काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यागेर आएका सन्तोष परियारबीचको एकतापछि बनेको ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ आज औपचारिक रूपमा घोषणा हुँदैछ।
परियारका अनुसार निर्वाचन आयोगले तोकेको समयभित्र दर्ता प्रक्रिया पूरा भएको यो नयाँ पार्टीको घोषणा कार्यक्रम आज बिहान ११ बजे काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजना गरिएको छ।
यसअघि कात्तिक २८ गते नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियारबीच एकता सहमतिपत्रमा हस्ताक्षर भएको थियो।
‘आज पार्टी घोषणा कार्यक्रम मेरो अध्यक्षतामा हुनेछ,’ परियारले भने, ‘अहिले नेतृत्वबारे केही कुरा खुला राखेका छौँ, बाँकी निर्णय पछि गर्दै जानेछौँ।’
नेतृत्व संरचनाबारे संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘हामी सामूहिक र समावेशी नेतृत्वको सिद्धान्त अपनाउँछौँ। क्लस्टरअनुसार अध्यक्ष परिषद् रहनेछ। आज म, सुदन किराँती, दुर्गा सोबललगायत केही व्यक्तिको अध्यक्ष परिषद् घोषणा हुनेछ। बाँकी सदस्य टुंगो लगाउने काम अझै बाँकी छ।’
याद रहोस्, कात्तिक १९ गते माओवादी केन्द्रसहित १० वाम घटक मिलेर ‘नेपाली कम्युनिस्ट पार्टी’ घोषणा भएपछि प्रचण्डबाट अलग हुँदै जनार्दन शर्माले ‘प्रगतिशील राष्ट्रिय अभियान’ गठन गरेका थिए। त्यस्तै, रास्वपाले समाजको विशिष्ट बनावट र चरित्रअनुरूपको पार्टी निर्माण गर्न नसकेको भन्दै सन्तोष परियारले कात्तिक २८ गते सो पार्टी परित्याग गरेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: