Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

अहिलेको मौसम अनुकूल रहेकोले सडक विस्तार तीव्र बनाउन मन्त्री घिसिङको निर्देशन

खबरडबली संवाददाता

काठमाडौँ । भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको १५.८ किलोमिटर सडक विस्तारको समग्र प्रगति ५० प्रतिशत पुगेको छ। अरनिको राजमार्गअन्तर्गत पर्ने यस खण्डलाई ६ लेनमा विस्तार गर्न दुई प्याकेजमा विभाजन गरी निर्माण कार्य भइरहेको छ।

सूर्यविनायक–साँगा ८.३ किलोमिटर सडक खण्डको प्रगति ४५ प्रतिशत रहेको छ भने साँगा–धुलिखेल ७.५ किलोमिटर खण्डको प्रगति ५५ प्रतिशत पुगेको सडक विभागले जनाएको छ। दुवै प्याकेजका काम हाल तीव्र गतिमा भइरहेको विभागको भनाइ छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले सोमबार सडक विस्तारको अनुगमन गर्दै निर्माणको प्रगतिबारे विस्तृत जानकारी लिएका छन्। विभागका महानिर्देशक, आयोजना प्रमुख र निर्माण व्यवसायीसँगको संयुक्त छलफलपछि मन्त्री घिसिङले अहिलेको मौसम निर्माणका लागि अत्यन्त उपयुक्त भएकोले कामलाई थप गति दिन निर्देशन दिए।

उनले आयोजनातर्फबाट निर्णय लिन बाँकी विषयहरू तत्काल टुंग्याउन, आवश्यक जनशक्ति र उपकरण थप गरी आगामी असारभित्र सडक विस्तार सम्पन्न गर्ने गरी पूर्ण क्षमताका साथ अगाडि बढ्न आग्रह गरे। अर्थ मन्त्रालयले बजेट प्रतिबद्धता जनाइसकेकाले अब निर्माणमा बजेट अभाव नपर्ने पनि मन्त्री घिसिङले स्पष्ट पारे।

यसअघि सडक सीमा विवाद, घर–टहरा हटाउने जटिलता र बजेट अभावका कारण परियोजना प्रभावित हुँदै आएको थियो। चालु आर्थिक वर्षमा आयोजनाका लागि ७० करोड रुपैयाँ मात्र विनियोजन गरिएको छ भने आयोजनाले करिब चार अर्ब रुपैयाँ थप बजेट माग गरेको छ।

अनुगमनका क्रममा मन्त्री घिसिङले बनेपा नगरपालिकाका प्रमुखसँग अलग्गै भेट गरी बनेपा बजार क्षेत्रमा देखिएका समस्या समाधानका लागि आवश्यक सहजीकरण र सहयोग गर्न अनुरोध गरे।

दुवै प्याकेजमध्ये टेवा पर्खाल तथा नाली निर्माणको प्रगति ९५ प्रतिशत भइसकेको छ। साँगा–धुलिखेल खण्डको करिब २ किलोमिटर सडक कालोपत्रे पनि गरिसकिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाली मूलका विदेशी नागरिकलाई विमानस्थलमा छुट्टै डेस्कको व्यवस्था

काठमाडौँ। विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिक तथा गैरआवासीय नेपालीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क सञ्चालनमा ल्याइएको छ। ...

लुम्बिनी–बुटवल–देवदह–भैरहवामा धम्मयात्रा हुँदै

रुपन्देही । लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह र भैरहवामा धम्मयात्रा आयोजना हुने भएको छ । साेमबार आ...

पाथीभरा दर्शनमा आएका एक बालकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ वर्षीय बालकको साेमबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्...

निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन एमालेकाे निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन मातहतका कमिटीबाट माग गरेको छ । एमाले...

‘सांसद भए पनि किताब बेच्न छाड्दिनँ, कृषि कारखानालाई अझ राम्रो बनाउनु छ’ : डा. महावीर पुन

वीरगन्ज। म्याग्दी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा.महावीर पुन सांसद बनेपछि पहिलो पटक वीरगन्ज पुगेर आफ्नो आत्मकथा पुस्तक बिक्री ग...

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ

सिरहा । प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्...

बेमौसमी वर्षाका कारण इँटा उद्योगमा करोडौँको क्षति

रुपन्देही । दुई दिनसम्म परेको बैमौसमी वर्षाले रुपन्देहीामा ठुलो परिणाममा काँचो इँटामा क्षति पुगेको छ । शुक्रबार र शनिबार हुरीबताससहितको वर्षाका कारण क...

सूर्यदर्शन प्रकरणमा जाहेरीकर्ता कृष्णप्रसाद जैसी नै सहकारी ठगी आरोपमा पक्राउ

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने कृष्णप्रसाद जैसी नै अर्क...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रकरण : पूर्वमन्त्री भीम आचार्यसँग साढे २ लाख धरौटी माग

काठमाडौं। विशेष अदालतले नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री भीम आचार्यसँग साढे दुई लाख रुपैयाँ धरौटी माग गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल...

नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

काठमाडौँ । प्रायः मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर हरियाली पारिएको छ । मन्त्रालयका परिसरहरू पनि फूल रोपेर चिटिक्क देखिन्छन...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: