Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

अहिलेको मौसम अनुकूल रहेकोले सडक विस्तार तीव्र बनाउन मन्त्री घिसिङको निर्देशन

खबरडबली संवाददाता

काठमाडौँ । भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको १५.८ किलोमिटर सडक विस्तारको समग्र प्रगति ५० प्रतिशत पुगेको छ। अरनिको राजमार्गअन्तर्गत पर्ने यस खण्डलाई ६ लेनमा विस्तार गर्न दुई प्याकेजमा विभाजन गरी निर्माण कार्य भइरहेको छ।

सूर्यविनायक–साँगा ८.३ किलोमिटर सडक खण्डको प्रगति ४५ प्रतिशत रहेको छ भने साँगा–धुलिखेल ७.५ किलोमिटर खण्डको प्रगति ५५ प्रतिशत पुगेको सडक विभागले जनाएको छ। दुवै प्याकेजका काम हाल तीव्र गतिमा भइरहेको विभागको भनाइ छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले सोमबार सडक विस्तारको अनुगमन गर्दै निर्माणको प्रगतिबारे विस्तृत जानकारी लिएका छन्। विभागका महानिर्देशक, आयोजना प्रमुख र निर्माण व्यवसायीसँगको संयुक्त छलफलपछि मन्त्री घिसिङले अहिलेको मौसम निर्माणका लागि अत्यन्त उपयुक्त भएकोले कामलाई थप गति दिन निर्देशन दिए।

उनले आयोजनातर्फबाट निर्णय लिन बाँकी विषयहरू तत्काल टुंग्याउन, आवश्यक जनशक्ति र उपकरण थप गरी आगामी असारभित्र सडक विस्तार सम्पन्न गर्ने गरी पूर्ण क्षमताका साथ अगाडि बढ्न आग्रह गरे। अर्थ मन्त्रालयले बजेट प्रतिबद्धता जनाइसकेकाले अब निर्माणमा बजेट अभाव नपर्ने पनि मन्त्री घिसिङले स्पष्ट पारे।

यसअघि सडक सीमा विवाद, घर–टहरा हटाउने जटिलता र बजेट अभावका कारण परियोजना प्रभावित हुँदै आएको थियो। चालु आर्थिक वर्षमा आयोजनाका लागि ७० करोड रुपैयाँ मात्र विनियोजन गरिएको छ भने आयोजनाले करिब चार अर्ब रुपैयाँ थप बजेट माग गरेको छ।

अनुगमनका क्रममा मन्त्री घिसिङले बनेपा नगरपालिकाका प्रमुखसँग अलग्गै भेट गरी बनेपा बजार क्षेत्रमा देखिएका समस्या समाधानका लागि आवश्यक सहजीकरण र सहयोग गर्न अनुरोध गरे।

दुवै प्याकेजमध्ये टेवा पर्खाल तथा नाली निर्माणको प्रगति ९५ प्रतिशत भइसकेको छ। साँगा–धुलिखेल खण्डको करिब २ किलोमिटर सडक कालोपत्रे पनि गरिसकिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending