Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

८४ दिनका लागि ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

खबरडबली संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार ८४ दिनका लागि ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न बोलकबोल प्रक्रिया सञ्चालन गरेको छ। वित्तीय प्रणालीमा लगातार बढी तरलता देखिएको अवस्थामा केन्द्रीय बैंकले पुनः निक्षेप संकलन उपकरण प्रयोग गर्दै तरलता व्यवस्थापन थालिएको हो।

अहिले बैंक तथा वित्तीय प्रणालीमा कुल निक्षेप ७४ खर्बभन्दा बढी पुगेको छ। तरलता प्रशस्त हुँदा ब्याजदरमा अनावश्यक उतार–चढाव नआओस् भन्ने उद्देश्यले राष्ट्र बैंकले खुलेआम बजार सञ्चालन (OMO) अन्तर्गत दीर्घकालीन निक्षेप संकलन, स्थायी निक्षेप सुविधा र अन्य उपकरणमार्फत रकम चुहावट नियन्त्रण गर्दै आएको छ।

क–ख–ग वर्गका संस्थालाई मात्र सहभागिता

आजको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागी हुन पाउनेछन्। सहभागी संस्थाले प्रस्तावित ब्याजदरका आधारमा सबैभन्दा कम दर बोल गर्ने संस्थालाई प्राथमिकता दिँदै ५० अर्बको आह्वान रकमसम्म क्रमशः निक्षेप बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ।

न्युनतम बोलकबोल गर्न मिल्ने रकम १० करोड रुपैयाँ तोकिएको छ। अधिकतम रकम भने ५ करोडका गुणकमा निःशेष भाग जाने गरी आह्वान रकमसम्म बोलकबोल गर्न सकिने व्यवस्था छ।

अनलाइन प्रणालीमार्फत बोलकबोल

बढ्दो निक्षेप चाप कम गर्न आजको प्रक्रिया अनलाइन खरिद प्रणालीमार्फत सञ्चालन हुँदैछ। यसमार्फत निर्धारण हुने ब्याजदर र आह्वान रकमका आधारमा निक्षेप संकलन हुनेछ।

यस पटक संकलन हुने निक्षेपको सावाँ तथा ब्याज भुक्तानी २०८३ फागुन ५ गते हुनेछ।

बढ्दो तरलता व्यवस्थापनका लागि दीर्घकालीन उपकरण

खुला बजार कारोबारसम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अतिरिक्त तरलता देखा परेमा राष्ट्र बैंकले आवश्यकताअनुसार अधिकतम ६ महिनासम्मको निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्छ।

यही व्यवस्थाअनुसार केन्द्रीय बैंकले पछिल्ला महिनाहरूमा पटक–पटक दीर्घकालीन निक्षेप संकलनमार्फत बजारबाट रकम सोस्ने नीति अख्तियार गर्दै आएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गगन थापा मुलुकको नेतृत्वका लागि तयारः उपसभापति शर्मा

झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति गगनकुमार थापालाई मुलुकको नेतृत्वका लागि तयार रहेको स्पष्ट पारेका छन्। झापा–१ मा...

वाईसीएलले ब्युँतायो अर्धसैन्य संरचना, निर्वाचनअघि शक्ति प्रदर्शन कि लोकतान्त्रिक चुनौती ?

काठमाडौँ । निर्वाचनको मिति नजिकिँदै गर्दा योङ कम्युनिस्ट लीग नेपाल (वाईसीएल) ले आफ्नो अर्धसैन्य संरचना पुनः सक्रिय बनाएको घोषणा गरेसँगै राजनीतिक वृत्त...

विघटन मुद्दा चुनावअघि सुनुवाइ हुने सम्भावना न्यून

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा छिटो सुनुवाइ गर्नुपर्ने भन्दै केही एमाले र कांग्रेस (देउवा पक्ष) नेताहरूले सार्वजनिक रूपमा ...

रुकुम पश्चिममा एचपिभी खोप अभियान: १,८०० बालिका लाभान्वित हुने

रुकुम पश्चिम । पाठेघरको मुखको क्यान्सरविरुद्ध संरक्षण गर्न रुकुम पश्चिममा एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सञ्चालन हुने भएको छ। माघ २७ गतेद...

डिभीका लागि नक्कली प्रमाणपत्र बनाउने गिरोहका ७ पक्राउ

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अमेरिकी डाइभर्सिटी भिसा (डिभी) प्रक्रिया अघि बढाउने गिरोहका सातजनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत...

१० दिनदेखि ग्यास संकट: उपभोक्ता भौँतारिँदा निकायको आश्वासन

कााठमाडाैं । काठमाडौं उपत्यकामा पछिल्लो १० दिनदेखि एलपी ग्यास अभाव चर्किएको छ। उपभोक्ता रित्तो सिलिन्डर बोकेर पसल–डिलर धाइरहेका छन् भने कतिपय ठाउँमा क...

म सत्ताको भागबन्डा र पुराना नेताहरूको भिडमा छैनँ : प्रचण्ड

  काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सत्ताको भागबन्डा र पुराना नेताहरूको भीडमा नरहेको दाबी गरेका...

निर्वाचनपछि संसद बैठक नयाँ भवनबाट सञ्चालन हुने

काठमाडौँ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने संसदको बैठक सिंहदरबार परिसरस्थित पुतली बगैँचामा निर्माणाधीन नयाँ संसद भवनबाट सञ...

अधुरा योजना पूरा गर्ने एजेन्डासहित पाल्पा–२ मा सोमप्रसाद पाण्डे

रुपन्देही । लामो समयदेखि पाल्पाबाट उम्मेदवार बन्दै आएका नेता सोमप्रसाद पाण्डेले पाल्पाका अधुरा विकास आयोजना पूरा गर्ने मुख्य एजेन्डासहित पाल्पा क्षेत्...

सुर्खेतमा नक्कली परीक्षार्थीमार्फत लोकसेवा परीक्षा—१२ जना पक्राउ

सुर्खेत । लोकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद)को लिखित परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गरिएको आरोपमा १२ जना पक्राउ परेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE