थापाले दिएको राजीनामा अस्वीकृत भएकाे छ । आइतबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापाले दिएको राजीनामा अ...
चैत्र ८ गते, २०८२ - १९:३५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद विश्वराज पोखरेलले पार्टी फुटाउने तथा पुरानै राजनीतिक कार्यशैलीका साथ अघि बढे रास्...
चैत्र ८ गते, २०८२ - १९:३१
काठमाडौं। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजयसँगै नेपाली कांग्रेस र नेकपा एमाले भित्र आन्तरिक मतभेद तीव्र बनेको छ। अघिल्लो संसद्का प्रम...
चैत्र ८ गते, २०८२ - १९:१८
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक १० घण्टादेखि जारी रहेको छ। बिहान पौने ९ बजे सुरु भएको बैठकमा राजनीतिक तथा सांगठनिक एजेन्डामाथि...


प्रतिकृया लेख्नुहोस्: